Khabar Dabali ११ आश्विन २०७९ मंगलवार | 27th September, 2022 Tue

बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्छ– प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिएका छन् । 

अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए  ।  

विभिन्न पुस्तामा रहेका सीप तथा क्षमता युवालाई हस्तान्तरण गरी नयाँपुस्तालाई सवलीकरणको खाँचो औँल्याउँदै उनले मुलुकका सबै जाति समुदायलाई एकापसमा एकताबद्ध बनाएर शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण गर्न युवा दिवसले प्ररेणा प्रदान गर्ने विश्वास व्यक्त गरे  । 

राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मुलुकमा भएका विभिन्न आन्दोलनबाट प्राप्त भएको राजनीतिक परिवर्तनका कारण अब युवाले आन्दोलन गर्नुनपर्ने बताउँदै उनीहरुलाई उद्यमशील बनाउन सकेमा देश विकास हुने धारणा राखे । 

राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्कर चौधरी, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, विभिन्न मुलुकका प्रतिनिधिले युवा वर्गलाई उद्यमशील तथा सिर्जनशील बनाउन सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए  । दिवसका अवसरमा भृकुटीमण्डप आसपास क्षेत्रमा प्रभातफेरी गरिएको थियो ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘गन्तव्य जुगल’ को प्रवद्र्धनमा जुट्दै सिन्धुवासी

काठमाडौँ ।  काठमाडौँ उपत्यकाबाट सबैभन्दा नजिक रहेको जुगल हिमालको प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फोटो पुस्तक ‘गन्तव्य  जुग...

झापामा ६ लाख ६३ हजार मतदाता कायम

झापा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापा...

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक: गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन् । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ ...

मध्य रुसको एक विद्यालयमा गोली चल्यो

मस्को । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ ।  यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्राल...

भेडा, च्याङ्ग्रा आयात नहुँदा महँगियो खसीबोका

फुङ्लिङ । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य महँगिएको छ । टिप्ताला नाका बन्दका कारण चीनबाट च्याङ्ग्रा आयात बन्द भएकाले सदर...

दसैँ मनाउन घर फर्किनेको लर्को

राँझा । दसैँ सुरु भएसँगै घर फर्किने नेपालीको नेपालगञ्जस्थित जमुनाहनाकामा घुइँचो लागेको छ । दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहम...

दक्षिण कोरियामा थप २४ हजार सङ्क्रमित

सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप १४ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप १४...

दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकको मृत्यु, २ जना घाइते

सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान चार बजे प्रदेश अस्पताल काला गाउँमा उपचारको क्रममा थारुको...

शैक्षिक गन्तव्यका रुपमा विकास हुँदै ‘रामतुलसी’

रामपुर । विद्यालय हाताभित्र प्रवेश गरेपछि हरियाली रुख बिरुवा, शान्त पारिवारिक वातावरण देख्दै लोभलाग्दो बनेको छ, रामतुलसी नमूना मावि । दुई हजार तीन सय ...

यमनको शान्ति प्रक्रियाबारे छलफल

साना । यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्षका बीचमा छलफल भएको छ । प्राप्त समाचार अनुस...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page