Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

चीनमा भेटियो नयाँ भाइरस, ३५ जना संक्रमित

खबरडबली संवाददाता

काठमाडौं । पूर्वी चीनमा केही दर्जन मानिसहरूलाई सङ्क्रमित गरिसकेको जनावरबाट सर्ने नयाँ भाइरसको वैज्ञानिकहरूले निगरानी गरिरहेका छन्।

चीनको हेनान र साङ्दोङ प्रान्तमा नोवल लाङ्ग्या हेनिपाभाइरस (लेभी) बाट ३५ जना सङ्क्रमित भइसकेका बताइएको।

सङ्क्रमित धेरैलाई ज्वरो, थकान र खोकीजस्ता लक्षण देखिएको छ।

यो भाइरस जनावरबाट मानिसमा सरेको ठानिएको छ। तर लाङ्ग्या भाइरस मानिसबाट मानिसमा सर्ने कुरा पुष्टि भइसकेको छैन।

अनुसन्धानकर्ताहरूले यो भाइरस छुचुन्द्रो प्रजातिको एक जनावरमा रहने गरेको पत्ता लगाएका छन्।

चीन, सिङ्‌गापुर र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा यसै महिना प्रकाशित गरेको लेखमा यो अन्वेषणबारे चर्चा गरिएको छ।

अनुसन्धानकर्तामध्येका एक सिङ्‌गापुरको ड्युक-एनयूएस मेडिकल स्कुलका वाङ लिन्फाले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग यो भाइरस घातक वा गम्भीर नभएको र यसबाट "आत्तिनुपर्ने अवस्था नभएको" बताएका छन्।

यद्यपि प्रकृतिमा रहने कतिपय भाइरसले मानवलाई सङ्क्रमित गरेपछि अकल्पनीय परिणाम आउने गरेको भन्दै वाङले यसबाट सजग रहनुपर्ने बताएका छन्।

वैज्ञानिकहरूले परीक्षण गरेकामध्ये २७ प्रतिशत श्रु भनिने छुचुन्द्रो प्रजातिको जनावरमा यो भाइरस पाइएको थियो।

परीक्षणबाट यो जनावर यस्तो भाइरसको "प्राकृतिक भण्डार" रहेको देखिएको थियो।

परीक्षण गरिएकामध्ये पाँच प्रतिशत कुकुर र दुई प्रतिशत बाख्रामा पनि यो भाइरस पाइएको थियो।

ताइवानको सेन्टर फर डिजिज कन्ट्रोलले आइतवार यो भाइरसको विकासक्रम "नजिकबाट नियालिरहेको" जनाएको थियो।

लेभी जुनोटिक भाइरस भएको र हेनिपाभाइरसकै एक प्रकार भएकाले यो जनावरहरूबाट मानिसमा सर्न सक्ने बताइएको छ।

जुनोटिक भाइरसहरू सामान्य भए पनि कोभिड महामारीपछि यस्ता भाइरसहरूले धेरै ध्यान खिचेको छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले मानिसहरूमा देखा पर्ने हरेक नयाँ चार सङ्क्रमणमध्ये तीन वटा जनावरबाट सर्ने गरेको बताएको छ।

वन्यजन्तुको बढ्दो शोषण र जलवायु परिवर्तनका कारण थप यस्ता रोगहरू देखा पर्ने भन्दै संयुक्त राष्ट्रसङ्घले यसअघि सचेत गराएको थियो।

कतिपय जुनोटिक भाइरसहरू मानव जातिका लागि घातक हुन सक्छन्। यस्ता घातक भाइरसमा निपाह भाइरस पनि एक हो।

एशियाली देशहरूमा यसले जनावर र मानिसहरूमा समय समयमा महामारीको रूप लिने गरेको छ।

अस्ट्रेलियामा सबैभन्दा पहिले घोडामा पाइएको हेन्द्रा भाइरस पनि मानिसहरूका लागि घातक रहेको पाइएको थियो।

यस्तै प्रकृतिका अन्य हेनिपाभाइरसहरू पनि श्रु, चमेरा र लोखर्के प्रजातिका जनावरमा पाइएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending