Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

भूकम्पपीडितका लागि आएको राहत रेडक्रसको गोदाममै कुहियो

\"parbat\"पर्वत । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा पीडित बनेका पर्वतवासीका नाउँमा नेपाल रेडक्रस सोसाइटी पर्वतलाई विभिन्न दाताबाट प्राप्त भएको लाखौं रुपैयाँ बराबरको राहत सामग्री गोदाममै कुहिने अवस्थामा पुगेको छ । समयमा वितरण हुन नसक्दा करिब पाँच लाखभन्दा बढीको खाद्यान्न सामग्री कुहिँदै छ भने पाउरोटी, बिस्कुट, दालमोठ तथा पेय पदार्थलगायतका खाद्यान्न सडिसकेको अवस्थामा छन् । समयमै राहत सामग्री वितरण नहुँदा पीडितले पाउन सकेनन् भने गोदाममै कुहिएर सड्ने अवस्थामा पुग्दासमेत त्यसका बारेमा केही चासो दिइएको छैन । विभिन्न दाताले रेडक्रसमार्फत जिल्लाका अति प्रभावित गाविसमा वितरण गर्न भनि पठाएको सामान समयमा वितरण हुन नसक्दा रेडक्रसको कार्यालयमै कुहिएर दुर्गन्धित अवस्थामा पुगेको छ । जिल्लामा भएका दैवी प्रकोपका घटनामा समयमै पुगेर राहत वितरण गर्ने तथा पुनःस्थापनामा समेत सहयोग गर्ने रेडक्रसले पर्वत जिल्लामा भने बितेका वर्षदेखि नै अपारदर्शी ढङ्गले राहत वितरण गर्ने गरेको र अहिले समेत त्यो क्रम दोहोरिएको पीडितले गुनासो गरेका छन् । राहतका लागि पर्वत तिलाहारका राजकुमार खत्रीले रुपन्देहीस्थित विभिन्न निकायसँग समन्वय गरेर पठाएको करिब दुई ट्रक सामानमध्ये केही मात्रै वितरण भएको र अन्य सामान भने वितरण हुन सकेको पाइँदैन । अहिले पनि रेडक्रसको कार्यालय रहेको भवनमा दुई वटा कोठाभरि चामल, दाल, मैदा, आटा, बिस्कुट, पाउरोटीलगायतका सामान कुहिने अवस्थामा रहेका छन् । पर्वत रेडक्रसमा रहेका सामान व्यक्तिगत ढङ्गले आफूखुसी वितरण हुने तथा पारदर्शी नभएको भन्ने आरोप पहिलादेखि नै लाग्ने गरेको भए पनि हालै आएको नयाँ कार्यसमितिले समेत सोही कार्य दोहो¥याएपछि रेडक्रसको भूमिका माथि नै प्रश्न चिह्न खडा भएको छ । रेडक्रससँग यसभन्दा पहिला कुनै पनि राहत सामग्री स्टक नरहेको र भएका केही पाल पनि भूकम्प गएपछि पहिलो चरणमै वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्रबहादुर रिमालले जानकारी दिए । जिल्लाका करिब तीन हजार ५०० बढी घरधुरी पूर्ण क्षति भएको तथ्याङ्क जिल्ला प्रशासनमार्फत आएको भए पनि रेडक्रसले केही ठाउँमा मात्रै पहुँचको भरमा वितरण गरेको तर वास्तविक पीडितसम्म नपुगेको दक्षिणी पर्वतबाट कुश्मा आएका पीडित बताउँछन् । राहत वितरण गर्ने क्रममा केही पक्षपात नगरिएको र दक्षिणी पर्वतमा लैजान तयार गरिएको सामान लैजान यातायातको व्यवस्था हुन नसक्दा पछि पठाउने तयारी भएको सभापति रिमालको भनाइ छ । जिल्ला दैवी प्रकोप उद्धार समिति पर्वतले समेत ती सामान वितरण गर्न कुनै चासो दिएको छैन । समितिको बैठकले समेत वर्षामा आउने दैवी प्रकोपमा वितरण गर्नुपर्ने भएकाले अहिले नसक्न आदेश दिएकाले वितरण नगरिएको सभापति रिमालले बताउनुभयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending