Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

गठबन्धन नेतालाई जिताउन मात्र नभई मुलुकलाई स्थिरता गर्नः मन्त्री कार्की

खबरडबली संवाददाता
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताए । उनले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गठबनधन नेतालाई निर्वाचनमा जिताउन मात्रै नभई मुलुकलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताएका हुन्  । 
 
“गठबन्धन मुलकको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भई  देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ”, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भने । उनले आगामी दिनमा गठबन्धन कायम राख्दै आउँदो निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा अगाडि बढिरहेको बताए । 
 
मन्त्री कार्कीले निर्वाचनपश्चात् पनि गठबन्धनको साझा अवधारणाअनुरूप अगाडि बढेर देश स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दोहोर्याए । उनले भने, “संविधानको रक्षा, मुलुकमा कानूनी शासनको प्रत्याभूति र सुशासनलाई यो सरकारले आफ्नो प्रमुख कार्यभारको रूपमा अङ्गिकार गर्दै  मुलुकलाई सोही दिशातर्फ अघि बढाएको छ ।” मुलुकलाई राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिको दिशामा मुलुकलाई लैजान यो सरकार गठन भएको उनको जिकिर थियो । 
 
गठबन्धनको चुनावी तालमेल कार्यदलले के के गर्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री कार्कीले कार्यदलको बैठक सुरु भई सकारात्मकरूपमा अघि बढेकाले कार्यदलले कसरी, कुन कुन पार्टीलाई एकजुट बनाएर लैजाने भन्ने छलफल गरेर छिट्टै शीर्षस्थ नेतृत्वलाई प्रतिवेदन दिन्छ भने । “राजनीतिमा पावर शेयरिङ पनि महत्वपूर्ण विषय हो, यसबारे गम्भीर छलफल हुन्छ”, उनले भने ।
मन्त्री कार्कीले मुलुक स्थानीय निर्वाचन सम्पन्न गरी प्रदेश र प्रतिनिभिसभाको निर्वाचन उन्मुख भएको उल्लेख गर्दै त्यस निर्वाचनले लोकतन्त्रको जगलाई अझ मजबुत बनाएको दाबी गरे । उनले स्थानीय निर्वाचनमा झैँ शान्तिपूर्ण, निष्पक्ष र निर्भय ढङ्गले आगामी मङ्सिर ४ गते सम्पूर्ण नागरिकले स्वतन्त्र, निष्पक्ष र निर्भयताका साथ मतदानमा भाग लिनु हुने विश्वास व्यक्त गरे  ।
 
उनले भने, “यो निर्वाचनले मुलुकलाई संविधानको परिकल्पनाअनुसार नेपालीको समृद्ध बन्ने आकांक्षालाई मूर्तरूप दिन नेपाली कांग्रेसलाई अग्रणी पार्टीका रूपमा स्थापित गर्नुपर्ने आजको दायित्व हो ।” उनले फरक प्रसङ्गमा नेपाल दक्षिण एशियामा नै कोभिडविरुद्धको खोपमा अग्रणी देशका रूपमा स्थापित भएको बताए  । कार्यक्रम युनियनका जिल्लाध्यक्ष नगेन्द्र अधिकारीको सभापतित्वमा भएको थियो । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: