Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

डोनल्ड ट्रम्पको घरमा एफबीआईको छापा

बाइडनका छोरा पनि छानबिनमा

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरमा सङ्घीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको बताएका छन्।

एक वक्तव्य जारी गर्दै ट्रम्पले पाम बिचस्थित मार-ए-लागो रिसोर्टमा रहेको घर "एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको" उल्लेख गरेका छन्।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले आधिकारिक कागजपत्रहरूको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको उल्लेख गरेको छ।

गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको विषयमा पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ।

सोमवार छापा मारिएको समयमा ट्रम्प न्यूयोर्कस्थित ट्रम्प टावरमा रहेको सीएनएनले उल्लेख गरेको छ।

"यो हाम्रो देशको लागि कालो समय हो," ट्रम्पले विज्ञप्तिको सुरुमा भनेका छन्।

आफूले सबै सरकारी निकायसँग समन्वय गरेको दाबी गर्दै उनले "बिना पूर्वजानकारी गरिएको छापा अनावश्यक र अनुचित भएको" उल्लेख गरेका छन्।

ट्रम्पले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्नबाट आफूलाई रोक्न "न्याय प्रणालीलाई हतियारको रूपमा प्रयोग गरिएको" आरोप लगाएका छन्।

"यस्तो आक्रमण तेस्रो विश्वका देशमा मात्र हुन्छ," ट्रम्पले भनेका छन्।

"दु:खको कुरा अमेरिका पनि यस्तै देश भएको छ र यसअघि कहिल्यै नदेखिएको स्तरमा भ्रष्ट भएको छ।"

"उनीहरूले मेरो सेफ पनि फुटाए।"

सीबीएस न्यूजले राष्ट्रिय अभिलेखालयको विवरणसँग सम्बन्धित अनुसन्धानमा ट्रम्पको घरमा छापा मारिएको पुष्टि गरेको छ।

ट्रम्पका वरिष्ठ सल्लाहकारले ट्रम्प निवासमा मारिएको छापा राष्ट्रपतीय अभिलेखसँग सम्बन्धित रहेको सीबीएससँग बताएका छन्।

स्रोतहरूले छापा मार्ने क्रममा एसबीआईले थोरै मात्र जानकारीहरू प्राप्त गरेको दाबी गरेका छन्।

किन मारियो छापा

अमेरिकी राष्ट्रपतिहरूको अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय अभिलेखालयले गत फेब्रुअरीमा न्याय मन्त्रालयलाई सरकारी कागजपत्रको व्यवस्थापनको विषयमा ट्रम्पमाथि छानबिन गर्न निर्देशन दिएको थियो।

अमेरिकी राष्ट्रपतिले सबै चिठीपत्र, कामकाजसँग सम्बन्धित कागजपत्र र इमेलसमेत राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ।

तर अधिकारीहरूले पूर्वराष्ट्रपति ट्रम्पले गैरकानुनी रूपमा धेरै कागजपत्र लिएर गएको आरोप लगाएका छन्।

तर ट्रम्पले यस्तो आरोपको खण्डन गर्दै यसलाई मिथ्या समाचार भनेका छन्।

ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले ट्रम्पको घरमा छापा मार्ने योजनाबारे राष्ट्रपति कार्यालयलाई पनि जानकारी नदिइएको बताएका छन्।

ह्वाइट हाउसका अधिकारीहरूले पनि "सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट" मात्र छापाबारे थाहा पाएको ती अधिकारीले दाबी गरे।

जो बाइडनको कार्यालयले न्याय सम्पादन राजनीतिक दबावमुक्त राख्न न्याय मन्त्रालयका उच्च अधिकारीहरूसँगको संवाद नियन्त्रित गरिएको जनाएको छ।

ट्रम्पले राष्ट्रपतीय निर्वाचनका दौरान आफ्नो कामकाजमाथि प्रश्न नउठ्ने गरी काम गर्ने वाचा गरेका थिए।

बाइडनका छोरा पनि छानबिनमा

सङ्घीय अभियोजनकर्ताहरूले कर छली लगायतका आरोपमा वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनको छोरा हन्टर बाइडन संलग्न भए वा नभएको अनुसन्धान गरिरहेका छन्।

ट्रम्पमाथि भने बाइडन राष्ट्रपतिमा निर्वाचित भएपछि उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा गरेको तोडफोड र हिंसाबारे अनुसन्धान भइरहेको छ।

अमेरिकी सांसदले गठन गरेको समितिका सदस्यहरूले ट्रम्पमाथि अभियोजन गर्न सकिने धारणा राखेका थिए।

अमेरिकी न्याय मन्त्रालयले सन् २०२० को राष्ट्रपतीय निर्वाचनको परिणाममाथि चुनौती दिएको विषयमा ट्रम्पमाथि छानबिन भइरहेको जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वनमा लागेको डढेलो गाउँमा सल्किँदा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको ड...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक ल्हासामा

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न...

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

पढाइसँगै घरखर्चको जोहो गर्न कोर्छिन् चित्र

नयाँ बजेट कस्तो ल्याउने ? अर्थमन्त्री पुनले लिए सात पूर्वअर्थमन्त्रीसँग सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर...

विष्णु पौडेल भन्छन्- यो सरकार अस्थिर छ भनेर चलाइएका हल्ला निराधार हुन्

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका प...

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी...

८० औं जन्मदिनमा नागरिकता उपहार

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। विक्रम संवत् २००० साल वैशाख...

मन्त्री बस्नेतसँगको अन्तर्वार्ता- कतारका राजाको भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री  नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेर आज विश्वासको मत ...

औषधीको परीक्षण अब फार्मेसीमै !

काठमाडौं । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies