काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरमा सङ्घीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको बताएका छन्।
एक वक्तव्य जारी गर्दै ट्रम्पले पाम बिचस्थित मार-ए-लागो रिसोर्टमा रहेको घर "एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको" उल्लेख गरेका छन्।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले आधिकारिक कागजपत्रहरूको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको उल्लेख गरेको छ।
गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको विषयमा पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ।
सोमवार छापा मारिएको समयमा ट्रम्प न्यूयोर्कस्थित ट्रम्प टावरमा रहेको सीएनएनले उल्लेख गरेको छ।
"यो हाम्रो देशको लागि कालो समय हो," ट्रम्पले विज्ञप्तिको सुरुमा भनेका छन्।
आफूले सबै सरकारी निकायसँग समन्वय गरेको दाबी गर्दै उनले "बिना पूर्वजानकारी गरिएको छापा अनावश्यक र अनुचित भएको" उल्लेख गरेका छन्।
ट्रम्पले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्नबाट आफूलाई रोक्न "न्याय प्रणालीलाई हतियारको रूपमा प्रयोग गरिएको" आरोप लगाएका छन्।
"यस्तो आक्रमण तेस्रो विश्वका देशमा मात्र हुन्छ," ट्रम्पले भनेका छन्।
"दु:खको कुरा अमेरिका पनि यस्तै देश भएको छ र यसअघि कहिल्यै नदेखिएको स्तरमा भ्रष्ट भएको छ।"
"उनीहरूले मेरो सेफ पनि फुटाए।"
सीबीएस न्यूजले राष्ट्रिय अभिलेखालयको विवरणसँग सम्बन्धित अनुसन्धानमा ट्रम्पको घरमा छापा मारिएको पुष्टि गरेको छ।
ट्रम्पका वरिष्ठ सल्लाहकारले ट्रम्प निवासमा मारिएको छापा राष्ट्रपतीय अभिलेखसँग सम्बन्धित रहेको सीबीएससँग बताएका छन्।
स्रोतहरूले छापा मार्ने क्रममा एसबीआईले थोरै मात्र जानकारीहरू प्राप्त गरेको दाबी गरेका छन्।
किन मारियो छापा
अमेरिकी राष्ट्रपतिहरूको अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय अभिलेखालयले गत फेब्रुअरीमा न्याय मन्त्रालयलाई सरकारी कागजपत्रको व्यवस्थापनको विषयमा ट्रम्पमाथि छानबिन गर्न निर्देशन दिएको थियो।
अमेरिकी राष्ट्रपतिले सबै चिठीपत्र, कामकाजसँग सम्बन्धित कागजपत्र र इमेलसमेत राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ।
तर अधिकारीहरूले पूर्वराष्ट्रपति ट्रम्पले गैरकानुनी रूपमा धेरै कागजपत्र लिएर गएको आरोप लगाएका छन्।
तर ट्रम्पले यस्तो आरोपको खण्डन गर्दै यसलाई मिथ्या समाचार भनेका छन्।
ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले ट्रम्पको घरमा छापा मार्ने योजनाबारे राष्ट्रपति कार्यालयलाई पनि जानकारी नदिइएको बताएका छन्।
ह्वाइट हाउसका अधिकारीहरूले पनि "सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट" मात्र छापाबारे थाहा पाएको ती अधिकारीले दाबी गरे।
जो बाइडनको कार्यालयले न्याय सम्पादन राजनीतिक दबावमुक्त राख्न न्याय मन्त्रालयका उच्च अधिकारीहरूसँगको संवाद नियन्त्रित गरिएको जनाएको छ।
ट्रम्पले राष्ट्रपतीय निर्वाचनका दौरान आफ्नो कामकाजमाथि प्रश्न नउठ्ने गरी काम गर्ने वाचा गरेका थिए।
बाइडनका छोरा पनि छानबिनमा
सङ्घीय अभियोजनकर्ताहरूले कर छली लगायतका आरोपमा वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनको छोरा हन्टर बाइडन संलग्न भए वा नभएको अनुसन्धान गरिरहेका छन्।
ट्रम्पमाथि भने बाइडन राष्ट्रपतिमा निर्वाचित भएपछि उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा गरेको तोडफोड र हिंसाबारे अनुसन्धान भइरहेको छ।
अमेरिकी सांसदले गठन गरेको समितिका सदस्यहरूले ट्रम्पमाथि अभियोजन गर्न सकिने धारणा राखेका थिए।
अमेरिकी न्याय मन्त्रालयले सन् २०२० को राष्ट्रपतीय निर्वाचनको परिणाममाथि चुनौती दिएको विषयमा ट्रम्पमाथि छानबिन भइरहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: