काठमाडौं । मकवानपुरको हेटौंडादेखि काठमाडौं जाने सडकको करिब २० किलोमिटर खण्डको निर्माण सुरू भएको छ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेशको राजधानी पूर्वाधार विकास विशेष आयोजनाले दुई खण्डमा गरेर ठेक्कामार्फत सडक निर्माण सुरू गरेको जनाएको छ।
आयोजनाका अनुसार हेटौंडादेखि काठमाडौंबीचको कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकलाई दुई खण्ड गरेर २०.१५ किलोमिटर सडक करिब ७५ करोड रूपैयाँ लागतमा निर्माण भइरहेको हो।
आयोजनाले छुट्याएको मकवानपुर सडकखण्डको १२.१५ किलोमिटर भागअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निर्माण तीव्र भइरहेको आयोजनाका इन्जिनियर किरण रन्जितले जानकारी दिए।
मकवानपुर सडकखण्डमा ४३ करोड ४१ लाख १६ हजार रूपैयाँ लागतमा रमण पिआर त्रिवेणी जेभी मूलपानी काठमाडौंले काम सुरू गरेको हो। यो सडकखण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी सम्झौता गरिएको इन्जिनियर रन्जितले जानकारी दिए।
यसैगरी काठमाडौं सडकखण्डको ८ किलोमिटर भागमा ३१ करोड ९३ लाख ११ हजार रूपैयाँको लागतमा रौता रामसागर जेभी काठमाडौंले काम गरिरहेको छ। यो कम्पनीसँग २०८० असार १० गतेसम्म सक्नेगरी सम्झौता भएको आयोजनाले जानकारी दिएको छ।
हाल दुवै खण्डमा कटिङ गर्ने, नाली र पर्खाल बनाउने, पिच गर्ने तथा दस मिटर बाटो फराकिलो पार्ने लगायत काम भइरहेको छ। कुल ८५ किलोमिटरको हेटौंडा-काठमाडौं सडकमा हाल साना सवारी साधन मात्र गुडिरहेका छन्। अब सडक निर्माण भएमा ठूला सवारी साधन पनि राम्रोसँग आउन र जान सक्ने बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: