काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारसँग छिमेकी मुलुक भारतसँग दोहोरो संवाद गर्ने क्षमता नभएको बताएका छन्।
रौतहटको गौरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, हरेक बर्ष बर्षाका समयमा गौर लगायत सीमा क्षेत्र डुबानमा पर्दै आएको छ तर भारततर्फ बनाइएको ड्याम हटाउन वर्तमान गठबन्धन सरकारले भारतसँग दोहोरो संवाद पनि गर्न सक्दैन।
तराई मधेशका जिल्लाहरूले बर्सेनि बाढीका कारण कटान र डुवानको समस्या झेल्दै आएको कुरा आफूले भारतीय प्रधानमन्त्रीसँग गरेको र समाधान गर्ने कुरामा भारत सकारात्मक रहे पनि अहिलेको सरकारले कुनै वास्ता नगरेको उनको भनाई थियो ।
‘एमाले जनताको पार्टी हो, यो ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने यात्रामा छ । एमाले यो यात्रामा आम नेपालीलाई संलग्न गराउन चाहन्छ’ उनले भने।
भ्रष्टाचारी, षडयन्त्रकारी र देश विगार्नेहरूका पछाडि लागेर देश बर्बाद वनाउने काममा नसघाउन र आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउन एमालेमा आउन सबैलाई आग्रह गरे।
आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने वताउँदै आफ्नो नेतृत्वको सरकारले पछौटेपन, भेदभाव, छुवाछूतलाई हटाएर देशलाई समृद्धिकोतर्फ अघि बढाइरहँदा प्रतिक्रियावादीहरूलाई असह्य भई षडयन्त्रपूर्वक परमादेशबाट सरकार ढालेको चर्चा गरे।
शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, कृषिको आधुनिकीकरणदेखि लिएर विभिन्न योजनाहरूलाई विशेष प्राथमिकताका साथ सञ्चालन गरिएकोमा एमालेको सरकार हटेपछि उक्त योजनाहरूलाई ओझेलमा पारिएको चर्चा गर्दै उहाँले मदरसा शिक्षालाई विशेष प्राथमिकतामा राखेर त्यसलाई राष्ट्रिय शिक्षा प्रणालीमा आवद्ध गराउने योजना कार्यान्वयन हुन नपाएको वताए।
रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको तर प्रभु साह र रघुवीर महासेठले रौतहटमा मात्र नभई तराई मधेस क्षेत्रमा धेरै काम गर्नुभएको, योजना ल्याएको बताए।
‘म प्रधानमन्त्री हुँदा तराईका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ । हुलाकी राजमार्गदेखि धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन्’ उनले भने।
‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले तीन वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा के गरे?’
तराई मधेसको विकास गर्न र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नुपर्ने बताउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा रौतहटको विकासको लागि छनौट गरिएका सयौं योजनाहरू अहिलेको गठबन्धन सरकारले हटाउने काम गरेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: