Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

'सरकारसँग भारतसँग दोहोरो संवाद गर्न सक्दैन, चुनावपछि एमाले सरकार बन्छ'

ओलीको प्रश्न : माधव नेपाल २१ महिना प्रधानमन्त्री हुँदा के गरे?’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारसँग छिमेकी मुलुक भारतसँग दोहोरो संवाद गर्ने क्षमता नभएको बताएका छन्। 

रौतहटको गौरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, हरेक बर्ष बर्षाका समयमा गौर लगायत सीमा क्षेत्र डुबानमा पर्दै आएको छ तर भारततर्फ बनाइएको ड्याम हटाउन वर्तमान गठबन्धन सरकारले भारतसँग दोहोरो संवाद पनि गर्न सक्दैन।
 
तराई मधेशका जिल्लाहरूले बर्सेनि  बाढीका कारण कटान र डुवानको समस्या झेल्दै आएको कुरा आफूले भारतीय प्रधानमन्त्रीसँग गरेको र समाधान गर्ने कुरामा भारत सकारात्मक रहे पनि अहिलेको सरकारले कुनै वास्ता नगरेको उनको भनाई थियो ।

‘एमाले जनताको पार्टी हो, यो ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने यात्रामा छ । एमाले यो यात्रामा आम नेपालीलाई संलग्न गराउन चाहन्छ’ उनले भने। 
 
भ्रष्टाचारी, षडयन्त्रकारी र देश विगार्नेहरूका पछाडि लागेर देश बर्बाद वनाउने काममा नसघाउन र आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउन एमालेमा आउन सबैलाई आग्रह गरे। 

आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने वताउँदै आफ्नो नेतृत्वको सरकारले पछौटेपन, भेदभाव, छुवाछूतलाई हटाएर देशलाई समृद्धिकोतर्फ अघि बढाइरहँदा प्रतिक्रियावादीहरूलाई असह्य भई षडयन्त्रपूर्वक परमादेशबाट सरकार ढालेको चर्चा गरे। 

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, कृषिको आधुनिकीकरणदेखि लिएर विभिन्न योजनाहरूलाई विशेष प्राथमिकताका साथ सञ्चालन गरिएकोमा एमालेको सरकार हटेपछि उक्त योजनाहरूलाई ओझेलमा पारिएको चर्चा गर्दै उहाँले मदरसा शिक्षालाई विशेष प्राथमिकतामा राखेर त्यसलाई राष्ट्रिय शिक्षा प्रणालीमा आवद्ध गराउने योजना कार्यान्वयन हुन नपाएको वताए। 

रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको तर प्रभु साह र रघुवीर महासेठले रौतहटमा मात्र नभई तराई मधेस क्षेत्रमा धेरै काम गर्नुभएको, योजना ल्याएको बताए। 

 ‘म प्रधानमन्त्री हुँदा तराईका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ । हुलाकी राजमार्गदेखि धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन्’ उनले भने। 

 ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले तीन वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा के गरे?’

तराई मधेसको विकास गर्न र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नुपर्ने बताउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा रौतहटको विकासको लागि छनौट गरिएका सयौं योजनाहरू अहिलेको गठबन्धन सरकारले हटाउने काम गरेको बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending