सिन्धुपाल्चोक । गत वर्षको बाढीपछि अनियन्त्रित बगेको मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन तथा मेलम्ची बजार क्षेत्रको बस्ती जोगाउनका लागि रु आठ करोडभन्दा बढी खर्च भइसकेको छ । बाढीले पुरिएको बस्ती खोतल्दै स्थानीयवासी पुरानै थलोमा बस्न थालेका थिए, तर मेलम्ची बजार क्षेत्र फेरि जोखिममा परेको छ ।
खोलाको बग्ने धार परिवर्तन भइरहेको छ, जीर्ण बनेको झोलुङ्गे पुल फेरि बाढीको उच्च जोखिममा छ । केही दिनदेखिको वर्षाका कारण यसै पनि जोखिममा रहेको मेलम्ची बजार थप जोखिममा परेको छ । मेलम्ची नदीमा आइरहने बाढीले बस्तीका नागरिकमा त्रास थपेको छ । मेलम्ची नदीले धार बदलिरहेको छ ।
नदीले धार परिवर्तन गर्दा बजार क्षेत्रका घर जोखिममा परेका छन् । जोखिममा रहेका नागरिक जीर्ण झोलुङ्गे पुल मर्मत र संरक्षण तथा बस्तीको दीर्घकालीन विकल्पको माग गरिरहेका छन् । पुल नभए यहाँका स्थानीयवासीको जीवन कष्टकर बन्ने बाढीबाट प्रभावित बनेका स्थानीयवासी श्यामकुमार श्रेष्ठ बताउछन् ।
नदीलाई पुरानै लयमा फर्काउनकै लागि गएको असार अन्तिमसम्म पनि खोलाभरि तटबन्धको काम चलेको थियो । तर खोलाले निरन्तर गेग्रान ल्याएर मेलम्ची दोभान क्षेत्रमा थुपारेपछि तटबन्ध पुरिएर खोला वारपार हुँदै बग्न थालेको छ । जसका कारण खोला नियन्त्रणका लागि गरिएको करोडौँ लगानी खेर गएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ नदीले गर्ने क्षति नियन्त्रणका लागि अझै पनि काम भइरहेको बताउछन् ।
उहाँले पुल, सडक र बस्ती जोगाउन सक्दो प्रयास गरिरहेको बताउनुभयो । लगातारको वर्षाले मेलम्ची आसपासमा बाढीपहिरो बढिरहेको छ भने सडकखण्ड अवरुद्ध भइरहेका छन् । नागरिक त्रासमा जीवन बिताइरहेका छन्, बर्खाको समयमा नागरिकलाई झोलुङ्गे पुलबाहेक वारिपारि गर्न अन्य विकल्प पनि रहेको छैन ।
गत वर्षको बाढीपश्चात भूगर्भविद्हरूले मेलम्ची खोलाको तटीय क्षेत्रमा बसोबास नगर्न सुझाव दिएका छन् । तर पनि स्थानीयवासीले थातथलो नछाडेका कारण जनधनको क्षति हुनसक्नेतर्फ भने सबैको ध्यान पुग्न जरुरी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: