Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

जापान पुगेका प्रचण्डको भव्य स्वागत, कस्ता छन् कार्यक्रम ?

खबरडबली संवाददाता

प्रचण्डको जापान भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप मजवुत बनाउन मद्दत गर्नुका साथै नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीचमा विश्वास र सहकार्यमा बढोत्तरी हुने

नारिता । माओवादी अध्यक्ष प्रचण्डलाई जापानमा भव्य स्वागत भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायतका पदाधिकारी र प्रवासी नेपालीलेजापान टोकियोस्थित नारिता विमानस्थलमा पुगेर अध्यक्ष प्रचण्डलाई भव्य स्वागत गरेका हुन ।

नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा प्रचण्ड जापान आएका हुन् । जापानमा रहदा अध्यक्ष प्रचण्डले त्यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमान मार्फत अध्यक्ष प्रचण्ड जापान आएका हुन् ।आज अध्यक्ष प्रचण्डले पुकुओकामा आयोजित नेपाल फेस्टिवल सेरमोनीको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अगष्ट ६ मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा भएको दिन पनि हो ।अगष्ट ७ मा अध्यक्ष कमरेड प्रचण्डले हिरोसिमा भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ अध्यक्षले हिरोसिमा घटना र असरबारे जानकारी लिने अध्यक्ष पन्तले जानकारी दिए । सोही दिन नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबिच ‘समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्र्तक्रिया कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिको रुपमा सहभागी बन्ने आयोजकले जनाएको छ ।

जापानमा रहँदा अध्यक्ष कमरेड प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अध्यक्ष पन्तले जानकारी दिए।

अध्यक्ष कमरेड प्रचण्डको जापान भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप मजवुत बनाउन मद्दत गर्नुका साथै नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीचमा विश्वास र सहकार्यमा बढोत्तरी हुने अध्यक्ष भवानी पन्तले विश्वास व्यक्त गरे ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies