काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरेको छ । साथै पार्टी एकता प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समितिसमेत गठन गरेको छ ।
शुक्रबार नेकपा (बहुमत) का संयोजक कञ्चन र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले संयुक्त प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत पार्टी एकता प्रक्रियामा सामेल हुन हार्दिक आह्वान् गरेका छन् ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का दुवै नेतृत्व सहित वार्ता टोलीहरूका बीच संयुक्त बैठक बस्यो । व्यापक छलफल पछि सो बैठकले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति गठन गरेको छ । यस अवसरमा हामी सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत यस प्रक्रियामा सामेल हुन हार्दिक आह्वान गर्दछौँ ।’
आधारभूत कुराहरूमा मिल्दै गएको स्रोतले जनाएको छ । वार्ता टोलीको १९ गतेको बैठकमा दुई पार्टीका प्रमुखहरूसहितको छलफलबाट पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरिएको थियो । साथै बाहिर छरिएर रहेका क्रान्तिकारी पार्टी, सङ्गठनरमोर्चा र व्यक्तिहरूलाई पनि यो एकता अभियानमा सहभागी हुन अपिल गरिएको छ ।
नेपालमा रहेका विभिन्न नामका कम्युनिस्ट पार्टीहरूको ठूलो हिस्सा संसदीय व्यवस्थामा आत्मसमर्पण गरेकाले जनतामा उत्पन्न भएको निरासा अविश्वासलाई यी क्रान्तिकारी पार्टीहरूबीचको एकता हुने सन्देशले विश्वास र आशा जगाइदिने अपेक्षा राखिएको छ भने, जवरजस्त क्रान्तिकारी ध्रुवको निर्माण हुने र वैकल्पिक शक्ति र सत्ताको निर्माण हुने सम्भावना बढेर गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८१ - ०९:३२
काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...
बैशाख १४ गते, २०८१ - ०९:११
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...
बैशाख १४ गते, २०८१ - ०९:०९
ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...
बैशाख १४ गते, २०८१ - ०९:०४
काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...
बैशाख १४ गते, २०८१ - ०८:३९
वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...
बैशाख १४ गते, २०८१ - ०८:३४
काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...
बैशाख १४ गते, २०८१ - ०८:१९
काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...
बैशाख १४ गते, २०८१ - ०७:५०
काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् । विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...
बैशाख १४ गते, २०८१ - ०७:२८
काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...
बैशाख १४ गते, २०८१ - ०७:२०
तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
प्रतिकृया लेख्नुहोस्: