Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

मध्यपुरथिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहोर

खबरडबली संवाददाता
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोरको डंगुर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो । 
 
नगरपालिकाको त्यो व्यबस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र झोलामा ल्याएका फोहोर त्यहीँ फाल्न थालेपछि नगरपालिका कार्यालयको नाकै अगाडि फोहोरको डङ्गुर थुप्रिएको छ । 
 
सम्पदा क्षेत्रको रुपमा रहेको पाटी विहार, नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिको कार्यालय, कांग्रेस नगर सभापतिको घरसँगै तीन सातादेखि फोहोरको डङ्गुर लाग्दा त्यस क्षेत्रमा अहिले दुर्गन्ध फैलिएको छ । 
 
एकातिर वर्षामा अविरल परेको पानीले दिनानुदिन कुहिएर गन्हाउन थालेको र अर्कोतर्फ भुस्याहा कुकुरले फोहोरका बोरा र प्लाष्टिक च्यातेर सडकमा छरपष्ट गर्दा पैदल हिँड्नेलेसमेत सास्ती भोग्नुपरेको छ । “दुर्गन्धले बस्नै नसकिने भएको छ”, स्थानीय श्यामलाल बस्यालले भने 
 
स्थानीयले दैलो अगाडि जथाभावी फोहोर फाल्नु, नगरपालिकाले फोहोरको डङ्गुरको व्यवस्थापन नगर्नु र ठेक्कामा प्रतिघर मासिक रु तीन सय ५० मा फोहोर सङ्कलन गर्दै आएको निजी क्षेत्र नेप्से म्याकले जिम्मेवारी बहन नगर्दा जनताले सास्ती खेप्नुपरेको छ । 
 
उनले भने, “जथाधावी फोहोर फाल्ने यहाँका जनता पहिलो दोषी हुन्, नगरपालिकाभित्रको फोहोर व्यबस्थापन गर्न नसक्ने र निजी क्षेत्रलाई फोहोर सङ्कलनलाई दबाब दिन नसक्ने नगरपालिका अर्को दोषी हो, फोहोर सङ्कलन गर्ने जिम्मा लिएर उपभोक्तासँग मासिक रकम असुल्ने नेप्से म्याक पनि दोषी हो, यहीँ फोहोरका कारण महामारी फैलिए त्यसको जिम्मेवारी कसले लिने ?”
 
मध्यपुरथिमि नगरपालिका–५ सङ्गम कोलोनी क्षेत्रका बासिन्दा उत्तिकै पीडित छन् । यस क्षेत्रको फोहोर उठाउने जिम्मेवारी लिएको नेप्से म्याकले विगत दुई महिनादेखि नियमित रुपमा फोहोर सङ्कलन गरेको छैन । 
 
सातामा दुई दिन फोहोर सङ्कलन गर्दै आएपछि दुई महिनायता सातादेखि १० दिनमा आउने गरेपछि अहिले तीनसातादेखि फोहोर सङ्कलन गर्न नआउँदा फोहोर स्थानीयले जथाभावी फाल्न थालेका हुन् । 
 
पछिल्लो समय कुहिने र नकुहिने फोहोर छुट्याएर राखे पनि फोहोर सङ्कलन नै गर्न नआए पछि घरघरमै फोहोर कुहिएर किरा परेर दुर्गन्ध फैलिन थाले पछि जथाभावी फोहोर फाल्न थालिएको स्थानीय बताउँछन् । सङ्गम कोलोनीका विष्णुप्रसाद पराजुली नेप्से म्याकले लापर्बाही गरेको बताउँछन्। 
 
हरेक महिना पैसा लैजाने तर फोहोर नलग्ने कार्य गलत भएको भन्दै फोहोर सङ्कलनको जिम्मेवारी लिएको नेप्से म्याकले कम्तीमा कुहिने फोहोर सङ्कलन गरेर मल उत्पादन गर्ने वा डम्पिङ गर्ने व्यवस्था गर्नुपर्नेमा उपत्यकामा फोहोर उठेको छैन भन्दै जिम्मेवारीबाट पन्छिने गरेको पराजुली बताउँछन्। 
 
उनी भन्छन्, “नेप्से म्याकलाई पटक पटक फोहोर सङ्कलन गर्न आउनु भनेर फोन गरिसक्यौँ, त्यहाँका कर्मचारी उपत्यकाको फोहोर नउठी हामी लैजादैनौँ घरमै राख्नुस् भन्छन्, कुहिने फोहोरले घर गन्हाउन थालिसक्यो, भाडामा बस्नेले कहाँ राख्ने फोहोर, फोहोरको व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिका र नेप्से म्याकको हो, दुवै निकायले गैरजिम्मेवारीपन देखाए ।”
 
कोठा कोठामा फोहोर, घरघरमा फोहोर, चोक चोकमा फोहोर थुप्रिदा गर्मी र वर्षा मौसमले रोगको महामारी फैलिन सक्ने मध्यपुरथिमिका चिकित्यक डा रामदास श्रेष्ठ बताउछन््। फोहोरको उचित व्यवस्थापन चाँडै नगरे यसबाट मानवीय स्वास्थ्यमा प्रतिकूल समस्या आउन सक्ने भन्दै उनले सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: