Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

न्यान्सी पेलोसीको बेइजिङको विरोधको लामो इतिहास

ताइवानको स्वतन्त्रतालाई मान्यता नदिन कैयौँ वर्षदेखि चीनको कूटनीतिक दबाब

खबरडबली संवाददाता

काठमाडौं । चीनको चेतावनी र ह्वाइट हाउसको चिन्तालाई बेवास्ता गर्दै अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । तर यो कदम पेलोसीको चीन सरकारलाई चिड्याउने पहिलो कदम भने होइन । 

पेलोसीको चिनियाँ सरकारको आलोचना गर्ने लामो इतिहास छ । यसमा सबैभन्दा चर्चित घटना सन् १९९१ मा घटेको थियो । बेइजिङ भ्रमणमा रहेकी पेलोसीले तियानमेन चोक पुगेर दुई वर्षअघि चिनियाँ सरकारले गरेको दमनमा मारिएहरूको सम्मानमा ब्यानर देखाएकी थिइन् । 

चिनियाँ सरकारले पेलोसीलाई खासै रुचाउँदैन । चीनले पेलोसीप्रतिको घृणा खुला रूपमै राख्ने गरेको छ । एक पटक चीनले ‘झुट र गलत सूचानाले भरिपूर्ण’ नेतृ भनेको थियो ।  

चीनले स्वशासित ताइवानलाई विद्रोही प्रान्तका रूपमा हेर्छ र यसलाई एक दिन एकीकरण गरिछाड्ने बताएको छ । उसले आवश्यक परे बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेको छैन । 

कैयौँ वर्षदेखि चीनले ताइवानको स्वतन्त्रतालाई मान्यता नदिन कूटनीतिक दबाब दिँदै आएको छ ।

पछिल्लो भ्रमणको चर्चा सुरु भएदेखि नै चीनले पेलोसी ताइवान गए गम्भीर परिणाम हुने चेतावनी दिएको छ । यसैले पेलोसी ताइवान भ्रमणमा निस्किँदा ताइवानलाई उनी पुग्ने देशको सूचीमा रािखएको थिएन । 

पेलोसीको पछिल्लो भ्रमणलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले समर्थन गरेका छैनन् । अमेरिका–चीन तनाव उच्च रहेको समयमा ह्वाइट हाउसका अधिकारीले उनको यात्रा रोक्न अन्तिमसम्म प्रयास गरेको थियो । 

बाइडेनले हालै पत्रकार भेटघाटमा ‘अमेरिकी सेनाले भ्रमणलाई राम्रो नमानेको बताएको’ प्रतिक्रिया दिएको थियो । 

सन् १९९१ को तियानमेन स्क्वायर भ्रमण

बेइजिङको तियानमेन स्क्वायरमा चीनमा प्रजातन्त्रको माग गरेका प्रदर्शनकारीविरुद्ध चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले सेना प्रयोग गरेको थियो । यसमा हजारौँको सङ्ख्यामा हताहती भएको थियो । 

यस दमनको दुई वर्षपछि तत्कालीन समय क्यालिफोर्नियाकी सभासद रहेकी पेलोसी बेइजिङ गएकी थिइन् । 

पेलोसीलगायत अन्य दुई सभासदहरूसँग तिनलाई दिइएको सुरक्षाको आँखा छलेर चिनियाँ आयोजकहरूको अनुमतिबिना तियानमेन स्क्वायरमा गए । 

त्यहाँ तिनीहरूले एउटा सानो हस्तलिखित ब्यानर फहराए जसमा लेखिएको थियो– चीनमा प्रजातन्त्रका निम्ति मर्नेहरूका लागि । उपस्थित प्रहरीले घटना कभर गर्ने पत्रकारहरूलाई धक्कामुक्की गर्यो भने तीन अमेरिकी सभासदहरूलाई त्यहाँबाट जान भनेको थियो । 

चीनको विदेश मन्त्रालयले पछि घटनालाई ‘पूर्वनियोजित प्रहसन’ भनेको थियो । 

केहीले त्यो भ्रमणको समयमा पेलोसीलगायत कङ्ग्रेस सदस्यको कार्यको आलोचना गरेका थिए । तिनमा पूर्व सीएनएन बेइजिङ ब्युरो प्रमुख माइक चिनोय पनि एक थिए । उनले फरेन अफेयरमा एक लेख लेख्दै उनी पक्राउ पर्नुको कारण पेलोसी भएको लेखेकी थिइन् । 

चिनोयले फरेन अफेयरका बारेमा लेखेको लेखमा आफूलाई पेलोसीले तियानमेन स्क्वायरमा के गर्दैछिन् भन्ने थाहा नपाई समाचार कभर गर्न जाँदा कैयौँ घण्टा पक्राउ परेको लेखेका छन् ।

हिरासतमा रहेपछि आफूले विदेशी प्रतिष्ठित व्यक्तिहरूको समाचार सम्प्रेषण गर्न असमर्थ भएको लेखेका चिनोयले दुःख व्यक्त गरेका छन् ।

‘चिनियाँ कम्युनिस्ट सरकारको आँखामै ताकेर हान्ने हिसाबको उक्त विरोध मेरा लागि परिणामको प्रवाह नगरी हाई–प्रोफाइल हर्कत गर्ने पेलोसी शैलीको पहिलो साक्षात्कार थियो,’ चिनोयले भने । 

तियानमेन स्क्वायरको दमन लगत्तै पेलोसीले सन् १९८९ मा अमेरिकी कङ्ग्रेसमा ‘चीनको कारबाहीको निन्दा गर्ने प्रस्ताव ल्याउन नेतृत्व’ गरेकी थिइन् । उनले पछि वर्षौंदेखि प्रदर्शनकारीहरूको ‘नरसंहार’का बारेमा बोलिरहेकी छिन् । 

यो वर्ष पेलोसीले तियानमेन स्क्वायरको विरोध प्रदर्शनको ३३औँ वर्षगाँठमा एक विज्ञप्ति जारी गर्दै प्रदर्शनलाई ‘राजनीतिक साहसको हालसम्मकै सबैभन्दा ठूलो कदम’ भन्दै कम्युनिस्ट पार्टीको ‘दमनकारी शासन’को आलोचना गरिन् । 

हु जिनताओलाई पत्र

सन् २००२ मा तत्कालीन चिनियाँ उप–राष्ट्रपति हु जिन्ताओसँगको भेटमा पेलोसीले चीन र तिब्बतका अभियन्तालाई थुनामा राखेको बारेमा चारवटा पत्र दिने प्रयास गरेकी थिइन् । 

तर हुले पत्र लिन अस्वीकार गरिदिए । सात वर्षपछि पेलोसीले फेरि हुलाई राजनीतिक बन्दी लिउ सियाओबोको रिहाइको माग गदै अर्को पत्र हस्तान्तरण गरिन् । हु यस समय चीनका राष्ट्रपति भइसकेका थिए । 

लिउलाई सन् २०१० मा नोबेल शान्ति पुरस्कार दिइयो तर चीनले पुरस्कार स्वीकार गर्न लिउलाई नर्वे जाने अनुमति दिएन । लिउको सन् २०१७ मा क्यान्सरका कारण हिरासतमै मृत्यु भएको थियो । 

विश्व व्यापार सङ्गठनमा चीनको प्रवेशमा सर्त राख्नुपर्नेमा जोड दिएकी पेलोसीले वर्षाैंदेखि पेलोसीले चीनको व्यापारिक हैसियतलाई उसको मानव अधिकार रेकर्डसँग जोड्न आह्वान गर्दै आएकी छन् । 

ओलम्पिकको विरोध 

पेलोसीले मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै सन् १९९३ मा ओलम्पिक खेलकुद आयोजना गर्ने चीनको प्रस्तावको विरोध गरिन् । 

सन् २००८ मा चीनको ग्रीष्मकालीन ओलम्पिक उद्घाटन समारोह बहिष्कार गर्न तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई आग्रह गर्ने सांसदहरूमध्ये उनी एक थिइन् । 

यही वर्ष सभामुखका रूपमा पेलोसीले फेरि चीनमा उयिगुर मुस्लिममाथिको बेइजिङको दुव्र्यवहारलाई देखाउँदै सन् २०२२ को शीतकालीन ओलम्पिक ‘कूटनीतिक बहिष्कार’को आह्वान गरिन् । बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुम्लामा निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै निर्वाचन कार्यालयले यहाँका आठ वटै स्थानीय तहका ६० वडामा मतदाता शिक्षा कार्यक्रम...

शीर्ष नेताहरू को कति सुरक्षित?

काठमाडौं । नियमित समयभन्दा दुई वर्षअघि प्रतिनीधिसभा सदस्य निर्वाचन फागुन २१ मा हुँदैछ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिँदो राजनीतिक परिवर्तन...

तीन एजेन्डामा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बिहान ८ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्याल...

बालेनजस्तै प्रधानमन्त्रीका अन्य दाबेदारहरू देश दौडाहा नगर्नुका कारण

झापामै खटिनुपर्ने बाध्यतामा ओली, सातै प्रदेश जाने गगनको तयारी

टी–२० विश्वकप : पहिलो खेलमा आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दुई पटकको विश्वकप च्याम्पियन इङल्यान्डविरुद्ध खेल्दै आइसीसी टी–२० विश्वकपको दशौँ संस्करणको यात्रा सुरु ग...

रिलमा ‘जल्ने’ तयारीमा थिए सुनील, जीवनले पहिले नै बिदाइ गर्‍यो

काठमाडौं । नर्भिक अस्पताल परिसरमा भरिभराउ फिल्मकर्मीको अनुहार उदास थिए । आँखाभरि टिल्पिलाउँदो आँसु बोकेर फिल्म निर्देशक तुलसी घिमिरे साथीभाइलाई सुनाइर...

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी । पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्ष...

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना ग...

बैतडीमा ‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–०...

तराईमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE