Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

एमालेसँग मुद्दा छैन, हाम्रा 'बा'ले जे भने पनि त्यसको विरोध गर्न मिल्दैन : मणि थापा

'पार्टीमा विरोध गर्न मिल्दैन, दक्षिणपन्थी भएकाले एमाले कामै छैन'

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले नेकपा एमाले दक्षिणपन्थी पार्टी भएकाले काम नलाग्ने दाबी गरेका छन्। 

वामपन्थबारे नेपाल अध्ययन केन्द्रले काभ्रमा शनिबार र आइतबार आयोजना गरेको छलफलमा उनले एमालेमै भएकाले त्यसबारे बोल्न नसकेको बताएका हुन्। 

उनले भने, 'कम्युनिस्ट आन्दोलनमा सधैंभरि वामपन्थी र दक्षिणपन्थी हुन्छ। अहिले नेपालमा भएका सबै दक्षिणपन्थी कम्युनिस्टहरु हुन्। म पहिला माओवादी पार्टीमा थिएँ, अहिले एमालेमा छु, यो दक्षिणपन्थी कम्युनिस्ट हो। यो दक्षिणपन्थी कम्युनिस्टले कसलाई सम्वोधन गरेको छ त भन्दाखेरि अहिलेको यो जुन प्रतिस्पर्धात्मक बहुदलीय सिस्टम छ, संसदीय व्यवस्थासँग यसले आत्मसमर्पण गरेको छ।'

अहिले कुनै पनि पार्टी फरक नभएको उनको भनाइ छ। 

उनले थपे, 'घनश्याम भुसालले एमालेभित्र र्‍याडिकल वामपन्थको दस्तावेज प्रस्तुत गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? म यसमा सहयोग गर्छु। राम कार्कीले माओवादीभित्र नयाँ दस्तावेज निकाल्न सक्नुहुन्छ कि सक्नुहुन्न? अहिलेका यी पार्टी कुनै काम लाग्दैनन्।'

परम्परागत एजेण्डामा काम गरिराखेका अहिले चाहिएको नयाँ मुद्दासहितको वामपन्थ कुनै नभएको उनको भनाइ छ। उनले एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले जे भन्यो पार्टीमा त्यही हुने बताएका छन्।

'अहिले नयाँ मुद्दा चाहिएको छ। हामी एमालेमा छौं, एमालेसँग मुद्दा छैन। एमाले भएको नाताले हाम्रा बाले जे भने पनि त्यो त भन्नुपर्यो। पार्टीको नेता भएकाले हामीले विरोध गर्न मिल्दैन, त्यो अनैतिक हुन्छ' उनको भनाइ छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending