Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

पेलोसीको ताइवान भ्रमणले चीन-अमेरिका तनाव खतरनाक मोडमा

आकाशमा लडाकु जहाज र समुद्रमा युद्धपोत बढाउँदै चीनको चेतावनी : ठुलो मूल्य चुकाउनुपर्छ

खबरडबली संवाददाता

काठमाडौं । चीनको विदेश मन्त्रालयले बेइजिङ स्थित अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ।

चिनियाँ उप-विदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति "खराब" भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन चुप नबस्ने बताए।

मङ्गलवार अबेर ताइवान पुगेकी पलोसी बुधवार त्यहाँको संसद्‌मा पुगेकी छिन्। उनले ताइवानका राष्ट्रपतिसँग पनि भेट गर्ने ठानिएको छ।

अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख पलोसी मङ्गलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ।

पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो।

पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्। चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ।

उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले "मूल्य चुकाउनुपर्ने" चेतावनी पनि दिएको छ।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ।

चिनियाँ विदेश मन्त्रालयकी एकजना प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताइन्।

उनले भनिन्, "चीनको सार्वभौम सुरक्षा चासोलाई कम आँकेको कुराको अमेरिकाले जिम्मा लिनुपर्नेछ र त्यसको मूल्य चुकाउनुपर्नेछ।"

मङ्गलवार चीनले ताइवान र मुख्य चिनियाँ भू-भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको छ।

उसका सैनिकहरूले युद्धको अभ्यास पनि गरिरहेका छन् र चिनियाँ सेनाको पूर्वी सैन्य कमाण्डले अनलाइनमा एउटा भिडिओ पोस्ट गर्दै आफूहरू "कुनै पनि परिस्थितिका लागि तयार रहेको" जनाएको छ।

ताइवानको रक्षा मन्त्रालयले उक्त टापु नजिकै भइरहेको सैन्य गतिविधिबारे आफू पूर्ण जानकार रहेको र चिनियाँ धम्कीबाट आफूलाई बचाउन पूर्ण कटिबद्ध रहेको जनाएको छ।

अमेरिकाको चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध छ भने ताइवानसँग त्यस्तो सम्बन्ध छैन। तर उसले ताइवानसँग "मजबुत अनौपचारिक" सम्बन्ध रहेको बताउँछ।

पलोसीको एशिया भ्रमण

यसै साताको सुरुमा अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले पत्रकारहरूलाई चीनले सैन्य उक्साहट सहितको प्रतिक्रिया दिन सक्ने बताएका थिए।

उनले त्यस्ता गतिविधिमा ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गर्ने, ठूलो मात्रामा हवाई वा नौसेना गतिविधिहरू प्रक्षेपण गर्ने वा ताइवान स्ट्रेटको नौसैनिक नाकाबन्दीलाई जायज ठहराउन "नक्कली कानुनी दाबी" गर्ने हुनसक्ने बताएका थिए।

पलोसीले आफ्नो यात्रा कार्यक्रममा ताइवानको उल्लेख नगरी आइतवारदेखि एशियाको भ्रमण सुरु गरेकी हुन्।

उनले हालसम्म सिङ्गापुर र मलेशिया भ्रमण गरिसकेकी छिन् भने दक्षिण कोरिया र जापानमा पनि समय निर्धारण गरिसकिएको छ।

यद्यपि अमेरिकी र ताइवानी सञ्चारमाध्यममा उनी मङ्गलवार साँझ ताइवानमा उत्रने र बुधवार ताइवानी नेताहरूसँग छलफल गर्ने विवरणसहितका खबरहरू व्यापक रूपमा आइरहेका छन्।

मङ्गलवार ताइवानका प्रधानमन्त्री सू जेन-चाङले टापुले कुनै पनि विदेशी पाहुनालाई "न्यानो स्वागत" गर्ने र कुनै पनि आगन्तुकका लागि "सबैभन्दा उपयुक्त व्यवस्था" गर्ने बताए।

कूटनीतिक टाउको दुखाइ

यो भ्रमण ह्वाइट हाउसका लागि कूटनीतिक टाउको दुखाइ बनेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत साता अमेरिकी सेनाले पलोसीको ताइवान भ्रमण "अहिलेका लागि राम्रो विचार होइन" भन्ने विश्वास गरेको बताएका थिए।

सोमवार कर्बीले पलोसीलाई "ताइवान भ्रमण गर्ने अधिकार भएको" र उनले "आफ्नो निर्णय आफैँ लिने" बताएका थिए।

उनले ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेसको स्वतन्त्रतालाई सम्मान गर्नेमा पनि जोड दिए। उनका भनाइमा अमेरिकी जनता र अमेरिकी कङ्ग्रेसको ताइवानलाई बलियो द्विपक्षीय समर्थन रहेको छ।

पलोसी डेमोक्र्याटिक पार्टीकी एकजना वरिष्ठ व्यक्तित्व हुन्। उनी लामो समयदेखि चिनियाँ नेतृत्वको मुखर आलोचक बनेकी छिन्। उनले त्यहाँ मानव अधिकारको प्रश्न उठाउँदै चीनको निन्दा गर्ने गर्छिन्।

उनले सुरुमा गत एप्रिलमा ताइवान भ्रमण गर्ने योजना बनाएकी थिइन् तर कोभिड-१९ सङ्क्रमित भएपछि उनले यात्रा स्थगित गरिन्। यो महिनाको सुरुमा उनले "ताइवानलाई समर्थन देखाउनु हाम्रो लागि महत्त्वपूर्ण कुरा हो" भनेकी थिइन्।

कर्बीले सदनका रिपब्लिकन पूर्व सभामुख न्यूट गिङ्ग्रिएचले सन् १९९७ मा ताइवानको भ्रमण गरेको र अन्य अमेरिकी सांसदहरूले यसै वर्षको सुरुमा ताइवान भ्रमण गरेको कुरा औल्याएका छन्।

"केही परिवर्तन भएको छैन। कुराकानी गर्न त्यहाँ कुनै नाटकको आवश्यकता छैन। सदनका सभामुख ताइवान गएका पहिले पनि उदाहरण छन्," उनले भने।

उनले पलोसी आफ्नो एशियाली भ्रमणका क्रममा अमेरिकी सैन्य विमानमा यात्रा गरिरहेको बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending