Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

धमाधम राजीनामा दिँदै डिभी–पिआरधारी कर्मचारी

काठमाडौं । विदेशको स्थायी अनुमतिपत्र (पिआर), डाइभर्सिटी भिसा (डिभी) लिनेलाई बर्खास्तसम्म गर्ने कानुन कार्यान्वयनमा आएपछि कर्मचारीले राजीनामा दिन थालेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ सचिव, सहसचिवदेखि तल्लो तहका कर्मचारीसम्मले राजीनामा दिएका छन् । कर्मचारीले घरायसी तथा स्वास्थ्य लगायतको कारण देखाउँदै राजीनामा दिएका हुन् । तर, सामान्य प्रशासन मन्त्रालयले पिआर तथा डिभी लिएका कर्मचारीले धमाधम राजीनामा दिन थालेको जनाएको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार राजीनामा दिनेहरुको सूची बढ्दै गएको छ । अर्थ मन्त्रालयका राजस्व सचिव नवराज भण्डारीले केही दिनअघि राजीनामा दिएका छन् । भण्डारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएर अमेरिका गएको स्रोतले बताएको छ । उनी २० माघ ०७१ मा सचिवमा बढुवा भएका थिए । उनको पदावधि अझै साढे चार वर्ष बाँकी थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भण्डारीसँग अमेरिकाको पिआर रहेकाले राजीनामा दिएको जनाएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि भण्डारीले राजीनामा दिएको सुनेको, तर औपचारिक जानकारी नआइसकेको बताए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गर्नेछ । सूचना आयोगका सचिव लक्ष्मण मैनालीले भने आफ्नो श्रीमतीसँग अमेरिकाको पिआर रहे पनि आफूसँग नरहेको जानकारी गराएका छन् । उनीमाथि थप छानबिन हुनसक्ने सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ । पिआर भएकै कारण राजीनामा दिनेमा सहरी विकास मन्त्रालयका सहसचिव महेन्द्र सुब्बा रहेको सामान्य मन्त्रालय स्रोतले बतायो । सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव गोपाल कटुवाल क्षेत्रीले पनि राजीनामा दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार हाल पेन्सन पाकिसकेका, डिभी–पिआर भएका केही कर्मचारीले स्वास्थ्य तथा घरायसी कारण उल्लेख गरेर धमाधम राजीनामा दिइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending