काठमाडौं । काठमाडौं महानगरपालिकाले १ करोड ५० लाख खर्चेर र्यापर यम बुद्धको नाममा पार्क निर्माण गर्ने भएको छ।
महानगरपालिका वडा नम्बर १६ नयाँ बजारमा रहेको जग्गामा पार्क बनाउने तयारी भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
महानगरको ७ रोपनी जग्गामा १ करोड ५० लाख बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। यसअघि यम बुद्धको सालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो।
उक्त निर्णयले महानगर विवादितसमेत बनेको थियो। सामाजिक सञ्जालमा चर्को आलोचना भएसँगै मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणासमेत गरेका थिए।
तर, फेरि महानगरकै खर्चमा बनाउने गरी बजेट विनियोजन गरिएको छ। अहिले बजेटमा थप्ने क्रममा नयाँ कार्यक्रम राखी उक्त कुरा थपेर बजेट ल्याइएको मानन्धरले बताए।
पार्कमा आवश्यकता अनुसारका संरचना बनाइने छ। उनले भने, ‘पार्कभित्र र्यापर यम बुद्धको सालिक पनि हुन सक्छ।’
'गल्ती गरेका छैनौं'
मेयर शाहले आलोचना र प्रशंसा सबैको स्वागत गरेर अघि बढ्ने बताएका छन्।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सर्वसम्मतले पारित भएको जानकारी दिँदै मेयर बालेन्द्रले कार्यान्वयनका लागि सहकार्यको विकल्प नभएको बताएका छन्।
बजेट निर्माण गर्दा महानगरका प्राथमिकता तय गरेको उनले बताएका छन्।
‘तत्काल परिवर्तन गर्ने आवेशमा र ‘क्रान्तिकारी देखिन’ सबै कुरामा एकसाथ प्रहार गर्ने वा एक्लै हिंडेर पुग्न खोज्ने गल्ती गरेका छैनौं,’ आफ्नो सामाजिक सञ्जालमार्फत मेयर बालेन्द्रले भनेका छन्, ‘पुराना किसिमका बजेटका शीर्षकहरुलाई यसपालि पनि निरन्तरता दिएका छौँ। र, भविष्यका लागि सकारात्मक आधार बन्ने केही नयाँ शीर्षकमा बजेट थपेका छौँ।’
महानगरवासी र महानगरका पनि सीमा र बाध्यता भएका उल्लेख गर्दै अहिलेको प्रमुख प्राथमिकता फोहोर व्यवस्थापन रहेको उनले बताएका छन्।
‘अहिले फोहोर व्यवस्थापनलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ,’ मेयर शाहको भनाइ छ, ‘शिक्षा र स्वास्थ्यलाई थप मजबुत बनाएर हरेकको पहुँचमा गुणस्तरिय सेवा पुग्न सक्ने बनाउँन सो क्षेत्रमा तीन गुणासम्म बजेट वृद्धि गरेका छौँ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: