Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

जनप्रतिनिधिले २ दिनमै खाए ८०३ किलो मासु

भात पकाएको ज्याला १ लाख २५ हजार

खबरडबली संवाददाता

जनकपुरधाम । स्थानीय तहमा कसरी भ्रष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ। जहाँका जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन्। यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

नगरसभामा उपस्थितहरूको विवरणसमेत नखुलाई मासुमा नै यतिको खर्च गरेको महालेखापरीक्षकको तथ्यांकले पुष्टि गर्छ। उक्त तथ्यांकअनुसार नगरसभाका सहभागीहरूले १ हजारका दरले ६ सय ५३ किलो खसीको मासु खाएका छन्। 

यसको खर्च ६ लाख ५३ हजार रुपैयाँ पर्छ भने कुखुराको मासु ३ सय ८० रुपैयाँको दरले १ सय ५० किलो खाएका छन्। जसको खर्च ५७ हजार पर्छ। जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा सञ्चालनकै लागि ५० लाख बजेट विनियोजन गरिएको थियो। जसमध्ये ४३ लाख ८ हजार २८ रुपैयाँ खर्चसमेत गरिएको उल्लेख  छ।

यो जनकपुरधाम उपमहानगरपालिका भित्रको अनियमितताको एउटा उदाहरण मात्रै हो। यहाँ आर्थिक वर्ष २०७७/७८ को आर्थिक कारोबारमा व्यापक भ्रष्टाचार र अनियमितता गरेको सार्वजनिक भएको छ।

तत्कालीन नगरप्रमुख लालकिशोर साहबाट निर्देशित भएर नगर कार्यपालिकाको कार्यालयबाट भएका अधिकांश काम कारबाही अपारदर्शी र आर्थिक अनुशासन विपरीतको रहेको हालै सार्वजनिक भएको महालेखापरीक्षकको वार्षिक तथ्यांकले पुष्टि गर्छ। उपमहानगरपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचासमेत पूर्णरूपमा प्रयोग नगरी वित्तीय विवरण तयार गरेको प्रतिवेदनमा उल्लेखित छ।

गत वर्षको लेखापरीक्षणबाट जनकपुरधाम उपमहानगरपालिकाको जम्मा बेरुजु १ अर्ब ५ करोड १७ लाख ४९ हजार रुपैयाँ छ। जसमध्ये गत वर्षको ३३ करोड ७४ लाख ११ हजार रुपैयाँ बेरुजु देखिएको छ, जसको प्रतिक्रिया र प्रमाणसमेत पेस भएको छैन।

उक्त बेरुजुमध्ये असुल गर्नुपर्ने २ करोड ३९ लाख ८४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १४ करोड ९५ लाख ५३ हजार, नियमित गर्नुपर्ने ११ करोड १५ लाख ६६ हजार र पेश्की ५ करोड २३ लाख ८ हजार छ।

ज्याला १ लाख २५ हजार

नगरसभामा दुुई दिनको खाना बनाए बापतको ज्याला १ लाख २५ हजार रुपैयाँ खर्चिएको छ। त्यसैगरी जानकी टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गराउन ९५ हजार रुपैयाँ खर्च गरेको छ।

नगरसभामा सहभागीहरूलाई केशरिया गम्छा ओढाउन ३ सय ६० थान गम्छा खरिद गर्न १ लाख ४२ हजार खर्चिएको छ भने खाजा, कोल्ड ड्रिक्सहरूमा छुट्टै ७ लाख ९० हजार खर्चिएको मलेपको तथ्यांकले देखाउँछ।

नगरसभामा लाखौं खर्चेको पालिकाले सो बेला बजेटसमेत पारदर्शी नगरेको र उद्घाटन सत्रमै तामझाम गरी लाखौं रकम सकाएको आरोप तत्कालीन वडा अध्यक्ष सुदर्शन सिंह लगाउँछन्।

डटपेन खरिदमा समेत कमिसन

नगरसभाका लागि खरिद गरिएको डटपेनमा समेत कमिसनका लागि बढी मूल्य तिरिएको पाइएको छ। २०७८ असार ११ मा नगरसभाका लागि न्यू माता दि स्टोर्स जनकपुरबाट खरिद गरिएको २ सय ८० थान पाइलट पेन १ सय १० रुपैयाँका दरले किनिएको छ भने ०७८ असार २६ मा मायालु ट्रेडर्स जनकपुरबाट ३ सय थान पाइलट पेन १ सय ५७ रुपैयाँका दरले खरिद गरेको देखिन्छ।

उक्त पाइलट पेनको बजार मूल्य अधिकतम १ सय १० रुपैयाँ रहेकोमा मायालु ट्रेर्डसबाट खरिद गरेको ३ सय थानलाई प्रतिथान ४७ रुपैयाँ बढीमा खरिद गरी १४ हजार १ सय २१ रुपैयाँ भुक्तानी गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending