Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नेपालमा काम गर्न आउछन् चिनियाँदेखि अमेरिकीसम्म

विदेशी कामदारले स्थानीय श्रम कानुनको पालना गरिए वा नगरिएको थाहा नहुँनु चुनौती

खबरडबली संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीमा जान दैनिक सयौँ नेपालीले श्रम स्वीकृति लिँदै आएका छन्।

विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १,५०० युवायुवती बाहिरिने गरेको तथ्याङ्क छ।

तर नेपालमा पनि दर्जनौँ देशका नागरिकले श्रम इजाजत लिई काम गर्दै आएका छन्।

यसरी श्रम इजाजत लिनेमा छिमेकी देश चीनदेखि अमेरिकी, युरोपेली र अफ्रिकी मुलुकसम्मका नागरिक रहेको तथ्याङ्कले देखाउँछ।

सबैभन्दा धेरै कहाँका?

आर्थिक वर्ष २०७८/०७९ मा मात्रै ६९ वटा देशका नागरिकले श्रम इजाजत लिई काम गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ।

उसको तथ्याङ्कअनुसार सो अवधिमा २,२६३ जनाले नेपालमा काम गर्नका लागि श्रम इजाजत लिएका छन्।

गत आर्थिक वर्षमा नेपालमा श्रम इजाजत लिनेमध्ये सबैभन्दा धेरै अर्थात्‌ झन्डै ६९ प्रतिशत चिनियाँ नागरिक रहेका छन्।

सो अवधिमा १,५५९ जना चिनियाँ नागरिकले श्रम इजाजत लिएका छन् भने दोस्रो स्थानमा रहेको यूकेका १०६ जनाले श्रम इजाजत लिएको पाइएको छ।

त्यसपछि संयुक्त राज्य अमेरिकाका ८३ जना, जापानका ६१, कोरियाका ४४ र श्रीलङ्कका ४० जना नागरिकले श्रम इजाजत लिएको तथ्याङ्क छ।

दक्षिणी छिमेकी मुलुक भारतका पनि ५७ जनाले गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

वित्तीय च्यानलमार्फत्‌ स्वदेशमा पैसा पठाउने भारतीय नागरिकले श्रम इजाजत लिएर काम गर्ने गरेको विभागका प्रवक्ता मणिनाथ गोपले बताए।

श्रम इजाजत लिई नेपालमा काम गर्ने देशको सूचीमा अफ्रिकी मुलुक चाड, नाइजिरियादेखि युरोपेली मुलुक जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स लगायतसम्म छन्।

नेपालीहरू वैदेशिक रोजगारिका लागि धेरै जाने मलेशियाका नागरिकले पनि नेपालमा काम गर्न श्रम इजाजत लिएका छन्।

कुन आर्थिक वर्षमा कति?

पछिल्ला दश आर्थिक वर्षमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७४/०७५ मा विदेशी नागरिकहरूले श्रम इजाजत लिएको विभागले जनाएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा २,५७० जनाले श्रम इजाजत लिएका थिए भने सबैभन्दा कम २०६९/०७० मा ९८४ जनाले लिएको तथ्याङ्क छ।

आर्थिक वर्ष २०७७/०७८ मा २,३९३ जना विदेशीले श्रम इजाजत लिएकोमा गत आर्थिक वर्षमा केही घटेको पाइएको छ।

"खासगरी कोभिड महामारीका कारण अघिल्लो वर्ष इजाजत लिने विदेशीको सङ्ख्या केही घटेको देखिन्छ," विभागका प्रवक्ता मणिनाथ गोपले बीबीसीसँग भने।

कुन काममा धेरै?

नेपालमा जलविद्युत्‌ आयोजनासँग सम्बन्धित काममा सबैभन्दा धेरै विदेशीले श्रम इजाजत लिने गरेको पाइएको विभागका अधिकारीहरू बताउँछन्।

"त्यसमा पनि सबैभन्दा धेरै चिनियाँ नागरिक हुने गरेका छन्," गोपले थपे।

नेपालमा विभिन्न जलविद्युत्‌ आयोजनामा चिनियाँ जनशक्ति भएकाले पनि उनीहरूको सङ्ख्या बढी हुनसक्ने अधिकारीहरू बताउँछन्।

त्यसका साथै काठमाण्डू-तराई द्रुतमार्ग, मेची-महाकाली रेलमार्ग, दूरसञ्चार लगायतका क्षेत्रमा पनि विदेशीहरूले श्रम इजाजत लिएर काम गरिरहेका छन्।

प्रवक्ता गोपका अनुसार विभिन्न परियोजनाले नेपालमा ल्याउने विदेशी जनशक्तिमध्ये ९० प्रतिशतसम्म दक्ष र प्राविधिक हुने गर्छन्।

"नेपालबाट वैदेशिक रोजगारीमा जाने अधिकांश अदक्ष कामदार हुने गरेका छन्, हामीकहाँबाट जाने र उनीहरूकहाँबाट आउनेबीच आकाशजमिनको फरक छ," उनले भने।

विभागका अनुसार नेपालस्थित गैरसरकारी संस्थाहरूका प्रमुखहरू विदेशी नागरिक नै हुने गरेका छन्।

कसरी काम गर्न पाउँछन्?

अधिकारीहरूका अनुसार विदेशी नागरिकहरू दुईवटा प्रक्रियाबाट नेपालमा श्रम इजाजत लिई काम गर्छन्।

एकः कामदार चाहिने संस्थाले पत्रिकामार्फत्‌ विज्ञापन गर्नुपर्छ र सम्बन्धित संस्थालाई चाहिने जनशक्ति नेपालबाट पूरा नहुने भएपछि विदेशी लिन पाइन्छ।

दोस्रोः जागिर दिने संस्थाले नै नेपालका कुनै सरकारी निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्छन् र आफूलाई चाहिने प्रकृतिको विदेशी जनशक्ति ल्याउने गर्छन्।

"अहिले धेरै चिनियाँ त्यही प्रक्रियामार्फत्‌ आएर काम गरिरहेका छन्। नेपाल सरकारसँग भएको सम्झौताबमोजिम हामीले श्रम इजाजत दिएका हौँ," विभागका एक अधिकारीले भने।

गृह मन्त्रालयको कार्य सहमतिअनुसार विभागले विदेशी नागरिकलाई श्रम इजाजत दिने गर्छ।

प्रत्येक पटक एक वर्षका लागि श्रम इजाजत दिने व्यवस्था छ। एक वर्ष पूरा भएपछि फेरि अर्को एक वर्षका लागि इजाजत लिन पाइन्छ।

तर नेपालमा त्यसरी श्रम इजाजत लिई काम गर्ने अधिकांश विदेशी नागरिकले स्वदेशमै तलब पाउने गर्छन्।

"उनीहरूले आफ्नै देशमा तलब बुझ्ने हुन्। आवास अनि खानपिनलगायत आधारभूत आवश्यकताका लागि थोरै मात्र नेपालमा पैसा पाउने गरेका हुन्छन्," प्रवक्ता गोपले भने।

उनका अनुसार नेपालले राजस्व बापत बर्सेनि औसतमा दुई करोड रुपैयाँभन्दा बढी सङ्कलन गर्दै आएको छ।

दक्ष प्राविधिक लगायतका विदेशीले नेपालमा श्रम इजाजत लिई काम गर्ने क्रममा उनीहरूबाट नेपालीले सीप सिक्ने अवसर पाउने गरेको अधिकारीहरू बताउँछन्।

"विदेशी नागरिकसँग काम गर्ने नेपालीहरूमा सीप सिकाइको काम हुने गरेको छ," प्रवक्ता गोपले भने।

"उदाहरणका लागि नेपालमा होङ्गसी शिवम सिमेन्ट उद्योग स्थापना हुँदा सयजना चिनियाँ नागरिकले त्यहाँका लागि श्रम इजाजत लिएका थिए। तर अहिले दशजना जति मात्रै छन्," उनले थपे।

आप्रवासन विज्ञ के भन्छन्?

सीप सिक्ने अवसर नेपालीले पाउने गरेको कुरा आप्रवासनसम्बन्धी विज्ञ पनि स्वीकार्छन्।

"आफूले सिकेको कुरा नेपालमा प्रयोग गर्न पाइन्छ वा पाइँदैन भन्ने कुरा पनि हुन्छ अनि सीप भनेको अद्यावधिक भइरहने कुरा हो," आप्रवासनसम्बन्धी विज्ञ जीवन बानियाँले भने।

उनका अनुसार नेपालीहरू राख्दा बन्द, हडताल गर्न सक्ने आशङ्कामा र यहाँको श्रम कानुनअनुसार सेवासुविधा दिनुपर्ने भएर पनि नेपाल आउने कतिपय विदेशी कम्पनीले सम्बन्धित देशबाटै केही कामदार लिएर आउने गर्छन्।

"तर विदेशी कामदारको सुरक्षा, उनीहरूले पाउने सेवासुविधाबारे पहुँच नदिइँदा स्थानीय श्रम कानुनको पालना गरिए वा नगरिएको थाहा हुँदैन। यो एउटा ठूलै चुनौती हो," बानियाँले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending