काठमाडौँ । फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन यहाँ रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को आयोजना गरिएको छ ।
अपाङ्गता सुनिश्चित रोजगार अभियानअन्र्तगत ‘अपाङ्गता समावेशी रोजगारका लागि सँगसँगै’ भन्ने नाराका साथ सो सम्मेलन आयोजना गरिएको होे । द लेप्रोसी मिशन नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा सञ्चालित रोजगारबिहिन अपाङ्गता भएका व्यक्तिका लागि ऊर्जाशील अवसर (फाउण्ड) परियोजनाको आयोजनामा भएको सो सम्मेलनमा रोजगारदाता र रोजगारको खोजीमा रहेका फरक क्षमता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सम्मेलनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले फरक क्षमता भएका व्यक्तिलाई समान रोजगारीको अवसर दिनु सबैको नैतिक जिम्मेवारी भएकाले सम्पूर्ण रोजगारदातालाई त्यस्ता व्यक्तिलाई रोजगारीको अवसरमा प्राथमिकता दिन आग्रह गरे । उनले महासङ्घको आगामी चैतमा हुने साधारणसभा अगावै कम्तिमा सय जना फरक क्षमता भएका व्यक्तिलाई रोजगारी प्रदान गरिने बताए ।
द लेप्रोसी मिशन नेपालका राष्ट्रिय निर्देशक शोभाखर कणेंलले १६६ वर्षअघि स्थापना भएको दि लेप्रोसी मिसन नेपालसहित विश्वका ३२ देशमा कुष्टरोगबाट अपाङ्गता भएका व्यक्तिको पुर्नस्थापना र जीवनस्तर सुधार ल्याउने काममा क्रियाशील रहेको जानकारी दिए । उनले फरक क्षमता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्न पहिलोपटक आयोजना गरिएको यस किसिमको सम्मेलन महत्वपूर्ण अवसर हुने बताए ।
सम्मेलनमा सहभागी रोजगारदाता कम्पनीका प्रतिनिधिले निजी क्षेत्र उद्योग व्यवसायबाट नाफा आर्जन गर्दैनन्, सामाजिक उत्तरदायित्वबाट पनि उत्तिकै प्रेरित छन् भन्ने पुष्टि गर्न रोजगारी सिर्जना गर्दा फरक क्षमताका व्यक्तिलाई पनि अवसर दिने प्रतिवद्धता जनाएका थिए । अपाङ्गता भएका व्यक्तिहरुसँग असाधारण सीप र क्षमता रहने हुँदा कम्पनीलाई फाइदा हुने र व्यवसायलाई समावेशी बनाउन सकिने हुँदा आगामी दिनमा कामदारका रुपमा नियुक्त गर्दा उनीहरुलाई प्राथमिकता दिइने कम्पनीका प्रतिनिधिको सामूहिक भनाइ थियो ।
सम्मेलनमा कार्यस्थलमा अपाङ्गता समावेशी तथा यस क्षेत्रमा हासिल गरिएका सफलता, चुनौती र अनुकरणीय उपायका अनुभव आदानप्रदान गरिनाका साथै अपाङ्गता समावेशी कार्यस्थल हुने गरी कम्पनीहरुको मानव संशाधन विभागको भूमिका र फाउण्ड परियोजनाका बारेमा प्रस्तुतीकरण गरिएको थियो । फाउण्ड परियोजनाले मोरङ, काठमाडौँ, ललितपुर, रुपन्देही र कपिलवस्तुमा ११ परियोजनामार्फत रोजगारमूलक सीप र आत्मविश्वास जागृत गरी समावेशी रोजगारीको अभियानमा काम गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: