Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

एमाले-माओवादी गठबन्धन, पद त्याग हुनसक्छ विकल्प !

कांग्रेससँग चुनावी तालमेल गरेर आलोपालो प्रधानमन्त्री बन्ने प्रचण्डको रणनीति

खबरडबली संवाददाता

काठमाडौं । वाम एकताका लागि 'पहल गर्ने' सहमतिपछि सत्तापक्षीय वामपन्थी दलका शीर्ष नेताहरू यो साता बैठक र भेटघाटमा व्यस्त रहे। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले त्यो परिदृश्यमा कतै देखा परेन।

एमालेमा विभाजन देखिएपछि लामो समय 'दलविहीन' बसेका वामदेव गौतमले नयाँ दल दर्ताको निर्णय गरेपछि तथा जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई पार्टीबाट 'पदमुक्त' भएपछि वाम एकताको प्रयास अघि बढेको देखिन्छ।

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार वाम-लोकतान्त्रिकभन्दा वाम गठबन्धन देशका लागि आवश्यक रहेकाले त्यसको निम्ति नेताहरू अग्रसर भएका हुन्।

'सक्कली वामपन्थीबीच मात्रै एकता' हुनुपर्ने उनको भनाइ एमालेबाहेकको 'वाम सहकार्य' लक्षित छ।

नेकपा बनाउँदा पनि आफू एमालेसँग एकीकरणको पक्षमा नरहेको यादवले बताए।

एमाले र माओवादीबीच कस्तो छलफल?

माओवादी केन्द्रकै अर्का नेता हरिबोल गजुरेलका भनाइमा एमालेसँग सहकार्यको निम्ति आफ्नो पार्टीकै कतिपय नेताले पहल गरिरहेका छन्।

माधव नेपाल, प्रचण्ड र केपी ओली

नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले औपचारिक वार्ता टोली गठन नगरिएको तर 'साइड-लाइनमा कुराकानी' भइरहेको बताए।

दुवै दलका नेताहरूले पार्टी एकताको सम्भावना भने देखेका छैनन्।

गजुरेलले त चुनावी गठबन्धन पनि एमालेको नेतृत्वमा केपी शर्मा ओली रहँदासम्म सम्भव देखेका छैनन्।

उनले भने, 'एमालेसँगको सहकार्य गर्नेमा त कसको विमति छ र? तर कुन एमाले भन्ने प्रश्न छ नि। अस्ति एकता गरेर झन्डै खाएको होइन? प्रचण्डलाई त एक प्रकारले 'सिद्ध्याए सिद्ध्याए' भन्ने ठाउँमा पुर्‍याएको होइन?'

के पदत्याग विकल्प बन्न सक्छ?

तर नेतृत्व छाड्न ओली तयार भएमा एकताको बाटो खुल्ने माओवादी नेताहरूको बुझाइ पाइन्छ।

नेता यादव भन्छन्, 'त्यसपछि नेतृत्वबारे छलफल र विमर्श गरेर अघि बढ्न सकिन्छ।'

कतिपयले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अघि सारे जस्तै परीक्षण भइसकेका नेताहरू कार्यकारी पदमा नबस्ने सर्त वाम एकताको विकल्प हुन सक्ने औँल्याएका छन्।

एमाले प्रवक्ता गुरुङलाई 'केपी ओलीले अध्यक्ष वा प्रचण्ड र बाबुराम भट्टराईले प्रधानमन्त्री हुने बाटो छाड्नु एकताको ठाउँ हो' भन्ने लाग्दैन।

नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण गर्ने सहमतिमा हस्ताक्षर भएपछि नेताहरू

उनी भन्छन्, 'राष्ट्रिय स्वाधीनताको मुद्दा, अग्रगमन, विकास, सुशासन, समृद्धि र समाजवादतर्फको यात्रा पो एकताको बिन्दु हुनुपर्‍यो, प्राविधिक कुरामा अल्झिएर अहिलेको नेतृत्वलाई अस्वीकार गरेर एकता वा गठबन्धनको कुनै सम्भावना देख्दिनँ।'

एकता वा गठबन्धन हुनेको भने आफू उक्त विकल्पको निम्ति तयार रहेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन्।

कसले गर्न सक्छ नेतृत्व?

माओवादी अध्यक्ष पु्ष्पकमल दाहाल 'प्रचण्ड' नेपाली कांग्रेससँग चुनावी तालमेल गरेर शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने पक्षमा रहेको विश्लेषण गरिन थालेको छ। त्यसैले उनी 'अन्तिम पटक प्रधानमन्त्री बन्ने अवसर छाड्न तयार नहुने' कतिपयको बुझाइ पाइन्छ।

नेता गजुरेलले पार्टी हाँक्न सक्ने क्षमता र प्रतिभा भएका नेता नदेखिएको बताउँदै विकल्पमा जाने सम्भावना नरहेको बताए।

उनले भने, 'पार्टीको नियमित र औपचारिक नेतृत्व आइरहन्छ, गइरहन्छ। तर परिवर्तनको नेतृत्व भनेको फरक कुरा हो। अहिलेको सङ्कट त्यो पनि हो।'

संसद् विघटनलाई पश्चगामी कदमको सङ्ज्ञा दिएका दलहरूले ओलीलाई स्वीकार गर्न नसकिने बताउने गरेकाले सहकार्य त्यति सहज नभएको देखिन्छ।

तर एमाले प्रवक्ता गुरुङ प्रश्न गर्छन्, 'त्यस हिसाबले सोच्ने हो भने कुनै पनि नेतृत्व गतिलो छैन, होइन भने केपी र एमालेको विकल्पमा वाम एकताको अर्थ हुन्छ?'

ओली र प्रचण्ड

सहकार्यको साँचो कसको हातमा?

तात्कालिक नेकपाका सचिवालय सदस्यहरूको बैठक, वामपन्थी एकता र समाजवादी केन्द्र बनाउने चर्चालाई ओली प्रधानमन्त्री रहँदा उनका प्रेस सल्लाहकार रहेका एमाले नेता सूर्य थापाले कांग्रेसलाई लचिलो बन्न दबाव दिएर चुनावमा बढीभन्दा बढी सीट प्राप्त गर्ने रणनीति ठानेका छन्।

नेकपामा विवाद चर्किएका बेला केपी ओलीले शीघ्र महाधिवेशन गरेर आफू नेतृत्वबाट बिदा हुने र चुनावपछि प्रधानमन्त्री नबन्ने बताएका विवरण आएका थिए।

फेरि वाम एकताको निम्ति उनी त्यसो गर्न तयार हुने सम्भावना छैन त?

नेता थापा भन्छन्, 'उस बेला एकता बिथोलेको १९ पृष्ठ लामो आरोपपत्रले हो। प्रचण्डले त्यो फिर्ता लिएको घोषणा गरेमा संवादको वातावरण बन्छ।'

तर अन्यथा वामपन्थी एकता, सहकार्य र पार्टी एकीकरणको कुरा 'पाखण्ड' मात्र हुने उनको टिप्पणी छ।

थापाले भने, 'त्यस्ता आरोपहरू यथावत् राखेर हामी प्रचण्डलाई बोकेर हिँड्न सक्दैनौँ।' बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending