Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

एमाले-माओवादी गठबन्धन, पद त्याग हुनसक्छ विकल्प !

कांग्रेससँग चुनावी तालमेल गरेर आलोपालो प्रधानमन्त्री बन्ने प्रचण्डको रणनीति

खबरडबली संवाददाता

काठमाडौं । वाम एकताका लागि 'पहल गर्ने' सहमतिपछि सत्तापक्षीय वामपन्थी दलका शीर्ष नेताहरू यो साता बैठक र भेटघाटमा व्यस्त रहे। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले त्यो परिदृश्यमा कतै देखा परेन।

एमालेमा विभाजन देखिएपछि लामो समय 'दलविहीन' बसेका वामदेव गौतमले नयाँ दल दर्ताको निर्णय गरेपछि तथा जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई पार्टीबाट 'पदमुक्त' भएपछि वाम एकताको प्रयास अघि बढेको देखिन्छ।

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार वाम-लोकतान्त्रिकभन्दा वाम गठबन्धन देशका लागि आवश्यक रहेकाले त्यसको निम्ति नेताहरू अग्रसर भएका हुन्।

'सक्कली वामपन्थीबीच मात्रै एकता' हुनुपर्ने उनको भनाइ एमालेबाहेकको 'वाम सहकार्य' लक्षित छ।

नेकपा बनाउँदा पनि आफू एमालेसँग एकीकरणको पक्षमा नरहेको यादवले बताए।

एमाले र माओवादीबीच कस्तो छलफल?

माओवादी केन्द्रकै अर्का नेता हरिबोल गजुरेलका भनाइमा एमालेसँग सहकार्यको निम्ति आफ्नो पार्टीकै कतिपय नेताले पहल गरिरहेका छन्।

माधव नेपाल, प्रचण्ड र केपी ओली

नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले औपचारिक वार्ता टोली गठन नगरिएको तर 'साइड-लाइनमा कुराकानी' भइरहेको बताए।

दुवै दलका नेताहरूले पार्टी एकताको सम्भावना भने देखेका छैनन्।

गजुरेलले त चुनावी गठबन्धन पनि एमालेको नेतृत्वमा केपी शर्मा ओली रहँदासम्म सम्भव देखेका छैनन्।

उनले भने, 'एमालेसँगको सहकार्य गर्नेमा त कसको विमति छ र? तर कुन एमाले भन्ने प्रश्न छ नि। अस्ति एकता गरेर झन्डै खाएको होइन? प्रचण्डलाई त एक प्रकारले 'सिद्ध्याए सिद्ध्याए' भन्ने ठाउँमा पुर्‍याएको होइन?'

के पदत्याग विकल्प बन्न सक्छ?

तर नेतृत्व छाड्न ओली तयार भएमा एकताको बाटो खुल्ने माओवादी नेताहरूको बुझाइ पाइन्छ।

नेता यादव भन्छन्, 'त्यसपछि नेतृत्वबारे छलफल र विमर्श गरेर अघि बढ्न सकिन्छ।'

कतिपयले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अघि सारे जस्तै परीक्षण भइसकेका नेताहरू कार्यकारी पदमा नबस्ने सर्त वाम एकताको विकल्प हुन सक्ने औँल्याएका छन्।

एमाले प्रवक्ता गुरुङलाई 'केपी ओलीले अध्यक्ष वा प्रचण्ड र बाबुराम भट्टराईले प्रधानमन्त्री हुने बाटो छाड्नु एकताको ठाउँ हो' भन्ने लाग्दैन।

नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण गर्ने सहमतिमा हस्ताक्षर भएपछि नेताहरू

उनी भन्छन्, 'राष्ट्रिय स्वाधीनताको मुद्दा, अग्रगमन, विकास, सुशासन, समृद्धि र समाजवादतर्फको यात्रा पो एकताको बिन्दु हुनुपर्‍यो, प्राविधिक कुरामा अल्झिएर अहिलेको नेतृत्वलाई अस्वीकार गरेर एकता वा गठबन्धनको कुनै सम्भावना देख्दिनँ।'

एकता वा गठबन्धन हुनेको भने आफू उक्त विकल्पको निम्ति तयार रहेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन्।

कसले गर्न सक्छ नेतृत्व?

माओवादी अध्यक्ष पु्ष्पकमल दाहाल 'प्रचण्ड' नेपाली कांग्रेससँग चुनावी तालमेल गरेर शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने पक्षमा रहेको विश्लेषण गरिन थालेको छ। त्यसैले उनी 'अन्तिम पटक प्रधानमन्त्री बन्ने अवसर छाड्न तयार नहुने' कतिपयको बुझाइ पाइन्छ।

नेता गजुरेलले पार्टी हाँक्न सक्ने क्षमता र प्रतिभा भएका नेता नदेखिएको बताउँदै विकल्पमा जाने सम्भावना नरहेको बताए।

उनले भने, 'पार्टीको नियमित र औपचारिक नेतृत्व आइरहन्छ, गइरहन्छ। तर परिवर्तनको नेतृत्व भनेको फरक कुरा हो। अहिलेको सङ्कट त्यो पनि हो।'

संसद् विघटनलाई पश्चगामी कदमको सङ्ज्ञा दिएका दलहरूले ओलीलाई स्वीकार गर्न नसकिने बताउने गरेकाले सहकार्य त्यति सहज नभएको देखिन्छ।

तर एमाले प्रवक्ता गुरुङ प्रश्न गर्छन्, 'त्यस हिसाबले सोच्ने हो भने कुनै पनि नेतृत्व गतिलो छैन, होइन भने केपी र एमालेको विकल्पमा वाम एकताको अर्थ हुन्छ?'

ओली र प्रचण्ड

सहकार्यको साँचो कसको हातमा?

तात्कालिक नेकपाका सचिवालय सदस्यहरूको बैठक, वामपन्थी एकता र समाजवादी केन्द्र बनाउने चर्चालाई ओली प्रधानमन्त्री रहँदा उनका प्रेस सल्लाहकार रहेका एमाले नेता सूर्य थापाले कांग्रेसलाई लचिलो बन्न दबाव दिएर चुनावमा बढीभन्दा बढी सीट प्राप्त गर्ने रणनीति ठानेका छन्।

नेकपामा विवाद चर्किएका बेला केपी ओलीले शीघ्र महाधिवेशन गरेर आफू नेतृत्वबाट बिदा हुने र चुनावपछि प्रधानमन्त्री नबन्ने बताएका विवरण आएका थिए।

फेरि वाम एकताको निम्ति उनी त्यसो गर्न तयार हुने सम्भावना छैन त?

नेता थापा भन्छन्, 'उस बेला एकता बिथोलेको १९ पृष्ठ लामो आरोपपत्रले हो। प्रचण्डले त्यो फिर्ता लिएको घोषणा गरेमा संवादको वातावरण बन्छ।'

तर अन्यथा वामपन्थी एकता, सहकार्य र पार्टी एकीकरणको कुरा 'पाखण्ड' मात्र हुने उनको टिप्पणी छ।

थापाले भने, 'त्यस्ता आरोपहरू यथावत् राखेर हामी प्रचण्डलाई बोकेर हिँड्न सक्दैनौँ।' बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending