Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

युरोपमा गर्मीको कहर : कयौँ क्षेत्रमा आगलागी नियन्त्रणबाहिर, सयौँको मृत्यु

विज्ञहरूको चेतावनी : जलवायु परिवर्तनले संकटलाई थप बढाउन सक्छ

खबरडबली संवाददाता

काठमाडौं । पश्चिमी युरोपले पछिल्ला दिनहरूमा अत्यधिक गर्मीको सामना गर्नु परिरहेको छ । तातो हावा उत्तरतर्फ बढ्दै गर्दा मंगलबार तापक्रमले उच्च विन्दू छोएको हो ।

फ्रान्स र बेलायतमा सोमबार उच्च तापक्रमको चेतावनी नै जारी गरिएको थियो भने स्पेनमा सोमबार तापक्रम ४३ डिग्रीसम्म पुगेको थियो । 

फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसको जङ्गलमा आगलागीका कारण हजारौँ मानिसहरू आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ जान बाध्य बनेका छन् । विज्ञहरूले बेलायतले चाँडै नै आफ्नो सबैभन्दा गर्मी दिन सामना गर्नुपर्ने बताएका छन् भने फ्रान्सका केही क्षेत्रमा पनि तापक्रम उच्च पुग्ने चेतावनी दिएका छन् । 

फ्रान्सको मौसम विभागका अधिकारीहरूको अनुसार देशको कयौँ सहरमा अहिलेसम्मकै गर्मी दिन महसुस भइसकेको छ । पश्चिमी सहर नटमा तापक्रम ४२ डिग्रीसम्म रेकर्ड गरिएको थियो ।

युरोपका कयौँ देशमा जङ्गलमा भइरहेको आगलागीका कारण ३० हजारभन्दा बढी मानिसहरूले आफ्नो घर छाड्न बाध्य भएका छन् । एउटा चिडियाखानामा पनि आगलागीको जोखिम बढेपछि त्यहाँ रहेका एक हजारभन्दा बढी जनावरलाई सुरक्षित स्थानमा छाडिएको छ ।

फ्रान्सको दक्षिण–पश्चिममा रहेको एक लोकप्रिय पर्यटकीय क्षेत्र जेरोंदमा यसको सबैभन्दा धेरै असर पुगेको छ । त्यहाँ आगलागीका कारण १७ हजार हेक्टर जमिन बरबाद भइसकेको छ । अझै पनि आगलागीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

स्पेनको उत्तर पश्चिमी जमोरा क्षेत्रमा आगलागीका कारण दुई जनाले ज्यान गुमाएका छन् भने रेलको लिक नजिकै आगलागी भएका कारण त्यहाँ आवतजावतमा प्रतिबन्ध लगाइएको छ । उता पोर्चुगलमा पनि आगलागीबाट भाग्न खोजिरहेका एक वृद्ध दम्पतीको पनि मृत्यु भएको छ ।

नियन्त्रणबाहिर आगलागी

जेरोंद प्रान्तका अध्यक्ष खुआन–लुक ग्लेयेजले आगलागीलाई ‘राक्षस’ को संज्ञा दिएका छन् । उनले भने, ‘यो अक्टोपसजस्तै देखिने राक्षस हरेक तर्फबाट अघि बढिरहेको छ । तापक्रम, हावा र हावामा पानीको कमीको कारण यो अघि नै बढिरहेको छ । यो आगलागीसँग लड्न निकै कठिन भइरहेको छ ।’

बीबीसी संवाददाता लुसी विलियमसनले सोमबार त्यहाँ तापक्रम ४० डिग्री रहेको थियो । उनले अब तापक्रम केही कम हुने अपेक्षा गरिएकी बताइन् । तर, मौसममा सुख्खापन र हावाले आफ्नो दिशा बदलिरहेका कारण यसबाट तुरुन्त राहत मिल्ने सम्भावना कम देखिएको उनको भनाई छ ।

बेलायतले पनि सोमबार अहिलेसम्मकै गर्मी दिनमध्ये एक थियो । त्यहाँ अहिले तापक्रम ४० डिग्री पुगिसकेको छ । मौसम विभागले त्यहाँ तापक्रम अझै बढ्न सक्ने र मध्य, उत्तरी र दक्षिण–पूर्वी बेलयातमा लू चल्न सक्ने चेतावनी नै दिएको छ ।

गर्मीबाट राहत लिनका लागि नदी र तालको सहारा लिन पुगेका कम्तीमा ४ जनाको डुबेर मृत्यु भएको छ । गर्मीका कारण रेल सेवा रद्द भएका छन् भने लन्डनको लटन विमानस्थलमा उडान निलम्बन गरिएको छ ।

सोमबार नेदरल्याण्डमा यस वर्षको सबैभन्दा गर्मी दिन महसुस भएको छ । दक्षिण पश्चिमी सहर वेस्टडोर्पमा तापक्रम ३३.६ डिग्री मापन गरिएको थियो । दक्षिणी र मध्य क्षेत्रमा यो तापक्रम ३९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

मौसम विभागले तातो हावा उत्तरतर्फ बढिरहेको कारण बेल्जियम र जर्मनीमा पनि आगामी दिनमा तापक्रम ४० डिग्रीसम्म पुग्ने बताएको छ ।

स्पेन र पोर्चुगलमा मृत्यु

स्पेन र पोर्चुगलमा गर्मीका कारण कम्तीमा १ हजार जनाले ज्यान गुमाइसकेका छन् । पोर्चुगलमा आइतबार तापक्रम ४७ डिग्रीसम्म पुगेको थियो । यो जुलाई महिनाका लागि नयाँ रेकर्ड हो । मौसम विभागले देशका विभिन्न भागमा आगलागीको खतरा बढेको बताएको छ । 

स्थानीय मिडियाका अनुसार उत्तरी मुहसा नगर निगममा ३ सयजनालाई आगलागीको खतराको कारण घरबाट सुरक्षित स्थानमा सारिएको छ । सन् २०१७ मा त्यहाँ आगलागी हुँदा ६६ जनाको मृत्यु भएको थियो ।

स्पेनमा कम्तीमा २० स्थानमा आगलागी नियन्त्रणबाहिर रहेको छ । पोर्चुगलको उत्तरी सीमामा लागेको आगो कारण राखिएको थियो । रेलमा रहेका एक युवकले रेकर्ड गरेको भिडियोमा आगलागीको भयावहता स्पष्ट देख्न सकिन्छ । जहाँ रेलको दुवैतर्फ आगलागी भइरहेको देख्न सकिन्छ ।

जानकारहरूका अनुसार जलवायु परिवर्तनका कारण तातो हावा पहिलेभन्दा धेरै चलिरहेको छ । यो पहिलेभन्दा लामोसम्म रहने हुँदा गर्मी पनि बढिरहेको छ । औद्योगीकरणको सुरुवात यता विश्वको औसत तापक्रम १.१ डिग्रीले बढेको छ । विश्वभरका सरकारले हरित गृह ग्यासको उत्सर्जन बन्द नगरे तापक्रम अझै बढ्न सक्ने उनीहरूको चेतावनी रहेको छ । 

विश्व मौसम संगठनले बढ्दो तापक्रम बिरामी र बृद्धबृद्धाका लागि जोखिमपूर्ण भएको बताएको छ । संगठनले जलवायु परिवर्तनका कारण भविष्यमा अधिक गर्मीको मामिला अझै बढ्नेछ । यस्तो मौसमले युरोपमा हुने खेतीपातीमा असर पुग्ने उनीहरूको चेतावनी छ । 

रुस–युक्रेन सङ्कटले वैश्विक खाद्य आपूर्ति प्रभावित भएको छ भने अफ्रिकाका केही हिस्सामा खडेरीका कारण खाद्य सङ्कट पैदा भएको छ । जलवायु परिवर्तनले यो सङ्कटलाई थप बढाउन सक्ने विज्ञहरूको भनाई छ ।

बीबीसी हिन्दी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending