काठमाडौं । वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको सो छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकताका बारेमा पनि छलफल भएको थियो ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, “बैठकमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयका बहुमत सदस्य उपस्थित थियौँ, आजको बैठकमा मुख्यतः निर्वाचनका सम्बन्धमा नेपाली कांग्रेस र नेकपा एमालेले गरेको निर्णयका बारेमा छलफल भयो ।”
वर्तमान गठबन्धनलाई निरन्तरता दिने बारेमा कसैको पनि विमति नरहेको स्पष्ट पारे।
“तर गठबन्धनलाई अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी भयो”, उनले भने, “स्थानीय तह निर्वाचनका क्रममा गठबन्धन गरिएको र आगामी निर्वाचनमा त्यसलाई अझ प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो ।”
तत्कालीन नेकपा रहँदा आफूहरु एकै ठाउँमा भएको जनाउँदै उनले बैठकमा विचार मिल्नेहरुबीच एकता गरेर जाने विषयमा चर्चा भएको बताए।
“हिजो नेकपामा हुँदा हामी एउटै पार्टीका थियौँ, विचार मिल्नेहरुका बीचमा एकताको सम्भावना बारेमा पनि कुराकानी भयो”, अध्यक्ष दाहालले भने, “तर यो गठबन्धनको विरुद्ध जाने भनेको होइन ।”
बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए। तत्कालीन नेकपामा उनीहरु सचिवालय सदस्यका रूपमा रहेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...
पौष ६ गते, २०८२ - ०८:४८
काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
पौष ६ गते, २०८२ - ०८:४३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...
पौष ६ गते, २०८२ - ०७:५७
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...




प्रतिकृया लेख्नुहोस्: