Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाऔँ: मन्त्री चौधरी

खबरडबली संवाददाता
काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन निर्देशन दिएका छन् ।
 
हाल तीन प्रतिशतमात्र फोहर पानी प्रशोधन भएको तथ्याङ्क सरकारसँग छ । आठ वर्षमा ४८ प्रतिशत फोहर पानी प्रशोधन गराउनु सरकारका लागि चुनौती छ । 
 
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुरको धोबीघाटमा निर्माण गरिरहेको फोहर पानी प्रशोधन केन्द्रको आज अवलोकन गर्दै उनले खानेपानीको माग धेरै आउने गरे पनि फोहर पानी प्रशोधनको माग कम हुने गरेको बताए । 
 
फोहर पानी प्रशोधन गर्ने काममा अब सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने भनाइ सो अवसरमा मन्त्री चौधरीले राखे  । “जनसङ्ख्या र सहरीकरण दुवै बढेको छ, अब ७५३ वटै स्थानीय तहमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्नु आवश्यक छ, अहिले बनिरहेका धोबीघाटलगायत स्थानका प्रशोधन केन्द्र पनि समयमै निर्माण हुनुपर्छ”, उनले भने । 
 
धोबीघाटमा हाल दुई वटा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । यही जुलाई अन्तिममा एउटा केन्द्रको म्याद सकिँदैछ । यही महिनामा म्याद सकिने आयोजनाको हालसम्म २६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ ।
 
अर्को आयोजनाको म्याद डिसेम्बर अन्तिममा सकिने जनाइएको छ । यो आयोजनामा करिब ८० प्रतिशत भौतिक प्रगति छ । सन्तोषजनक अवस्थामा रहेको यो आयोजना तोकिएकै समयमा सकिने भएको छ । 
 
दोस्रो आयोजना समयमै सकिए पनि केन्द्र सञ्चालनमा भने आउन नसक्ने भएको छ । पहिलो आयोजनासँगै दुवै आयोजना सञ्चालनको पूर्वाधारको संरचना पनि बन्न बाँकी रहेकाले चलाउन नसकिने जनाइएको छ । दुवैको काम समयमै सकेर प्रशोधन केन्द्र समयमै सक्न पनि मन्त्री चौधरीले निर्देशन दिए । आयोजनाको काम अघि बढाउँदा स्थानीयवासीसँग भएको प्रतिबद्धता पूरा गर्न पनि मन्त्री उनले निर्देशन दिएका थिए  । 
 
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले काठमाडौँ उपत्यकाका १८ नगरपालिकामा ३४ प्रतिशतमात्र ढल प्रणाली देखिएको बताए । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेश कुशवाहाले धोबीघाटमा सात करोड ४० लाख लिटर पानी प्रशोधन गर्ने गरी केन्द्र निर्माण गर्न लागिएको बताए ।
 
यसबाट आठ लाख आठ हजार जनसङ्ख्या लाभान्वित हुने उनले सुनाए  । फोहर पानी प्रशोधनबाट ग्यास निकाली त्यसबाट ३०५ किलोवाट प्रतिघण्टा क्षमताका दुई वटा जलविद्युत् आयोजना पनि सञ्चालनमा आउनेछ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: