Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

पाटन दरबार परिसरमा रहेको मन्दिरको काठ र इँटा फेरिने

खबरडबली संवाददाता
ललितपुर । पाटन दरबार परिसरमा रहेको देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने भएको छ । गोर्खा भूकम्पले सो मन्दिर क्षतिग्रस्त बनाएको हुँदा हाल जीर्णेद्धारका साथै मर्मतसुधार गर्दा अधिकांश पुराना काठ र करिब ४० प्रतिशत इँटा फेरिन लागिएको हो । गत फागुन १२ मा क्षमापूजा गरी चैत १ देखि मन्दिर जीर्णेद्धारको काम सुरु गरिरहेको देगुतलेजु मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष किरणमान प्रधानले बताए । 
 
उनले भने, “छ तले मन्दिरमा तल भुइँ तलाबाट काठ फेर्दै आउँदा दुई तलासम्मको काठ फर्ने काम सम्पन्न भयो । बाँकी अब माथि चार तलाको काम सुरु गर्नेछाँै ।” सो मन्दिर निर्माणमा भक्तपुरका  कामदार खटिरहाको प्रधानले जानकारी गराए  । सो मन्दिर निर्माणमा सरकारबाट प्राप्त रु आठ करोड र ललिपतुर महानगरपालिकाबाट प्रदान रु दुई करोड गरी कूल रु १० करोड खर्च हुने अनुमान छ । उनले भने, “मन्दिरका लागि ४० प्रतिशत नयाँ इँटा किन्नुपर्छ । मन्दिरलाई पुरानो शैलीमा निर्माण गराउन आवश्यक सामग्री प्रयोग गरिनेछ ।” मन्दिर जीर्णेद्धारको काम थालिएसँगै देगुतलेजु भवानीअर्थात् भगवतीलाई अन्यत्रै सारी पूजापाठ भईरहेको छ ।
 
राजा शिवसिंह मल्लका शासनकालमा गुरुपदवी धारणा गरेका लम्बकर्ण भट्टले कान्तिपुर र ललितपुर दुवै सहरमा देगुतलेजु मन्दिर स्थापना गरेको जनाइएको छ । त्यसैगरी १७४९ सालमा राजा योगनरेन्द्र मल्लले प्रस्तर स्तम्भ माथि आफ्ना दुई रानीसहित आफ्ना प्रतिमा राखेका र विसं १९९० को भूकम्पमा पूर्णरुपमा भत्किएको सो मन्दिर श्री ३ जुद्ध शमशेरले जगैदेखि नयाँ बनाएको जनाइएको छ । 
 
छत्र शैलीमा निर्माण भएको सो मन्दिर जीर्णेद्धार गर्ने क्रममा हाल मन्दिरबाट झिकिएका टुँडाल, गजूर, तोरण, आदि महत्वपूर्ण वस्तु सुरक्षित स्थानमा राखिएको समितिका कोषाध्यक्ष हरिनरसिंह अमात्यले बताउनुभयो । सो मन्दिर जीर्णेद्धारको प्राविधिक सहयोग काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) को जिम्मामा अघि बढेको साइट इञ्जिनियर प्रणाम होराले बताए ।  । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: