काठमाडौं । अफ्रिकी मुलुक घानामा पहिलो पटक मार्बर्ग भाइरस देखापरेको पुष्टि भएको छ।
त्यहाँ दुई जनामा उक्त भाइरस देखापरेको अधिकारीहरूले बताएका छन्।
मार्बर्ग इबोला परिवार समूहको उच्च सङ्क्रामक भाइरस हो।
दुवै सङ्क्रमितको हालै दक्षिणी अशान्ट क्षेत्रस्थित एउटा अस्पतालमा मृत्यु भएको बताइएको छ।
यसै महिनाको सुरुमा दुवै जनाबाट सङ्कलित नमुनामा सङ्क्रमण देखिएको थियो।
अहिले सेनेगलस्थित प्रयोगशालाले पनि त्यसलाई पुष्टि गरेको हो।
उक्त पश्चिम अफ्रिकी देशका स्वास्थ्य अधिकारीहरूले ती दुई जनासँग सम्पर्कमा रहेको ठानिएका ९८ जना अहिले क्वारन्टीनमा रहेको बताएका छन्।
मार्बर्ग भाइरसका लागि हालसम्म कुनै पनि उपचार उपलब्ध छैन।
तर चिकित्सकहरू प्रशस्त पानी पिउने र उक्त सङ्क्रमणबाट देखिएका लक्षणहरूको उपचार गर्दा बिरामीहरू बाँच्ने सम्भावना बढ्ने बताउँछन्।
उक्त भाइरस एक खाले चमेरोबाट मानिसमा र मानिसहरूबीच शरीरबाट उत्पन्न हुने विभिन्नखाले तरल पदार्थको माध्यमबाट सर्ने गर्छ।
यो गम्भीर र घातक खालको रोग हो। यस्तो सङ्क्रमण भएपछि बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, मांशपेसी दुख्ने, रगत मिसिएको बान्ता हुने र रक्तश्राव हुनेजस्ता लक्षण देखिन्छन्।
अधिकारीहरूले गुफाहरूबाट टाढा बस्न र मासुजन्य खानेकुराहरू उपभोग गर्नुअघि राम्ररी पकाएर मात्र खान भनेका छन्।
अफ्रिकामा यसअघि उक्त भाइरसको सङ्क्रमण अङ्गोला, डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो, केन्या, दक्षिण अफ्रिका र युगान्डामा कतै प्रकोपका रूपमा र कतै छिटपुट रूपमा देखापरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
मार्बर्ग भाइरसको प्रकोप सन् १९६७ मा पहिलो पटक देखापरेको थियो। त्यसबेला त्यहाँ सात जनाको मृत्यु भएको थियो।
सन् २००५ मा अङ्गोलामा उक्त भाइरस सङ्क्रमणका कारण २०० भन्दा बढीको ज्यान गएको थियो।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार त्यो हालसम्मकै सबैभन्दा धेरै जनाको ज्यान गएको घटना थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: