मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रूस–यूक्रेन युद्धलाई लिएर पश्चिमी मुलुकहरूले लगाएको प्रतिबन्धको प्रारम्भका कारण देशले सामना गरिरहेको उच्च प्रविधिको ‘जटील’ समस्यामाथि विजय हासिल गर्ने बताएका छन् ।
रूसी प्रशासन केन्द्र, क्रेमलिन प्रमुखले देशको विकासलाई निषेध गर्न पश्चिमले उच्च प्रविधिका उत्पादनबाट रूसलाई कटौती गर्न प्रतिबन्ध लगाएको बताए । उनले एउटा सभामा सम्बोधन गर्दै भने,, “यो हाम्रो देशको लागि ठूलो चुनौती हो ।
“हामीले सामना गरिरहेका समस्याहरूको समग्र परिमाणलाई बुझेर हामीले सक्रियरूपमा नयाँ समाधान खोज्नेछौं ।”
उनले भने, “रूसले घरेलु कम्पनीहरूको नयाँ आविस्कारका प्रविधि र उत्पादनहरूलाई प्रतिबन्धको सामना गर्ने उपकरणका रूपमा पनि प्रयोग गर्नेछ ।”
प्रतिबन्धको कारण अनलाइन रिटेलर ओजोन वा टेक्नोलोजी कम्पनी यान्डेक्सजस्ता धेरै द्रूत गतिमा बढ्दै गइरहेका रूसी कम्पनीहरूलाई पश्चिमी वित्त व्यवस्थापनबाट हटाइएको उनले बताए ।
त्यस्ता कम्पनीले घरमै आवश्यक वित्तीकरणलाई आकर्षित गर्न र आफ्नो विकासलाई निरन्तरता दिन सकियोस् भनेर रूसले छिट्टै विकल्पहरू सोच्नुपर्नेमा उनले जोड दिए ।
“म वित्त मन्त्रालय र बैंक अफ रसिया दुवैका विस्तृत प्रस्तावहरूको प्रतीक्षामा छु,” पुटिनले थपे ।
फेब्रुअरी २४ मा पुटिनले युक्रेनमा फौज पठाएपछि एप्पल, माइक्रोसफ्ट र इन्टेललगायत धेरै प्रमुख प्राविधिक कम्पनीहरूले रूसमा आफ्नो सेवा निलम्बन गरेका छन् । कतिपयले पूरै देशबाट बाहिरिएको घोषणा गरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: