काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्र्रमणलाई कच्चा कुटनीतिको संज्ञा दिएका छन्।
दिल्ली भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट नभएको प्रसंगलाई ‘कच्चा कूटनीति’को संज्ञा दिएका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिल्ली भ्रमणमा भारतीय प्रमसँग अन्तिममा भेट हुन सकेन भनी स्वयं प्रचण्डजीले भनेको सुनियो।
झुक नीतिको आसे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्ने रावलको भनाइ छ।
उनले थपेका छन्, ‘कति निरीह, स्वाभिमानहीन र कच्चा कूटनीति। यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔँ।”
उनले उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुने उल्लेख गरेका छन्। भारतीय कांग्रेसको पछाडि लाग्दा भारतीय कम्युनिस्ट पार्टीको अवसान भएको उनको बुझाई छ।
नेपाली कांग्रेससँग गठबन्धन गरेर कम्युनिस्ट पार्टी बलियो नहुने भन्दै उनले आरजु राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकी रहेको टिप्पणी समेत गरेका छन् ।
रावलले भनेका छन्, माओवादी नेता प्रचण्ड र भाजपाबीच दिल्लीमा एक अर्काका देशमा संयुक्त कार्यक्रम गर्ने सहमति भयो रे । यही हो ‘जनयुद्ध’ को लक्ष्य ? यस्तै कामकुराले देश कमजोर हुँदैछ । अँझ प्रम पत्नी आरजु देउवा राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकि छ । राष्ट्र हितप्रति खेलवाड र स्वार्थको भद्दा रुप ।
त्यसो भ्रमण सकेर फर्किने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसक्नुको कारण थाहा नभएको बताएका थिए।
प्रचण्डको भनाइः
हामीलाई त भेट हुन्छ नै भनिएको थियो । १ बजे भेट्ने कुरा थियो । १ बज्न लागेपछि हामी अलि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने खबर आयो। ‘प्रेसिडेन्टले भेटिसकेपछि यही नै क्लाइमेक्स हो भन्ठानेर हो कि भन्ने अधिकारीहरुले चर्चा गरे ।
अर्को हिजो मात्रै बाढीले पूरै भारतमा ठुले जनधनको क्षति र डुबान भएको छ । हिजो मोदी उता जानुभएको थियो । एकदम रस आवर भएर हो कि भनेर उहाँहरुले भन्नुभयो । तर के कारणले हो भन्ने मैले पनि थाहा पाएको छैन। तर मलाई टेन्सन छैन ।
विजेपीको लिडरसिप सबैसँग भेट भयो । मोदीसँग पनि भेटेको भए फोटो खिच्नेसम्म हुन्थ्यो होला । अरु त के हुन्थ्यो होला र ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: