Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

प्रचण्ड सचिवालयले भन्यो : आरजुसँगको भेटलाई गलत ढंगले प्रचार गर्न मिल्दैन

खबरडबली संवाददाता

काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाबीच भएको भेटलाई गलत नियतका साथ प्रचार गरिएको भन्दै प्रचण्डको सचिवालयले खण्डन गरेको छ। 

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आज (शनिबार) बिहान भारतका लागि नेपाली राजदूतावासमा महामहिम शंकरप्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहनुभएकी कांग्रेस नेतृ डा आरजु राणा देउवासँग कमरेड अध्यक्ष (प्रचण्ड) को ब्रेकफास्टकै क्रममा सामूहिक भेट भएको हो। भेटको क्रममा कमरेड अध्यक्षले उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। यस विषयलाई लिएर केही मान्छेले गलत नियतका साथ घटिया तरिकाले गरेको टिप्पणीप्रती हाम्रो ध्यानाकर्षण भएको छ।'

कतिपयले भारतमा प्रचण्ड र प्रधानमन्त्रीकी पत्नी आरजुबीचको भेटलाई राजनीतिक लेनदेनका रूपमा अर्थ्याउँदै आलोचना गरेका थिए। 

'अराजनीतिक र अनर्गल टिप्पणीलाई अध्यक्ष कमरेडको सचिवालयको तर्फबाट पूर्णतः खारेज गर्दछौं। कुनै पनि भ्रम नरहन समेत देश विदेशमा रहेका देशभक्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछौं' प्रचण्डको सचिवालयले भनेको छ। 

आफूहरूमा देश र जनताको हितबाहेक अरु कुनै स्वार्थ नभएको स्ष्टीकरण विज्ञप्तिमा दिइएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं उपत्यका र तराईमा हुस्सु/कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) तराई भूभागका ...

झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन

झापा । झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घ...

जाँचबुझ आयोगको म्याद तेस्रोपटक थप्ने तयारी, चुनावी प्रभावको आशंकाबीच प्रतिवेदन अलपत्र पर्ने संकेत

काठमाडौं । जाँचबुझ आयोगको प्रतिवेदन समयमै तयार हुन नसकेपछि म्याद तेस्रोपटक थप गर्ने तयारी गरिएको छ। यसअघि दुईपटक गरेर ५० दिन म्याद थपिँदा पनि प्रतिवेद...

भारतको कोइलाखानीमा विस्फोट हुँदा मृत्यु भएका खोटाङका तीन जनाको शव ल्याउन समस्या, एक अझै बेपत्ता

खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन...

अग्यौलीमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन  मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प...

इङ्ल्यान्डविरुद्ध नेपालले हारेर पनि जितेको एउटा खेल

काठमाडौं । भनिन्छ, जितको सदैव महत्त्व रहन्छ, हारले त मन मात्र खिन्न बनाउँछ। तर कहिलेकाहीँ जितनजिक पुगेर हार्नु पनि जितसरह हुने रहेछ। यस्तो हारले अंकमा...

चुनावमा पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड र नेपालको दौडधुप , अरु अलमलमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चार दशक लामो विरासत बोकेका पूर्वप्रधानमन्त्रीत्रय चुनावी दौडधुपमा छन् भने अन्यमा अलमल देखिएको छ । पूर्...

मकवानपुरमा १५ जनाले बुझाए इजाजत प्राप्त हतियार

बागमती । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका हतियार बुझाएका छन् । प...

म्याग्दीमा ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा ...

मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने

काठमाडौँ । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकको बिचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE