Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

श्रीलंका संकट : यी सात कारणले निम्त्यायो राजनीतिक सुनामी

राष्ट्रपति गोटाबय राजपाक्षे र उनको परिवारप्रति आक्रोश

खबरडबली संवाददाता

काठमाडौं । श्रीलङ्कामा अहिले राजनीतिक उथलपुथल भइरहेको छ। भागेर सिङ्गापुर पुगेका राष्ट्रपति गोटबय राजपक्षले अन्ततः बिहीबार राजीनामा दिएका छन्।

कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्गले आफ्नो कार्यालय कब्जामा लिइएपछि र निजी निवासमा आगजनी गरिएपछि 'सुरक्षित स्थान'बाट सरकार सञ्चालन गरिरहेका छन्।

प्रधानमन्त्री विक्रमसिङ्गले देशमा कर्फ्यु आदेश जारी गरेका छन् र 'शान्ति सुव्यवस्था कायम राख्न जुनसुकै कदम चाल्न' सेनालाई आदेश दिएका छन्।

श्रीलङ्कामा एकदमै थोरै इन्धन, खानेकुरा, औषधि र अरू अत्यावश्यक सामाग्रीको मौज्दात बाँकी छ र प्रदर्शनकारीहरूले राजनीतिक वर्ग त्यसका लागि जिम्मेवार भएको बताइरहेका छन्।

श्रीलङ्काको चरम आर्थिक र राजनीतिक सङ्कटका केही कारणहरू तल उल्लेख गरिएको छ।

जीवनयापनको खर्च

भारतीय प्राय:द्वीपमा पर्ने २ करोड २० लाख जनसङ्ख्या भएको यो देशको अर्थतन्त्र केही समय यता कमजोर रहँदै आएको छ।

त्यहाँको केन्द्रीय ब्याङ्कका अनुसार समग्र मुद्रास्फीति ५० प्रतिशत भन्दा बढी छ भने खानेकुराको मुद्रास्फीति दर अझ खराब अर्थात् ८० प्रतिशत रहेको छ।

श्रीलङ्काको मुद्रा रुपियाँ डलरको तुलनामा कमजोर भइरहेको छ। जब नोभेम्बर २०१९ मा गोटबय राजपक्षले सत्ता सम्हाले एक डलर १७९ रुपियाँमा सटही हुन्थ्यो। अहिले त्यो ३६० रुपियाँ भन्दा बढी छ।

यातायातको मूल्य पनि दुई गुणाले बढेको छ। चरम अभावका कारण पैसा भएका मानिसहरूले पनि खानेकुरा र इन्धन खरिद गर्न सकिरहेका छैनन्।

विश्व खाद्य कार्यक्रमले भनेको छ ६० लाख मानिसहरूलाई आफ्नो दोस्रो छाक खानेकुरा कहाँबाट प्राप्त हुन्छ भन्ने थाहा छैन।

अन्तर्राष्ट्रिय कारण

युक्रेन युद्धले खानेकुरा र इन्धनको मूल्यमा भारी वृद्धि गराएको छ।

श्रीलङ्काले आफ्नो पेट्रोलियमको आवश्यकता विदेशबाट आयात गरेर पुरा गर्ने गरेको छ तर यो वर्षको सुरुदेखि उसले तेल र ग्यासको आयातका लागि पैसा तिर्न सकिरहेको छैन।

यसको कारण अर्थतन्त्रको अरू सबै पक्षमा मन्दी देखिएको छ।

धेरै मानिसहरूले खानेकुरा पकाउन ग्यासको सट्टा अहिले दाउरा प्रयोग गर्न थालेका छन्।

ग्यासको अभाव यति चरम छ कि कतिपय ग्यासबाट सञ्चालन हुने शवदाहगृह बाध्यात्मक रूपमा बन्द छन्। धेरै श्रीलङ्कालीहरूले अहिले आफ्नो परम्परा विपरीत शवलाई गाड्ने गरेका छन्।

विश्वव्यापी मन्दीले प्रभाव पारेका कारणले विदेशमा रहेका श्रीलङ्कालीहरूले पनि देशभित्र सङ्घर्षरत आफ्ना परिवारलाई राम्रोसँग मद्दत गर्न सकिरहेका छैनन्।

सन् २०१९ को नोभेम्बरमा ५१.५ करोड डलर रहेको रेमिटेन्स पछिल्लो पटक एप्रिल महिनासम्म आइपुग्दा झरेर २४.८९ करोड रहेको छ।

टाट पल्टेको पर्यटन क्षेत्र

ट्राभल म्यागेजिन लोन्ली प्लानेटले श्रीलङ्कालाई सन् २०१९ का लागि प्रमुख पर्यटन गन्तव्यका रूपमा सूचीकृत गरेको थियो।

तर पर्यटनमार्फत उल्लेख्य आम्दानी हुने सपना त्यसबेला चकनाचुर भयो जब एप्रिल २०१९ मा इस्टर सन्डेका दिन शृङ्खलाबद्ध आतङ्कवादी हमलाहरू भए।

तीन वटा होटेल र तीन वटा गिर्जाघरहरूलाई निशाना बनाएको उक्त बम हमलाहरूमा २६७ जनाले ज्यान गुमाएका थिए भने करिब ५०० घाइते भएका थिए।

तर पनि त्यो वर्षको डिसेम्बरमा पर्यटन क्षेत्रमार्फत करिब ४५ करोड डलर आम्दानी भएको त्यहाँको केन्द्रीय ब्याङ्कले जनाएको छ जुन अघिल्लो वर्षको त्यही महिनाको तुलनामा मध्यमस्तरको मात्रै गिरावट हो।

त्यसपछि पर्यटन उद्योग कोभिड महामारीको निशानामा पर्‍यो। केन्द्रीय ब्याङ्कको सन् २०२० एप्रिलदेखी नोभेम्बरसम्मको तथ्याङ्कले नगण्य आम्दानी सहित पर्यटन क्षेत्र ठप्प रहेको देखाउँछ।

पश्चिमा देशका पर्यटकमाझ लोकप्रिय तटीय क्षेत्रका रिसोर्ट सहित सेवा सत्कार क्षेत्रका कैयौँ रोजगारीका अवसरहरू गुम्न पुगे।

कोभिड विरूद्धका कदमहरू बिस्तारै खुकुलो गरिँदा पर्यटन उद्योगले पनि पुनर्जीवन पाइरहेको देखिन्छ। गएको डिसेम्बरमा पर्यटन क्षेत्रबाट २३.३ करोड डलर मासिक आम्दानी भयो।

तर राजनीतिक सङ्कटले उक्त उद्योगलाई पुनः मारमा पारेको छ र मे महिनामा पर्यटन क्षेत्रबाट जम्मा ५ करोड ४० लाख डलर आम्दानी हुनसक्यो।

बाध्यात्मक प्राङ्गारिक खेती

एप्रिल २०२१ मा श्रीलङ्काका राष्ट्रपतिले सबै रासायनिक मलको आपूर्तिमाथि प्रतिबन्ध लगाउँदै कृषकहरूलाई प्राङ्गारिक खेती अवलम्बन गर्न बाध्य बनाएका थिए।

यसले श्रीलङ्काली जनता र बाहिरी विश्वमा देशले पर्यावरण मैत्री नीति अँगालेको सन्देश दिन खोज्यो तर त्यसको भित्री कारण घट्दो विदेशी मुद्रा सञ्चिति रहेको थियो।

उक्त कदम ज्यादै प्रत्युत्पादक साबित भयो। अधिकांश ठाउँमा देशको मूल अन्नबाली धानको उत्पादन घट्यो र देश खाद्यान्न आपूर्तिको लागि अरूमा निर्भर हुन बाध्य भयो।

यसै वर्षको सुरुमा श्रीलङ्काले भारत र म्यानमारबाट ४ लाख टन चामल आयात गर्ने योजना सार्वजनिक गरेको थियो। तर उपभोक्तासम्म कति चामल पुगेको छ त्यो प्रस्ट भइसकेको छैन।

व्यापार असन्तुलन

श्रीलङ्काले अहिले ३ अर्ब डलर बराबरको उत्पादन प्रत्येक वर्ष आयात गर्छ। उक्त आँकडाले त्यहाँ विदेशी मुद्रा सञ्चित नरहनुको कारण देखाउँछ।

ऊर्जा र इन्धन अभावले निम्त्याएको आर्थिक मन्दीका कारण आयात अझ प्रभावित हुने देखिन्छ।

तर पैसा अभावका कारण श्रीलङ्का आफ्ना उद्योगहरूलाई आवश्यक थप पेट्रोल किन्न सक्ने अवस्थामा छैन।

सन् २०१९ को अन्त्यमा श्रीलङ्काको वैदेशिक मुद्रा सञ्चिती ७ दशमलव ६ अर्ब डलर रहेको थियो तर अहिले त्यो घटेर २५ करोड डलरमा आइपुगेको छ।

ऋणको पासो

श्रीलङ्काको तीन दशक लामो गृहयुद्ध सन् २००९ मा अन्त्य भयो। युद्धपछिको परिस्थितिमा, सरकारले धमाधम सडक र बन्दरगाह जस्ता पूर्वाधारहरूको निर्माणमा व्यापक लगानी गर्‍यो।

ऋणबाट रकम जुटाइयो र देश अहिले ५१ अर्ब डलर ऋणको भार बोकिरहेको छ जसमध्ये ६ दशमलव ५ अर्ब डलर चीनलाई तिर्नुपर्नेछ।

उक्त ऋणको किस्ता भुक्तानीले देशको विदेशी मुद्रा सञ्चितिलाई थप पेचिलो बनाएको छ। त्यसका कारण खानेकुरा किन्न समेत रकमको अभाव छ।

क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र संयुक्त राज्य अमेरिका सम्मिलित धनी औद्योगिक देशहरूको समूह जी सेभेनले ऋण चुक्ता गर्ने श्रीलङ्काको प्रयासमा मद्दत गर्ने पनि बताएको थियो।

विश्व ब्याङ्कले श्रीलङ्कालाई ६० करोड डलर ऋण दिन सहमति जनाएको छ र भारतले कम्तिमा १.९ अर्ब डलर दिने प्रस्ताव गरेको छ।

श्रीलङ्का सरकार सम्भावित ३ अर्ब डलर ऋणको विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि छलफलमा छ।

परिवारवादको राजनीति

कोलम्बोका चोकहरूमा पछिल्लो दुई दशकमा राजनीतिको केन्द्रमा रहेका पदबाट हट्न बाध्य राष्ट्रपति गोटाबय राजपक्ष र उनको परिवारप्रतिको आक्रोश स्पष्टसँग देखिन्छ।

प्रदर्शनकारीहरूले अहिलेको भद्रगोलका निम्ति राष्ट्रपति र सरकारका उच्च पदमा आसीन उनको परिवारका सदस्यहरू जिम्मेवार रहेको बताउँछन्।

गोटाबयका जेठा दाजु महिन्द राजपक्ष सन् २००५ देखि एक दशकसम्म श्रीलङ्काका राष्ट्रपति थिए। उक्त परिवारमाथि भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ जसलाई उनीहरू अस्वीकार गर्छन्।

गोटाबय राष्ट्रपति बनेपछि उनले प्रधानमन्त्री पदमा महिन्दलाई नियुक्त गरेका थिए। प्रदर्शनहरू चर्किएपछि यसै वर्षको मे महिनामा राजीनामा दिए।

गोटाबय, सेनाका एक जना भूतपूर्व कर्णेल हुन्, र उनले आफ्नो प्रशासनमा कैयौँ भूतपूर्व सैनिक अधिकारीहरूलाई नियुक्त गरेका थिए।

राजपक्ष दाजुभाइहरूको राजनीतिक उदयलाई तमिल पृथकतावादीहरू पराजित गर्न उनीहरूले खेलेको भूमिकासँग जोडेर हेर्ने गरिन्छ।

तर आलोचकहरूका भनाइमा उनीहरूले तमिल अल्पसङ्ख्यकहरूको मेलमिलापलाई प्रवर्द्धन गर्ने कुनै काम गरेका छैनन्। साथै मुसलमानहरूलाई निशाना बनाउने सिन्हला कट्टरपन्थीहरू प्रति पनि नरम दृष्टिकोण राखेको आरोप उनीहरू माथि रहेको छ।

दुवै दाजुभाइले अहिले राजीनामा दिएका छन् तर उनीहरूले छाडेको राजनीतिक रिक्तता कसरी पूर्ति हुन्छ त्यो प्रस्ट भइसकेको छैन। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending