Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका छ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

ठमेल पर्यटन विकास परिषद्को २५, २६ र २७ औँ वार्षिक साधारणसभा एवं निर्वाचनको आज उद्घाटन गर्दै उनले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे । “पर्यटन क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको छ, कोरोनाबाट थलिएको पर्यटनलाई अगाडि बढाउन स्थानीय प्रशासन सधैँ सहयोग गर्न तयार छ”, उनले भने। केही पर्यटन व्यवसायीबाट ठमेललाई बद्नाम गराउने कार्य भएको भन्दै उनले त्यस्ता व्यवसायीमाथि स्थानीय प्रशासनले निगरानी गरिरहेको उल्लेख गरे।

प्रजिअ रिजालले देशकै पुरानो पर्यटकीय क्षेत्रलाई जोगाएर राख्नु सबै व्यवसायी तथा घरधनीको उत्तिकै दायित्व हुने बताए। काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल क्षेत्रमा कसरी पर्यटक बढाउन सकिन्छ भन्नेबारे सोच्न सबै व्यवसायीलाई आग्रह गरे। ठमेलको विकासका लागि स्थानीय सरकार सधैँ सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

“ठमेलको विकासका लागि सोच्नुभन्दा पनि कसरी नेतृत्व आफ्नो हातमा ल्याउन सकिन्छ भन्नेबारे व्यवसायी लागेका छन्, यो ठमेलका लागि दुर्भाग्य हो”, उनले भने। रात्रिकालीन व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे व्यवसायीले सोच्नुपर्ने बेला आएको अध्यक्ष तिवारीको भनाइ छ ।

ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले रोजगारी सिर्जना गर्ने व्यावसायिक थलो ठमेलको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताए। ठमेल पर्यटन परिषद्का पूर्वध्यक्ष डा रामशरण थपलिया र समीर गुरुङले घरधनी तथा व्यवसायी मिलेर ठमेल क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए।

विसं २०४७ मा स्थापना भएको ठमेल पर्यटन परिषद्मा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा ठमेल क्षेत्रका एक हजार ५९९ घरधनी तथा व्यवसायीले आफ्नो मताधिकार प्रयोग गर्ने परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले जानकारी दिए। ठमेलको नयाँ नेतृत्वका लागि भविश्वर शर्मा र ध्रुव अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा स्वास्थ्य उपचारपछि हङकङमा, चाँडै स्वदेश फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...

सुधार नगरे एमाले सक्किने खतरा : सुरेन्द्र पाण्डे

बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...

वर्षाले मुसुरो र केराउ बाली नोक्सान

टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...

कपिलबस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...

आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...

उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...

दक्षिण कोरियाको कारखानामा आगलागी: १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: