Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

अध्यक्ष दाहाल भन्छन्- यो सद्भावना भ्रमण हो, निकट भविष्यमा चीन पनि जान्छु

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर आफूले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्न लागेको बताएका छन् । 

भारत प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले आफ्नो भारत भ्रमणका क्रममा इतिहासदेखि थाती रहेका कैयौँ विषयमा साझा धारणा बनाउने र समस्याको समाधानमा केन्द्रित रहने बताए  । 

अध्यक्ष दाहालले यो भ्रमण आकस्मिक जस्तो भए पनि पछिल्लो दुई महिनादेखि तयारी भइरहेको जानकारी पनि दिए । उनले भने,  “बाहिर आउँदा यो भ्रमण आकस्मिक जस्तो देखिए पनि त्यस्तो होइन । पार्टीभित्र पनि यस विषयमा मैले चर्चा गरेको थिएँ । यो दुई महिना पहिल्यै तय भएको भ्रमण हो ।” 

उनले  नेपालका लागि भारतका तत्कालीन राजदूत विनयमोहन क्वात्रामार्फत उपयुक्त समयमा भारत भ्रमण गर्न त्यहाँको सत्तारुढ भारतीय जनता पार्टीका तर्फबाट निमन्त्रणा प्राप्त भएकोसमेत जानकारी दिए  । 

अध्यक्ष दाहालले आफ्नो  भ्रमणलाई सद्भावना भ्रमणको रुपमा चित्रण गरे  । त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी र भारतीय जनतासँगको सम्बन्ध विस्तारका लागि समेत यो भ्रमण केन्द्रित रहने उनको भनाइ छ । 

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा आफू भारत भ्रमणमा जान लागेको उनले त्यस अवसरमा जानकारी दिए  । 

अध्यक्ष दाहालले नेपाल र भारतका बीचमा रहेका  विभिन्न पक्षलाई केन्द्रमा राखेर आफूले भारतीय पक्षसँग कुराकानी गर्ने बताए  । 
 
भ्रमणका क्रममा नेपालको समग्र विकास, द्विपक्षीय सम्बन्ध, बढ्दो व्यापार घाटा, इतिहासमा थाती रहेका विषय एवं सीमामा देखिएका समस्या कूटनीतिक संवादबाट टुङ्ग्याउनेलगायतका विषयमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटमा छलफल हुने पूर्वप्रधानमन्त्री प्रचण्डले बताए  ।

उनले  आर्थिक, द्विपक्षीय हित र अन्य चासोका विविध पक्षमा विचार विमर्श हुने हुने उल्लेख गरे  । उनले हालै सम्पन्न चिनियाँ विदेश विभागका प्रमुखको भ्रमण र आफ्नो आजदेखि हुन लागेको भारत भ्रमणका बारेमा कुनै सम्बन्ध नरहेको प्रष्टीकरण दिए  । उनले भने, “यसमा कुनै अन्तरसम्बन्ध छैन । अनावश्यक द्विविधा राख्नुको कुनै अर्थ छैन ।”

यस भ्रमणलाई भाजपा र आफ्नो पार्टीको सम्बन्ध विस्तारका रुपमा लिइएको उनको भनाइ छ । वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको शीर्ष नेताको हैसियतमा हुन लागेको यस भ्रमणले दुई देशबीचको सम्बन्धमा थप सकारात्मक वातावरण बनाउने विश्वास व्यक्त गरे  । 

भ्रमणअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आफूले संवाद गरेको र परराष्ट्र मन्त्रालयसँग पनि भ्रमणका सम्बन्धमा कुराकानी भएको अध्यक्ष दाहालले जानकारी दिए  । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य सरकारी अधिकारीसँग पनि भेटवार्ता हुने उनले जानकारी दिए ।  

प्रधानमन्त्री देउवासँगको छलफलमा आफूले यस भ्रमणको क्रममा भएका सहमति तथा सहकार्यका विविध क्षेत्रमा भएका प्रगतिका बारेमा के भूमिका खेल्न सक्छु भनेर छलफल भएको उनले बताए  । 

देश र वर्तमान गठबन्धनका लागि समेत यस भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले भ्रमणलाई उत्साहपूर्ण रुपमा लिएको बताए । उनले सो अवसरमा आफू निकट भविष्यमा नै चीनको भ्रमणमा समेत जान लागेको जानकारी दिए । उनले गोवामा ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सि जीनपीङ रु भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्रीको हैसियतमा नै त्रिपक्षीय साझेदारीका विषयमा महत्वपूर्ण विचारविमर्श भएको स्मरण गरे  । 

उनले  भारतले सस्तो मूल्यमा रसियाबाट इन्धन आयात गरिरहेको सन्दर्भमा त्यस्तो सुविधा नेपालले समेत पाउन सके धेरै नै राहत हुने भएकाले त्यसतर्फ पनि छलफल गर्ने बताए  । 
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहालको बिदाइका लागि पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु जनार्दन शर्मा, मातृकाप्रसाद यादव, झक्कुप्रसाद सुवेदीलगायतका नेता पुग्का थिए । अध्यक्ष दाहाल साउन १ गते स्वदेश फर्कने कार्यक्रम छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending