Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

शैक्षिक योग्यता ढाटेको भन्दै गभर्नरलाई कारबाही गर्न वाइसिएलको माग

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । 

वाइसिएलका संयोजक सुमन देवकोटालगायतले आज आयोगको कार्यालय टङ्गालमा पुगेर अधिकारीविरुद्ध उजुरी दर्ता गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ को क बमोजिम गभर्नर कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ तर अधिकारी नेकपा९एमाले०को अर्थ तथा योजना विभागको सदस्यका रुपमा एक अधिकारीका रुपमा रहको पाइएको वाइसिएलको उजुरीमा उल्लेख छ ।

गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर तह बराबरको शैक्षिक योग्यता हुनुपर्नेमा अधिकारीले स्नातक मात्रै उत्तीर्ण गरेको पाइएको वाइसियलको आरोप छ । कुनै पनि दलमा संलग्न व्यक्ति गभर्नर हुन नपाउने व्यवस्था भए पनि उनी एम अधिकारीका रुपमा एमालेको अर्थ तथा योजना विभागमा रहेको पाइएकाले कारबाहीको माग गर्दै उजुरी दर्ता गराइएको वाइसिएलका संयोजक देवकोटाले जानकारी दिए।  

बुधबार मात्रै वाइसिएल र अखिल (क्रान्तिकारी)ले गभर्नर अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । सङ्घीय संसद्मा समेत यो विषयले प्रवेश पाएको छ । आज मात्रै राष्ट्रियसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले गभर्नर अधिकारीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा स्वास्थ्य उपचारपछि हङकङमा, चाँडै स्वदेश फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्। उनी त्य...

सुधार नगरे एमाले सक्किने खतरा : सुरेन्द्र पाण्डे

बुटवल । सुरेन्द्र पाण्डे ले नेकपा एमाले ले सही दिशा नलिए पार्टी सकिने अवस्थासम्म पुग्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै ...

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थ...

कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारी साधनबाट फागुनमा रु १३ लाख राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्...

वर्षाले मुसुरो र केराउ बाली नोक्सान

टीकापुर। चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्‍याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न...

कपिलबस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलबस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला सुरक्षा समितिको निर्णयानुसार ...

आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ९बालेन०ले  आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताएको छन् । इस्लाम धर्मावलम्ब...

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...

उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...

दक्षिण कोरियाको कारखानामा आगलागी: १० को मृत्यु, ५९ घाइते, चार जना बेपत्ता

डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: