Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

निर्वाचन घोषणा गर्न ज्योतिषीसँग परामर्श गर्दैछन् देउवा ?

ज्योतिषीहरूको समूहले निकाले मंसिर ४ गतेको साइत उत्तम

खबरडबली संवाददाता

काठमाडौं । मंसिरमा हुने भनिएको संसदीय निर्वाचनको समय नजिकिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र ज्योतिषशास्त्रप्रति रहेको भनेर दाबी गरिने उनको विश्वासबारे पनि चर्चा सुरु भएको छ।

मतदानको निम्ति निर्वाचन आयोगले प्रस्ताव गरेको मिति नभई ज्योतिषीले सिफारिस गरेको मितिमा देउवाले निर्वाचन गर्न चाहेको भन्ने दाबी बारेका विवरणहरू सार्वजनिक भएका छन्, यद्यपि त्यस्ता दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

प्रधानमन्त्रीको सचिवालयले पनि त्यस्ता विवरणहरूको खण्डन गरेको छ।

गत साता आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा मंसिर २ गते गर्न सरकारलाई सिफारिस गरेको थियो।

त्यतिबेला प्रधानमन्त्री देउवाले मंसिर २ मा "नहुन सक्ने तर मंसिर ५ गतेभित्र हुनेगरी" मिति तय हुने बताएका विवरणहरू आएका थिए।

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनको बेला "ज्योतिषीले आफू सात पटक प्रधानमन्त्री बन्ने बताएको" देउवाले सार्वजनिक रूपमै भनेपछि केही मानिसले उनीप्रति व्यङ्ग्य गरेका थिए।

एकजना ज्योतिषी सुरेशचन्द्र रिजालका अनुसार उनीलगायत अरू ज्योतिषीहरूको समूहले निर्वाचन गर्त मंसिर ४ गतेको साइत निकालेको बताएका छन्।

"हामीले कुनै व्यक्ति, दल वा संस्थाको फाइदा हुनेगरी मिति सुझाएका होइनौँ। यसमा कसैको नाफा वा घाटाभन्दा बढी समग्र र राष्ट्रको हित हुने देखिएको हो," उनले भने।

"देश सञ्चालन गर्ने जिम्मेवारी बोकेको मानिसले थाल्ने काम राम्रो समयमा होस्, त्यसले राम्रो परिणाम दिन्छ भन्ने हाम्रो आशय हो," रिजालले भने।

'वैज्ञानिक आधार छैन'

ज्योतिषशास्त्र र यसको अभ्यासप्रति संसारभरि नै मानिसहरूको रुचि र कौतूहल देखिने गरेको भए पनि ज्योतिषीहरूले हेर्ने साइत र गर्ने फलादेश लगायतका भविष्यवाणीको वैज्ञानिक आधार नभएको भनेर आलोचना हुने गरेको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा भौतिकशास्त्रका प्राध्यापक डा. देवीदत्त पौड्याल पनि "विभिन्न ग्रहका आधारमा दशाहरू चल्छन्" भन्ने कुरालाई "वैज्ञानिक आधार नभएको" ठान्छन्।

"यो एउटा विश्वासको कुरा हो तर त्यसको वैज्ञानिक आधार छैन। वैज्ञानिक रूपमा प्रमाणित नभईकन म चाहिँ त्यसलाई विश्वास गर्न सक्दिनँ," उनले भने।

कतिपयले "ज्योतिषशास्त्र विज्ञान नभएको भए कसरी सूर्य वा चन्द्र ग्रहण लाग्ने मिति र समय ठ्याक्कै मिल्छ त?" भन्ने प्रश्न गर्ने गरेका छन्।

त्यसबारे पौड्याल भन्छन्, "गणितमा आधारित गणना गर्ने ज्योतिषशास्त्र विज्ञान हो, तर फलादेश गर्ने र ग्रहदशाबारे बताउने कुराको वैज्ञानिक आधार छैन। त्यसैले यसलाई दुईवटा फरक विषयका रूपमा बुझ्नुपर्छ। फलादेश गर्नेहरूले वैज्ञानिक प्रमाण दिन नसकेकाले त्यसलाई विश्वास गर्न सकिँदैन।"

दुई दिनमा फरक के हुन्छ

"मंसिर २ गते अन्य दिनजस्तै सामान्य नै भएको तर त्यसको दुई दिनपछि चन्द्रमा निकै बलियो राशिमा बसेको, तिथि उचित भएको र नक्षत्र पनि राम्रो भएको" उनले बताए।

"उनका अनुसार मंसिर ४ गते "द्विपुष्करयोग" छ। त्यस्तो योग महिनामा एक वा दुई पटक मात्र आउँछ। अनि त्यसलाई सहकार्यका निम्ति शुभयोग मानिन्छ।"

"दुई वा त्योभन्दा बढी दल र मानिस मिलेर काम गर्दा उचित हुने योग हो। त्यसैले त्यस दिन चुनाव भए हरेक दलले एकअर्कासँग मिलेर काम गर्दा राम्रो परिणाम दिन्छ," रिजालले भने।

प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने निर्वाचनको मिति तय गर्न ज्योतिषको सल्लाह लिएको कुराको खण्डन गरेका छन्।

उनले भने,"त्यस विषयमा परामर्श भएकै छैन र त्यो गर्ने कुरा पनि होइन।"

यसबारे प्रकाशित समाचारलाई गलतको सङ्ज्ञा दिँदै उनले भने,"निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्रीज्यूबीच भेट भएको थियो। दुवै पक्षको सल्लाहअनुरूप मिति तोक्ने कुरा भएको छ।"

ज्योतिषीहरूसँग आधिकारिक परामर्श नलिए पनि केही ज्योतिषहरूले आफ्नो हिसाबले यस्तो मिति हेर्ने गरेको परियारले बताए।

निर्वाचन आयोगले पनि निर्वाचन गर्न मौसमी अवस्था, सुरक्षा, जनशक्ति तयारीजस्ता विषयमा तयारी हुनुपर्ने बताएको छ।

"मंसिर २ गते अन्य दिनजस्तै सामान्य नै भएको तर त्यसको दुई दिनपछि चन्द्रमा निकै बलियो राशिमा बसेको, तिथि उचित भएको र नक्षत्र पनि राम्रो भएको" उनले बताए।

"उनका अनुसार मंसिर ४ गते "द्विपुष्करयोग" छ। त्यस्तो योग महिनामा एक वा दुई पटक मात्र आउँछ। अनि त्यसलाई सहकार्यका निम्ति शुभयोग मानिन्छ।"

"दुई वा त्योभन्दा बढी दल र मानिस मिलेर काम गर्दा उचित हुने योग हो। त्यसैले त्यस दिन चुनाव भए हरेक दलले एकअर्कासँग मिलेर काम गर्दा राम्रो परिणाम दिन्छ," रिजालले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending