काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी विभाजन भएको छ।
अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेतालाई अनुशासनको कारवाही गर्ने निर्णय गरेसँगै पार्टी विभाजन भएको होे।
पर्साको वीरगन्जमा जारी केन्द्रीय समिति बैठकको दोस्रो सत्रमा अध्यक्ष यादवले पेश गरेको एजेण्डामा अनुशासनको कारबाही पनि समावेश भएको एक नेताले बताए।
जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाको काठमाडौंमा केन्द्रीय समिति बैठक राखेका छन्। उपेन्द्रको पक्षमा बहुमत केन्द्रीय सदस्य छन्।
वीरगन्ज बैठकले बाबुरामको भेलामा सहभागी गंगानारायण श्रेष्ठ, महेन्द्र यादवलगायतलाई पनि अनुशासनको कारबाही गरेको ती नेताले बताए।
यता, बाबुराम पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको छ।
मंगलबार र बुधबार बसेको बैठकले जसपा रुपान्तरण गर्न नसक्ने ठहर गर्दै पार्टी पुनर्गठन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
पार्टी पुनर्गठन गर्ने सबै अधिकार कार्यकारिणि समितिलाई दिएको छ। कार्यकारिणी बैठक शनिबारसम्म बस्ने समझदारी पनि बनाएको छ।
कार्यकारिणीको बैठकले पार्टीको नाम, केन्द्रीय समिति, निर्वाचन आयोगमा पार्टी दर्ता लगायतका विषय टुंगो लगाउने ती नेताले बताए।
त्यसो त यसअघि नै उपेन्द्र र बाबुरामबीच अलग हुने सहमति बनिसकेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: