Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

भारतमा र दक्षिण कोरियामा कोरोना संक्रमण बढ्दै

खबरडबली संवाददाता

नयाँ दिल्ली । भारतमा र दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । भारतमा मङ्गलबारको तुलनामा तीन हजार २९१ सङ्क्रमित बढेको पुष्टि भएको हो । बितेका २४ घण्टामा १६ हजार नौसय छ जना सङ्क्रमित फेला परेका छन् । 

हाल भारतमा कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको समाचारमा जनाइएको छ ।  यहाँ एक लाख ३२ हजार ४५७ सक्रिय सङ्क्रमित रहेका छन् । 

यो कुल सङ्क्रमितको ०।३० प्रतिशत हो । करिब चार महिनापछि १३ दिन यता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ । 

पछिल्लो एक दिनमा १५ हजार ४४७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड ३० लाख ११ हजार ७४७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.४९ प्रतिशत रहेको छ ।

बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण पाँच लाख २५ हजार पाँचसय १९ जनाको मृत्यु भएको छ । 

मङ्गलबार चार लाख ५९ हजार ३०२ कोरोना परीक्षण गरिएको थियो । यस महामारी शुरु भएयता हालसम्म ८६ करोड ७७ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ । 

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड १२ लाख ७९ हजार १० मात्रा खोप लगाइएको छ । 

यसैबीच दक्षिण कोरियामा मङ्गलबार ४० हजार २६६ जना कोरियाको नयाँ सङ्क्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । 

योसँगै दक्षिण कोरियामा एक करोड ८६ लाख २ हजार १०९ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको  छ । 

अघिल्लो दिनको तुलनामा आज दुई हजार ९०६ जना बढेको जनाइएको छ । कोरोना सङ्क्रमणबाट हिजो  बाह्र जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हालसम्म २४ हजार ६८० जनाको मृत्यु भइसकेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending