दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताएका छन् । तनहुँको भानु नगरपालिका–१ स्थित भन्सार युवा क्लबको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उनले देशले निकास पाएकाले अब विकासका कामले पनि तीव्रता पाउने उल्लेख गरे।
संविधान निर्माण र संविधानको कार्यान्वयनले गर्दा विकासको काम केही समय रोकिएको बताउँदै वरिष्ठ नेता पौडेलले अब विकासको कामलाई पनि टुङ्गोमा पु¥याउने बताए। “संविधानको पालना गर्नुपर्दा रोकिएका विकासको काममा ध्यान दिन सकेका थिएनौँ, अब तनहुँमा विकासले काँचुली फेर्छ”, पौडेलले भने ।
उनले पाँचदलीय गठबन्धन कायमै रहने बताए। स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल भएको बताउँदै पौडेलले आगामी निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताए। “गठबन्धन अहिलेको आवश्यकता हो, यसमा तलमाथि हुँदैन”, उनले भने।
पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मगाउँलाई विश्वकै पर्यटकीय धार्मिक गन्तव्य बनाइने बताए। “जसरी मक्का मदिना आज मुस्लिम समुदायको आकर्षणको केन्द्र बनेको छ, भानु जन्मस्थललाई पनि धार्मिक साहित्यको केन्द्र बनाउनेतर्फ लागिपरेका छौँ”, पौडेलले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - १५:१२
ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...
चैत्र १० गते, २०८२ - १४:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...
चैत्र १० गते, २०८२ - १४:२४
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले आफ्नो राजीनामा हतार वा हतासमा नभई विधानअनुसार पेश गरिएको प्रष्ट पारेका छन्। मंगलबार पार्टी के...
चैत्र १० गते, २०८२ - १४:१६
२०४६ पछिका सबै सरकार र सार्वजनिक भूमिकामा रहेकाहरूको सम्पत्ति छानबिन हुनुपर्छ
चैत्र १० गते, २०८२ - १४:०५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन शाह नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारका लागि मन्त्रिपरिषद् चयनको अन्तिम तयारीमा जुटेको छ। पार्...
चैत्र १० गते, २०८२ - १३:३३
बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार र...
चैत्र १० गते, २०८२ - १३:३३
बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार र...
चैत्र १० गते, २०८२ - १३:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने एजेन्डा तय गरिएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका ल...
चैत्र १० गते, २०८२ - १३:१०
हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। इन्द्रसरोवर-३, जातीपोखरी बस्ने नौ वर्षीया ल...
चैत्र १० गते, २०८२ - १३:०३
स्याङ्जा। स्याङ्जामा यस आर्थिक वर्षको अहिलेसम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ । यहाँको बिरुवा गाउँपालिका, भीरकोट, चापाकोट, वालिङ र गल्याङ...


प्रतिकृया लेख्नुहोस्: