Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

वामदेवलाई हटाएका युवराज सफलले सचिवालयमा थपे तीनजना (सूचीसहित)

यसअघि नै युवराजसहित पाँचजनालाई वामदेवले गरेको थिए निष्कासन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतमलाई निष्कासित गरेका युवराज सफलले सचिवालय बैठक नयाँ सदस्य थप गरेका छन्। 

गौतमलाई हटाएर संयोेजक बनेका सफलको अध्यक्षतामा शनिबार बसेको एकता अभियानको बैठकले नयाँ सदस्य थप गरेको हो। 

बैठकले राष्ट्रिय पुनर्जागरण पार्टी, नेपाल समावेशी पार्टी र कम्युनिष्ट एकताको लागि राष्ट्रिय अभियानलाई नेकपा एकता राष्ट्रिय अभियानमा आबद्धता गराउने निर्णय गरेको छ । 

बैठकको निर्णय सार्वजनिक गर्दै सफलले योसँगै अभियानमा आबद्ध दल, समूहको संख्या सात पुगेको जानकारी गराएका छन् ।

साथै अन्य समूहसँग वार्ता गर्न युवराज सफलको अध्यक्षतामा ५ सदस्य रहेको वार्ता तथा एकीकरण विभाग गठन गरिएको छ ।

त्यस्तै कम्युनिष्ट एकताको लागि विभिन्न राजनीतिक पार्टीसँग वार्ता गर्न अभियान सचिवालय सदस्य निलकण्ठ पौडेलको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली बनाइएको छ ।

एकता प्रकृयामा सामेल भएका राजनीतक दल तथा समूहबाट क्रमशः डिबी थापा राष्ट्रिय पुनर्जागरण पार्टीबाट, मोतीलाल भारती नेपाल समावेशी पार्टीबाट र राधाकृष्ण पाण्डे मुक्ति कम्युनिष्ट एकताको लागि राष्ट्रिय अभियानबाट सचिवालय सदस्यमा चयन गर्ने निर्णय पनि गरिएको छ ।

आफूहरूसँग बहुमत रहेको भन्दै केही नेताले वामदेवलाई हटाएर युवराज सफललाई संयोजक तोकेको भोलिपल्टै वामदेवले भने युवराज सफलसहित पाँचजनालाई निष्कासन गरेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending