सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा ट्र्याक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ ट्र्याक्टर पल्टिएर ट्र्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो । ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।
मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताए । ६६ वर्षीय भण्डारीको गए राति उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका छ जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरीचौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्र्याक्टर ‘लोडपिन’ अचानक भाँचिन गई रोडको बायाँतर्फ पल्टिइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...
पौष ४ गते, २०८२ - १४:३०
ढाका। इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडि...
पौष ४ गते, २०८२ - १४:१८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जान लागेका छन्। उनी भैरहवास्थित भरतपुर विमानस्थल हुँदै रुपन्देही प्रस्थान गर्...
पौष ४ गते, २०८२ - १३:५५
काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने भएका छन्। सोअनुसार उनलाई पार्टीले समानुपातिक उम...
पौष ४ गते, २०८२ - १३:४८
काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। घाइतेहरूको अपाङ्गत...
पौष ४ गते, २०८२ - १३:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत र त्यहाँबाट रुपन्देहीसम्म गाडीमार्फत जाने भएका छन्। बिहान...
पौष ४ गते, २०८२ - १३:३०
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेको छन् । राष्ट्रपति भवन शीतल निव...
पौष ४ गते, २०८२ - १३:२२
पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएको छन् । ‘भविष्यका लागि बाँसको आवास...




प्रतिकृया लेख्नुहोस्: