Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

धर्म, संस्कृति एवं ज्योतिष क्षेत्रमा हुने शास्त्रविरुद्धका काम रोकिने

खबरडबली संवाददाता

काठमाडौँ । धर्म, संस्कृति एवं ज्योतिष क्षेत्रमा हुने गरेको शास्त्रविरुद्धका काम रोक्न चाल्नुपर्ने कदमका विषयमा बहस सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज यहाँ आयोजना गरेको ‘ज्योतिष तथा धर्मशास्त्र सम्बद्ध समसामयिक व्यावहारिक विषयक अन्तक्र्रिया’ कार्यक्रममा बेलुकाको लग्न दिएका बेला बिहान र बिहानको लग्न दिएका बेला बेलुका विवाहलगायत कर्म हुँदा नकारात्मक फल प्राप्त हुने गरेकाले समस्या आउने गरेको जानकारी गराइएको थियो । 

यस किसिमका शास्त्रीय मान्यताविपरीतका काम रोक्न कार्यक्रम आयोजना गरिएको सो अवसरमा जानकारी गराइएको थियो । दिइएको साइतमा विवाह नहुँदा सम्बन्ध विच्छेदका घटना बढेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले सुनाए । सामूहिक व्रतबन्ध, जन्मोत्सवमा केक काट्ने, विवाह र स्वयंवरमा समेत केक काट्ने गरेका घटना धर्म, संस्कृतिमा आएको विकृतिका रूपमा रहेको उनको भनाइ थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले समितिले प्रकाशन गरेको राष्ट्रिय पञ्चाङ्गले धर्म, संस्कृतिलाई व्यवस्थित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे  । 

समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले धर्म संस्कृतिका क्षेत्रमा घरघरमा विकृति फैलिएकाले त्यसको अन्त्यका लागि अभियान चलाउनुपर्नेमा जोड दिए । नीति अनुसन्धान प्रतिष्ठानका प्रबन्धक लक्ष्मण भट्टराईले कर्मकाण्डका क्षेत्रमा विकृति बढेकाले त्यसलाई रोक्न आचारसंहिता बनाइनुपर्ने बताए  ।

कार्यक्रममा वाल्मीकि विद्यापीठका सहप्राध्यापक माधवप्रसाद पाण्डेयले गुरु परम्पराको अन्त्य भएकाले सिक्ने र सिकाउने क्रम अन्त्य भएर धर्म संस्कृतिका क्षेत्रमा विकृति आएकाले पुनःजागरणका लागि समितिको ध्यानाकर्षण गराए  । मन्त्रालयका संस्कृति शाखा प्रमुख पुण्यमाया गुरागाईंले मन्त्रालयका अरु कार्यक्रमका तुलनामा संस्कृति संरक्षणतर्फ कम काम भएको स्वीकार गर्दै यससम्बन्धी विशेष कार्यक्रम ल्याउन लागिएको जानकारी दिए  ।

सो अवसरमा समितिका सदस्य डा पुरुषोत्तम भट्टराई, सदस्य तनुजा दाहाल, नेपाल महिला ज्योतिष सङ्घका अध्यक्ष रतिदेवी श्रेष्ठ, समितिका पूर्वसदस्य कीर्तिमदन जोशी, हिन्दू जागरण अभियानका रामकृष्ण उपाध्याय, विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेल, समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेललगायतले धर्म, संस्कृतिका क्षेत्रमा आएका विकृति हटाउन सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: