Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

पशुपति क्षेत्र विकास कोषको जग्गामा करिब २०० असहाय गाईबाच्छालाई संरक्षण

खबरडबली संवाददाता

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब २०० असहाय गाईबाच्छाले संरक्षण पाएका छन् ।

‘असहाय गाईबाछा संरक्षण अभियान’अन्तर्गत २०० सडक गाईबाच्छाले आश्रय पाएकामा तिनलाई सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । असहाय गाईबाच्छा संरक्षण अभियानमा जनचासो बढ्ने क्रम जारी छ । 

अबोध प्राणीलाई खाद्यान्न र उपचारका लागि सहयोग गर्न जन्मदिनको अवसरमा सामाजिक अभियानकर्मी दीपकसिंह भण्डारीले गोकर्णेश्वर धार्मिक समितिको विशेष कार्यक्रममा रु २५ हजारको थैली प्रदान गरे  । जन्मदिनका अवसरमा उनले यसअघि पनि निरन्तर गाईबाच्छा संरक्षण अभियानमा सहयोग गर्दै आएका थिए । लायन्स क्लब अफ वासुकी तथा लायन्स क्लब अफ गगनको तर्फबाट समेत पदस्थापनाको अवसरमा रु १५ हजार उपलब्ध भएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए  ।    

यस्तै गाईबाछा संरक्षणका लागि जन्मदिनका अवसरमा जगदिश अर्यालले रु पाँच हजार पाँच सहयोग गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिका गोठाटारका राजनीतिक तथा सामाजिक अभियानकर्मी उद्धब दाहालले जन्मदिनको अवसरमा रु पाँच हजार पाँच सहयोग गरेका छन् । गाईबाछाको उपचारका लागि जन्मदिनका अवसरमा सामाजिक अभियानकर्मी रामकृष्ण बरालले रु तीन हजार सहयोग गरेका छन् । 
 
यस्तै गौशालाका शैषव खनालले गाईबाच्छाको भोजनका लागि रु पाँच हजार र अच्युत पौडेलले रु पाँच हजार सहयोग गरेका छन्  । कागेश्वरी मनोहराकी स्व नर्मदा पुडासैनीको स्मृतिमा छोरा उपास र छोरी सुनिताले रु पाँच हजार पाँच उपलब्ध गरेका छन् । जन्मदिनको अवसरमा लायन सुरेन्द्र बलायर र सामाजिक अभियानकर्मी विमल अर्यालले जनही रु पाँच हजार सहयोग गरेका छन् । 

यसैगरी अभियन्ता प्रमेश अधिकारीले समेत असहाय गाईबाच्छाको भोजनका लागि रु तीन हजार उपलब्ध गराएका छन् । अभियानले २०७५ जेठ १ गतेदेखि असहाय गाईबाच्छा संरक्षणका लागि अभियान सञ्चालन गर्दै आएको हो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: