Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

महानिर्देशक अधिकारी भन्छन्– राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको छ

खबरडबली संवाददाता

गण्डकी । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् ।  पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित हालै महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीको स्वागत कार्यक्रममा उनले ठूला कर छलीका घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिबद्धता व्यक्त गरे ।

राजस्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्ने बताउँदै उनले आफूहरूको दृष्टिमा ठूला भन्ने कोही नरहेको बताए । राजस्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र, टे«डिङ व्यवसाय, निर्माण र सेवा क्षेत्रमा रहेको बताउँदै उहाँले उद्योगको हकमा राजस्व चुहावट कम रहेको र त्यसले उत्पादकत्व वृद्धिमा सघाएको उल्लेख गरे ।

बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको र यसलाई रोक्न नसक्दा हिजो बाबुबाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरू पलायन हुने खतरा बढेको उनले बताए । महानिर्देशक अधिकारीले सही तरिकाले व्यवसाय गर्नेहरूको संरक्षण र अवैधरूपले हुने राजस्व चुहावट रोक्नु जरुरी रहेको बताए ।

महानिर्देशक अधिकारीलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचका नाममा व्यवसायीको मानमर्दन नगर्न तथा व्यवसायीलाई सफाइको मौका दिन माग गरे । पोखरा उद्योग वाणिज्य सङ्घ अवैध व्यवसायको पक्षमा नभएको प्रष्ट पार्दै उनले व्यवसायीमाथि आरोप लाग्दैमा ऊ अपराधी नहुने र सफाइको मौका पाउने बताए  ।

सङ्घका महासचिव सुरेन्द्रमान विजुक्छे, सङ्घका वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य विक्रम कर्माचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीकी महिला उद्यमी समिति संयोजक रामकली खड्का, उद्योग परिसङ्घ गण्डकीका अध्यक्ष विनोद शर्मालगायतले राम्रो गर्नेलाई प्रोत्साहन तथा गलत गर्नेलाई कारबाही हुनुपर्ने बताउँदै राज्यको व्यवसायीमैत्री नीति तथा व्यवहार आवश्यक भएकामा जोड दिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies