Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

ग्रीन टी : फाइदा पनि बेफाइदा पनि

खबरडबली संवाददाता

काठमाडौँ । एन्टीअक्सिडेन्टले भरपुर ग्रीन टी थुप्रै रोगको उपचारमा प्रयोग गर्ने गरिन्छ। शताब्दिऔंदेखि नै यसलाई आयुर्वेदमा चिकित्सीय एवं परम्परागत चिनियाँ औषधिको रुपमा ज्वरोदेखि मुटु रोगसम्म प्रयोग हुँदै आएको छ। तौल घटाउनदेखि क्यान्सरबाट जोगिन एवं रक्तचाप नियन्त्रण गर्र्नसमेत यसले फाइदा पु¥याउँछ। नसासम्बन्धी रोगहरु जस्तै अल्जाइमर एवँ पार्किन्सनमा पनि यो प्रभावकारी देखिएको छ।

कफीको लत बसेकालाई कफीनको प्रयोग कम गर्न ग्रीन टीलाई कफीको विकल्पमा प्रवद्र्धन गरिँदै आएको छ। यसमा प्रचुर मात्रामा केचिन हुन्छ, जसले पाचन शक्ति बढाउन,अनाबस्यक प्याट घटाउन मद्दत गर्छ । आयुर्वेदका अनुसार ग्रीन टी मा पाचन प्रणालीलाई बलियो बनाउने क्षमता हुन्छ भने यसले तौल घटाउन सहयोग गर्दछ ।

ग्रीन टीका फाइदा

मोटोपना हटाउन मद्दत गर्छः यसमा पाइने क्याफेइन फ्लेभोनोइड्सजस्ता महत्वपूर्ण एन्टीअक्सिडेन्ट पाइने हुनाले यो मोटोपना घटाउन प्रभावकारी मानिन्छ। यसले मेटाबोलिजमलाई गति दिन्छ र तौल घटाउन सहयोग गर्छ। मानिसको पाचन प्रणाली कमजोर हुनुमा अस्वस्थकर खाना र खराब जीवनशैली प्रमुख कारक हो। यसले पाचन प्रणालीलाई दुरुस्त राख्न सहयोग गर्छ।

रक्तक्यान्सरको खतरा कम गर्छः यसले रक्त क्यान्सरको रुपमा चिनिएको ल्युकेमियाको खतरालाई क मगर्न सहयोग गर्छ। आयुर्वेदका अनुसार ग्रीन टीले बोन म्यारो र लिम्फाटिक प्रणालीमा क्यान्सरका कोष बढ्न र फैलनबाट रोक्छ।

ओस्टियोपोरोसिसबाट जोगाउँछः विश्वव्यापी रुपमा विभिन्न कारण यसको प्रयोग हुने गरे पनि यो ओस्टयोपोरोसिसको उपचारमा प्रभावकारी भएको पाइएको छ। यसको नियमित सेवनले हड्डीको घनत्वमा सुधार ल्याई ओस्टियोपोरोसिसविरुद्ध रक्षा गर्छ।

उच्च रक्तचाप व्यवस्थापन गर्छः यसमा पाइने फ्लेभोनोइड्सले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाई उच्च रक्तचाप लाग्नबाट बचाउँछ। नाइट्रिक अक्साइडले साँघुरिएका रक्तनलीलाई फुकाउन मद्दत गर्छ, जसबाट रक्तचापको मात्रा घटाउँछ।

मुटुरोगबाट टाढा राख्छः यसका मुटुलाई बचाउने खालका तत्व हुने भएकाले मुटु रोगबाट जोगाउने काम गर्छ। फ्रि र्याडिकलबाट मुटुका कोषमा क्षति हुनबाट जोगाउँछ।

साइड इफेक्ट्स

पेटसम्बन्धी समस्या आउन सक्छ।

टाउको दुख्छ

क्याफिइनले निद्राको चक्र प्रभावित पार्न सक्छ।

एनिमिया र आइरन कम हुनसक्छ।

रिङगटा लाग्ने र वान्ता हुने हुनसक्छ।

ग्रीन टीको अत्याधिक सेवनले फोक्सोमा खराबी निम्त्याउन सक्छ।

एक दिनमा कति पिउने ?

एक दिनमा कति ग्रीन टि पिउने भन्ने कुराको स्पस्टता छैन। कुनै अध्ययनले दिनमा एक कप पिउँदा फाइदा हुन्छ भनेको छ भने कुनैले दिनमा पाँच कप वा बढी पिउँदा विभिन्न रोगको जोखिम कम गर्छ भन्ने देखाउँछ । यद्यपि ग्रीन टी नपिउनेभन्दा पिउनेहरुको स्वास्थ्य राम्रो हुने अध्ययनले पुस्टि गरेको छ।

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending