Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

आत्मनिर्भर बन्न पौवादुङमाको ‘दुग्ध मिसन कार्यक्रम’: किसानलाई दिइयो १३ ओटा भैँसी

खबरडबली संवाददाता

भोजपुर । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘दुग्ध मिसन कार्यक्रम’ ल्याएको छ । स्थानीय पशुपालक किसानलाई आर्थिकरुपमा सक्षम बनाउँदै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको हो । सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसानलाई  १३ वटा उन्नत जातका राँगो वितरण गरेको छ । गाउँपालिकाले पौवादुङमा दुई, तिवारीभञ्याङस्थित  प्रगतिशील सहकारीमार्फत रु १६ लाखको लागतमा नौ लैनो भँंैसी र एउटा राँगो, चारओटा च्यापकटर र पिठो चोकर किसानलाई वितरण गरेको हो ।

त्यस्तै वडा नं ५स्थित सानो दुम्ममा रहेको खड्का कृषि तथा पशुपालन फार्मलाई रु तीन लाख ९४ हजार बराबरको तीन भैँसी, एउटा राँगो र च्यापकटर तथा उन्नत जातको घाँसको बीउसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले ‘दुग्ध मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए।

त्यस्तै बालबच्चा तथा वृद्धवृद्धालाई पोषणसँग जोड्दै पाउडर दूधको प्रयोग घटाउन पनि यसले टेवा पुग्ने उनको भनाइ थियो । अध्यक्ष राईले भने, ‘‘गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्षले काम गरिरहेका छौँ । त्योसँगै स्थानीय नागरिकले पोषणयुक्त दूध उपभोग गर्न पाउन भन्ने पनि हो । दूध उत्पादन वृद्धि गरेर यहाँका किसानको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि किसानको माग बमोजिम भैँसी वितरण गरेका हौँ ।

 यो कार्यक्रमलाई आगमी दिनमा पनि विस्तार गर्दै लैजान्छौँ । दूध उत्पादनको आधारमा बजारीकरणमा पनि सहजीकरण गरिने जानकारी दिँदै उनले गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास भइरहेको अध्यक्ष राईको भनाइ थियो ।

‘‘हाम्रो गाउँपालिकामा धेरै कृषियोग्य तथा पशुपालनको लागि उपयुक्त भू बनोट छन् । रोजगारीका  लागि युवा शक्ति विदेश जाँदा कतिपय खेतीयोग्य भूमि बाँझो बन्दै गएका छन्, उनले भने,‘‘ युवाशक्तिलाई यहाँ नै कसरी उद्यममा जोड्न सकिन्छ भनेर नै युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ । खास गरेर बाँझो जमिन सदुपयोग गर्ने र सामूहिक खेतीमा लाग्नेलाई पनि हामीले प्रोत्साहनस्वरुप विभिन्न खाले सहयोग गरिरहेका छौँ । यस्ता खालका बालीबाट नतिजा आउन अलि समय लाग्छ’’, अध्यक्ष राईले भने। गाउँपालिकाले कृषिमा बहुवर्षीय बालीमा ९एभोकाडो, किबी, चिउरी० मा पनि प्राथमिकताका साथ काम गरिरहेको छ । 

त्यस्तै तरकारीको खेतीमा पनि किसानलाई सहयोग गरिरहेकाले गाउँपालिका तरकारीमा आत्मनिर्भर बनिसकेको छ । यहाँको उत्पादन अहिले अन्य ठाउँमासमेत जान थालेको छ । अब भने हामीले तरकारीसँगसँगै पछिल्लो वर्षमा आएर किसानलाई बहुवर्षीय बाली लगाउन केन्द्रित गरिरहेका छौँ । यस्ता बालीबाट उनीहरुले धेरै वर्षसम्म आम्दानी लिन सक्ने उहाँले जानकारी गराए। 

गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत साझेदारीमा भैँसी पाल्न दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। उनले भने,‘‘हामीले किसानलाई दुग्ध उत्पादनमा जोड्नका लागि ७५ प्रतिशत अनुदानमा भैँसी दिएका छौँ । खास गरेर बजारमा भैँसीको दूधको माग र मूल्य पनि बढी हुन्छ । त्योसँगै उनीहरुले पाडापाडी बेचेर पनि थप आम्दानी लिन सक्छन् । किसानले दूध बिक्रीबाट पनि राम्रो आम्दानी लिन सकुन भन्ने हाम्रो लक्ष्य हो ।’’

गाउँपालिकाले उन्नत जातको भैँसी दिएपछि किसान उत्साहित भएका छन् । कृषि तथा पशुपालनको क्षेत्रमा गाउँपालिकाले सञ्चालन गरेका योजना प्रभावकारी रहेको स्थानीय भैँसीपालक किसान नवीन खड्काले बताए। 

उनले भने ,‘‘गाउँपालिकाले हामीजस्ता किसानलाई लक्ष गरेर कार्यक्रम ल्याएको देख्दा खुुसी लागेको छ । गरिब तथा विपन्न परिवारले त अहिले भैँसी किनेर पाल्न सक्ने अवस्था नै छैन । हामी आफैले तराईका भैँसी फार्ममा गएर छानेर ल्याएका छौँ । त्यस्ता किसानको पीडालाई बुझेर गाउँपालिकाले गरिरहेको काम प्रशंसायोग्य छ । अन्य स्थानीय तहमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’’

लैनो भैँसी पाएकाले आफ्नो जीविकोपार्जनमा प्रत्यक्ष लाभ पुगेको अर्का किसान सुुवास अधिकारीले बताए। तराईबाट ल्याइएको उन्नत जातको भैँसी भए पनि यहाँको हावापानीमा सहजरुपमा नै घुलमिल भएको उहाँको भनाइ थियो । भैँसीबाट उत्पादन भएको दूध बजारमा बेच्न थालिएको छ ।

किसान अधिकारीले भने,‘‘ गाउँपालिकाले हामीजस्ता किसानको उद्धार गरेको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको किसानलाई प्रोत्साहन गर्ने खालको यो कार्यक्रमले हामीलाई प्रत्यक्ष लाभ पुगेको छ । सहकारीमार्फत भएको काम भए पनि हामी आफै भैँसी छान्नको लागि गयौँ । आफैले भैँसी छानेर किन्न पाउदा खुसी लाग्यो । दूध बेचेर आफ्नो आर्थिक उपार्जनमा सहयोग पुगेको छ । अहिले आठ कुरुवा दूध दैनिक उत्पादन भइरहेको छ ।’’

उत्पादन भएको दूध स्थानीय बजारमा तथा तिवारीभञ्याङमा रहेको डेरीमा प्रतिलिटर रु ५५ मा बिक्री गरिरहेको किसान अधिकारीले बताए। आफ्नो ठाउँका किसानबाट सङ्कलन भएको दूध भोजपुर सदरमुकाममा जाने गरेको उनको भनाइ थियो । किसान अधिकारीले भने ,‘‘हामीले स्थानीय डेरीमा बिक्री गरिरहेका छौँ । यहाँ प्रतिलिटर ५५ पाउछौँ । यसले दैनिक जीवन गुजारा गर्न सहज भएको छ । यहाँ खपत हुन नसकेको दूध सदरमुकाम जान्छ ।’’

त्यस्तै गाउँपालिकाले बाख्रापालनका लागि पनि उन्नत जातको बोका वितरण गरिरहेको जनाएको छ । खास गरेर गाउँपालिकाले वडानं ४को  बस्तीम, ५ सानोदुम्मा र ६ को  ठुलोदुम्मालाई बाख्रापालनका लागि उपयुक्त क्षेत्रको रुपमा छुट्याइएको छ । तातो तथा प्रशस्त चरण क्षेत्र भएकाले यो क्षेत्रमा व्यवसायिक रुपमा बाख्रापालनमा लागेका किसानलाई पनि आवश्यकताको आधारमा प्रोत्साहनमूलक कार्यक्रम गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिए ।उनले भने ,‘‘अन्य क्षेत्रजस्तै हामीले पशुपालनको लागि क्षेत्र निर्धारण गरेका  छौँ । खास गरेर व्यावसायिक बाख्रापालनका लागि गर्मी स्थान अलि उपयुक्त हुने भएकाले तल्लो क्षेत्रमा हामीले बाख्रापालनका लागि प्रोत्साहन गर्दै आएका छौँ ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान

काठमाडौँ । भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूम...

नेपाल राष्ट्र बैङ्क विधेयक: गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल

काठमाडौँ। अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैङ्कको गभर्नर र सञ्चालक समितिको पदावध...

ब्रोड पिक दुर्घटनामा मृत्यु भएका निम्स दाइसहित चार आरोहीको शव बेस क्याम्प ल्याइयो

काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परी निधन भएका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार आरोहीको शव उद्धार गरी बेस क्याम्प...

भारतमा मल किन्न जाँदा पक्राउ परेका नेपाली धरौटीमा रिहा गर्न आदेश

काठमाडौं। भारतमा मल किन्न जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली नागरिकलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्लाहीको बलरा–५ का सुरेशप्रसाद...

कोशी सरकारको नेतृत्व विवादबीच मुख्यमन्त्री कार्की ओली भेट्न गुण्डु पुगे

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्। मुख्यमन्त्री कार...

मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन, खोजी कार्य जारी

पोखरा। कास्कीको चर्चित पर्यटकीय क्षेत्र मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन भएका छन्। माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा ...

प्रदेश सरकारको सत्ता गणितमा नलाग्ने राप्रपाको निर्णय

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकार गठनसँग जोडिएको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार पा...

मनास्लु पदमार्ग सुधार अभियान: १० दिन खच्चड हिँड्न रोक

सुलीकोट। उत्तरी गोरखाको मनास्लु पदमार्गअन्तर्गत चुमनुब्री गाउँपालिका-६ मा पर्ने रेन्जम क्षेत्रमा पदमार्ग स्तरोन्नतिका लागि साउन २० देखि ३० गतेसम्म खच्...

न्यायाधीशमाथि महाअभियोगको दबाबबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भन्ने दाबीबारे तीन अन्तर्राष्ट्रिय मा...

प्रदेश सरकारमा सहभागिताबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारमा सहभागिता जनाउने वा नजनाउने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending