Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मुख्यमन्त्री पोखरेल भन्छन्– गण्डकी समृद्ध बनाउन निजी क्षेत्रसँग सहकार्य गर्छु

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगानीमैत्री वातावरण तयार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्  । लेखनाथ उद्योग वाणिज्य सङ्घको २६औँ स्थापना दिवस एवम् २५ औँ साधारणसभाको आज उद्घाटन गर्दै उनले गण्डकी प्रदेशलाई आर्थिक समृद्धिको राजधानी बनाउनका लागि निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य भएको बताए  ।

सरकारले लगानी गरेर उद्योगधन्दा सञ्चालन गर्नुभन्दा लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमा नै रोजगारीका सम्भावना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले  निजी क्षेत्र र सरकारका बीचको सहकार्य अनिवार्य भएको उल्लेख गरे  । गण्डकी प्रदेशका ऊर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले उत्पादन बिना देश विकासको कल्पना गर्न नसकिने बताउँदै स्वदेशी कच्चापदार्थमा आधारित उद्योगधन्दा सञ्चालनका लागि राज्यले लगानी बढाएको विचार राखे  ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले राष्ट्रिय उत्पादन बढाउनका लागि कृषिमा आधारित उद्योगधन्दालाई प्रथामिकता दिनुपर्ने धारणा राखे । उनले गण्डकी प्रदेशस्तरीय औद्योगिक क्षेत्रको आवश्यकता, पोखरा र लेखनाथ मिलाएर महानगर बनाउँदाका फाइदा बेफाइदा लगायतमा बोले  ।

नेपाल उद्योग वाणिज्य उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वदेश उत्पादनलाई प्राथमिकतामा राखेर आयातीत वस्तुको न्यूनीकरण गर्ने योजना सरकारले ल्याउनुपर्ने सुझाव दिए  । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले दक्ष जनशक्ति निर्माणको आधार भनेको राज्यको नीति भएकाले सोही अनुसार राज्यले पनि नीति बनाउनुपर्ने धारणा राखे  ।

कार्यक्रममा नेकपा (एमाले) कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्यटन व्यवसायी पुष्पराज अधिकारी, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्ध्र श्रेष्ठ लगायतले बिहान बेलुकाको दालभातका लागि मात्र नभई व्यवसायको माध्यमबाट देश विकासको अभियानमा जोडिनुपर्ने विचार राखे । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: