Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

माओवादी केन्द्रीय समितिको बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

खबरडबली संवाददाता

काठमाडौं । पटकपटक सर्दै आएको नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा सहभागीले पार्टीभित्रको साङ्गठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका छन् । गत पुसमा पार्टीको आठौं महाधिवेशन सम्पन्न भयो । त्यसले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन ग¥यो । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहितको पदाधिकारी चयन गर्ने गरी विधानमा प्रबन्ध गरिएको छ । विधानमा व्यवस्था भए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसक्दा पार्टीले गति लिन नसकेको भन्दै समय थप गरेर भए पनि टुङ्गो लगाउनुपर्ने माग उठेको छ ।
 
राजधानीको कमलादीमा आजदेखि शुरु भएको बैठकमा धारणा राख्ने क्रममा बागमती प्रदेशका अध्यक्ष सरलसहयात्री पौडेलले पार्टीको पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता, विभागहरूलाई क्रियाशिल बनाएर स्पष्ट कार्ययोजनाका साथ जनतामा जानुपर्नेमा जोड दिए।
 
बैठकको शुरुमा नै अध्यक्ष प्रचण्डले पूर्व स्थायी समितिको बैठकबाट पार्टीको केन्द्रीय समितिमा मनोनित गरिएका केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ गराएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले विभिन्न नौ वटा एजेण्डामा छलफल हुने जानकारी गराएका थिए ।
 
त्यसमा नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, सङ्गठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र सङ्घको निर्वाचनको तयारी र विविध विषय समावेश गरिएको थियो ।

प्रदेशहरुको विवरण प्रस्तुत गर्ने क्रममा विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले पनि पार्टीले अबलम्बन गरेको गठबन्धनको नीतिप्रति तिखो टिप्पणी गरेका थिइ । उनले गठबन्धन भन्दै जाँदा पार्टीको स्वतन्त्र पहिचान नै गुम्न थालेको, चुनाव चिह्न नै बिर्सने अवस्था आएको बताए। अध्यक्ष सिंखडाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट सबैभन्दा बढी फाइदा नेपाली काँग्रेसले लिएका टिप्पणी गरे।
 
“एउटा वडा जित्दासमेत खुशी हुनुपर्ने अवस्था आयो । एक्लाएक्लै लडेको भए पनि हाल प्राप्त भएको भन्दा धेरै स्थानमा जीत निकाल्न सकिने रहेछ । हामी गठबन्धनमा इमान्दार भए पनि काँग्रेसले इमान्दारिता देखाएन”, उनले भने, “राजधानी  र मधेश प्रदेशमा हाम्रो उपस्थिती प्रभावकारी बन्न सकेन । यसमा निर्मम समीक्षा गरौं ।”
 
अघिल्ला बैठकमा अध्यक्षकातर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने गरिएको भए पनि यस पटक संक्षिप्त टिपोट प्रस्तुत गरेर त्यसमा छलफल गराउन लागिएको छ । अध्यक्ष प्रचण्डले १० पेज लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । त्यसमा पार्टीले आगामी दिनमा अबलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ । 

“नयाँ संविधानअन्तर्गत दोस्रो पटक सङ्घीय एवम् प्रादेशिक निर्वाचन केही महिनामा हुँदैछ । स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीलाई पराजित गर्ने र सीमान्त शक्तिमा बदल्न चाहने शक्तिहरू स्वयम् नराम्ररी पराजित भएका छन् । माओवादी पार्टी पुनः शक्तिशाली बन्ने स्पष्ट संकेत देखिएको छ । यस निर्वाचनको शिक्षालाई गम्भीर रुपमा आत्मसात् गर्दै आगामी आम निर्वाचनको घनिभूत तयारीमा लाग्नु आजको प्रमुख जिम्मेवारी हो”, अध्यक्ष दाहालको प्रतिवेदनमा भनिएको छ । 

सङ्गठनात्मक कामअन्तर्गत सङ्गठानात्मक कार्यदिशालाई लागू गर्न पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने, नयाँ सन्दर्भमा आयोगलाई पूर्णता दिने, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्चलाई पूर्णता दिई बैठक बोलाउने, विभागलाई कामकाजी बनाउने, आगामी निर्वाचनका लागि प्रतिबद्धतापत्रका लागि सुझाव सङ्कलन र तयारी गर्ने, माओवादी धाराका नेता तथा कार्यकर्ता र समर्थकलाई ठोस योजना बनाई मूल घरमा फिर्ता ल्याउने विषय समेटिएको छ ।
 
वामपन्थी धाराका नेता तथा कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई ठोस कार्यक्रमका साथ पार्टीमा समाहित हुन आग्रह गर्ने, विभिन्न पार्टीसँग एकताका लागि पहल गर्ने, स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा वर्तमान गठबन्धनलाई प्रभावकाारी बनाउन जोड गर्ने विषय सङ्गठनात्मक कामका रुपमा उल्लेख गरिएको छ । 

जनयुद्धको जग र जनआन्दोलनको समायोजनमा आजको परिवर्तन सम्भव भएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले तीव्र गतिमा आर्थिक विकास, समृद्धि, सामाजिक न्यायमा आधारित नयाँ नेपालको खाका तयार पार्न आवश्यक रहेको ठहर गरेको छ । पार्टीले विज्ञ, विशेषज्ञसँग छलफल गरेर आगामी निर्वाचनको प्रतिबद्धतापत्र तयार पार्ने अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख छ ।
 
सम्पूर्ण केन्द्रीय सदस्यलाई ठोस कार्यविभाजनसहित निर्वाचन क्षेत्रमा पठाउने, सङ्घ र प्रदेशमा जनसहभागितामा चुनावी प्रतिबद्धतापत्रको तयारी गर्ने, निर्वाचन क्षेत्रको तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने, निर्वाचन क्षेत्रका आधारित सङ्गठन परिचालन, स्थितीको आंकलन र जन अपेक्षामा आधारित निर्वाचनमा विजयी हासिल गर्ने रणनीति बनाउने अध्यक्ष दाहालको प्रतिवेदनमा समावेश छ ।

बैठकमा अध्यक्ष दाहालले नयाँ आधारमा वामपन्थी शक्तिबीच एकता, सहकार्य र चुनावी मोर्चाबन्दी हुन सक्ने बताउनुभएको थियो । त्यसका लागि सामान्य छलफल भएको समेत उहाँले जानकारी दिएका थिए।
 
यस्तै, पार्टीको सहायक सङ्गठन वाइसिएल, महिला सङ्गठनलगायतका जनवर्गीय सङ्गठनको भेला आयोजना गर्ने, स्पष्ट कार्ययोजनाका साथ उनीहरूलाई परिचालन गर्ने विषय पनि समावेश गरिएको प्रतिवेदनमा संविधानको रक्षा, प्रतिगमनको विरोध गर्ने समूह र शक्तिसँग सहकार्य गर्ने विषय समावेश गरिएको छ ।

अध्यक्ष दाहालले गठबन्धनमा माओवादी सबैभन्दा बढी इमान्दार देखिएको समेत प्रतिवेदनमा उल्लेख गरका छन्। पार्टीको साङ्गठनिक अवस्थाको बारेमा अन्य दलसँग तुलना गर्दै उहाँले ग्रामीण क्षेत्रमा माओवादीप्रति जनताको आकर्षण उस्तै रहेको उल्लेख गरेका छन्।
 
आजको बैठकमा सुदुरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेश प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो प्रदेश मातहतको विवरण पेश गर्नुभएको थियो । उहाँहरूले विशेष गरी माओवादी बलियो भएको स्थानमा अन्य दलसँग गठबन्धन गरेर कांग्रेसले समेत आफूहरूलाई हराउन सहयोगी बनेको बताउनुभएको थियो । कर्णाली प्रदेश अध्यक्ष केसीले स्थानीय तहको निर्वाचनमा गडबढी भएको भन्दै त्यस्तो प्रवृत्ति आगामी दिनमा हट्नुपर्ने धारणा राख्नुभयो । बैठक सोमबार पुनः बस्नेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गरी कारबाही गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...

यी ५० बढी व्यक्तिमाथि अनुसन्धान गर्न आयोगको सिफारिस, प्रधानमन्त्री शाहलाई क्लीन चिट

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...

जेन–जी घटनामा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको आयोगको ठहर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...

जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्ति जोगाउन नसकेको भन्दै नेपाली सेनामाथि आयोगको प्रश्न

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...

पूर्वप्रधानमन्त्री कार्की र पूर्वगृहमन्त्री अर्यालमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...

रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...

जेनजी आन्दोलनको घटनामा ओली नै दोषी रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...

मानव अधिकार आयोग प्रतिवेदन सार्वजनिक, गौरीबहादुर कार्कीमाथि नै छानबिन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...

सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending