Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरसमिति गठन

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको तारकेश्वर नगरसमिति गठन गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसर पारेर शनिबार साँझ नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ शाखाको आयोजनामा तारकेश्वर नगरपालिकामा नगर समिति गठन गरिएको हो ।

नगरसमितिको अध्यक्षमा अच्युत ओझा, उपाध्यक्षमा मनोजकुमार तिमल्सिना र कोपिला देवकोटा, सचिवमा जगदीश्वर न्यौपाने, कोषाध्यक्षमा कविन्द्र रिमाल, सहसचिवमा केदार गजुरेल भएका छन्  । यस्तै सदस्यसहित १५ जनाको कार्यसमिति गठन गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले श्रमिकको हक, हित र अधिकारका लागि स्व गिरिजाबाबुले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । “कांग्रेसको इतिहासभन्दा श्रमिक आन्दोलनको इतिहास पुरानो छ, विराटनगर जुटमिलमा भएको आन्दोलनमा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको थियो”, उनले भने ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले सङ्गठित तथा असङ्गठित क्षेत्रका साझा समस्यालाई समाधान गर्न नेपाल ट्रेड युनियन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । काठमाडौँ जिल्लाका अध्यक्ष देवीप्रसाद भुसालले आगामी दिनमा काठमाडौँ महानगरसहित बाँकी १० वटै स्थानीय तहमा कार्यसमिति गठन गर्ने जानकारी दिए  । नेपाल ट्रेड युनियन कांग्रेसको भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनले सबै स्थानीय तहमा ट्रेड युनियन कांग्रेसको शाखा विस्तार गर्ने निर्णय गरेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending