Khabar Dabali २९ श्रावण २०७९ आईतवार | 14th August, 2022 Sun

भारतमा पहिरोमा पुरिएर १४ जनाको मृत्यु, अन्य थुप्रै अलपत्र

Krishi bikash bank
खबरडबली संवाददाता

नोनी । भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको मृत्यु भएको छ  भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ ।

भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा १४ जनाको मृत्यु भएको थियो।  त्यसैगरी अन्यको खोजी जारी छ। कति  पुरिएका छन् भन्ने यकिन भएको छैन तर हालसम्म गाउँले, सेना र रेलवे कर्मचारी, मजदुर (गाडिएका) सहित ६० जनाको मृत्यु भएको हुन सक्ने बतएका छन् । 
 
रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजर लगायतका इन्जिनियरिङ उपकरणलाई  परिचालन गरिएको छ ।

जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेशन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो ।

भारतीय सेनाको असम राइफल्स र टेरिटोरियल आर्मीका टुपुल रेलवे स्टेसनका सुरक्षाकर्मीहरूले, नोने जिल्ला, मणिपुरको सामान्य क्षेत्रमा प्रतिकूल मौसमको बावजुद दिनभर पहिरो प्रभावितलाई बचाउन उद्धार कार्य जारी राखेका थिए।  अहिले भारतीय रेलवे, नागरिक प्रशासन, एनडीआरएफ, एसडीआरएफ र नोनी जिल्लाका स्थानीयहरूले पनि खोजी कार्यमा सक्रियता पूर्वक जुटिरहेको जनाइएको छ ।  

यसै बीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मुख्यमन्त्री एन बिरेन सिंहसँग मणिपुरमा लगातार वर्षाका कारण आएको पहिरोको अवस्थाको समीक्षा गर्दै केन्द्र सरकारबाट पूर्ण सहयोगको आश्वासन दिएका छन् ।

मणिपुरका सीएम श्री २एन वीरेन्द्र सिहँजीसँग कुरा भयो  साथै दुःखद पहिरोको कारण उत्पन्न स्थितिको समीक्षा  भयो। केन्द्रबाट सबै सम्भव सहयोगको वाचा गर्दछु । म सबै प्रभावितहरूको सुरक्षाको लागि प्रार्थना गर्दछु। म शोकसन्तप्त परिवारहरूसँग छु। घाइतेहरूको छिट्टै निको होस् ।, प्रधानमन्त्री मोदीले ट्वीटमा उल्लेख गरेका छन् । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले आफ्नो माग पूरा गरे ईयूको प्रस्ताव स्वीकार गर्ने

तेहरान । इरानका एक कूटनीतिज्ञले सन् २०१५ को आणविक सम्झौतालाई पुनः जीवित गर्ने युरोपेली संघ (ईयू) को प्रस्ताव इरानको माग पूरा भएमा मात्र स्वीकार्य हुने...

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा

वीरेन्द्रनगर । मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध...

प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्री शाहीको शपथ रोकियो

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीब...

भाषा आयोगको लापरबाही: जुम्ली खस भाषाको अभिलेख नै छैन

खलङ्गा । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । भाषा क्षेत्रमा काम गर्नेका लागि भनेर नेपाल सरकारले एक राष्ट्रिय भाषा आयोग पनि स्थापना ...

सरकार सबै क्षेत्रको भाषाभाषी र जातजातिप्रति प्रतिबद्ध छ– सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुद...

विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

काबुल । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् ।  ...

कांग्रेस प्रवक्ता डा महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन...

२४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण...

विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

क्वालालम्पुर । अफगानिस्तानको  काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन...

राजधानीमा गाईजात्राको रौनक (तस्बिर सहित)

विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page