Khabar Dabali २८ श्रावण २०७९ शनिबार | 13th August, 2022 Sat

वाग्मतीका मुख्यमन्त्री पाण्डेविरुद्ध माओवादी र कांग्रेसको हस्ताक्षर संकलन सुरु

Krishi bikash bank
खबरडबली संवाददाता

मकवानपुर । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको छ ।  गत कात्तिक ११ गते गठबन्धनबाट सत्तारोहण गरेका नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डे र नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँबीच आधाआधा समय सरकारको नेतृत्व गर्ने सहमती भएको थियो । उक्त सहमति कार्यान्वयन गर्नतर्फ  मुख्यमन्त्री पाण्डे सकारात्मक नदेखिएपछि गठबन्धनभित्रै सत्ता संघर्ष सुरु भएको हो ।

पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।

पूर्वसहमतिअनुसार चुनावी सरकारको नेतृत्व नेपाली काँग्रेसले पाउनुपर्ने भन्दै संघर्ष सुरु गरिएको प्रदेश सरकारका एक मन्त्रीले बताए । उनका अनुसार  आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएलगत्तै पूर्वसहमतिअनुसार काँग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री बन्नुपर्ने भन्दै संघर्ष सुरु गरिएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन पारदर्शी हुन्छ : महानिरीक्षक सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रचलित कानूनको अधीनमा रही नेपाल सरकार र प्रहरी सङ्गठनको नीति तथा उद्देश्यअनुरूप प्रभावकारीरूपमा पुलिस...

पठन संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

कााठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील भई पठन संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्ने बता...

यो चुनाव निकै चुनौतीपूर्ण छः ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो चुनाव निकै चुनौतीपूर्ण रहेको बताएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल...

राष्ट्र बैंकको नीतिका कारण साना ऋणी मर्कामा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले केन्द्रीय बैंकका अधिकांश नीति बैंक वित्तीय संस्थालाई पोस्ने खालको भएको आरोप लगाएको छ । चेम्बरका महानिर्देशक कैलाशकु...

विश्वविद्यालयको पठनपाठन प्रभावित हुन नदिन प्रधानमन्त्रीको प्राध्यापकहरुलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृज...

कोरोना सङ्क्रमणको प्रतिकार्यमा जुट्यो कर्णाली सरकार

कर्णाली । कोभिड–१९ सङ्क्रमण पुनः बढ्न थालेपछि कर्णाली प्रदेश सरकार प्रतिकार्यमा जुटेको छ । कोभिड–१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बन...

गठबन्धनमा सिट बाँडफाँट : अहिलेको सांसद संख्यालाई आधार मान्ने सहमति

काठमाडौं ।आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा सत्तारुढ गठबन्धनबीच वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने सहमति भ...

झापामा २५ हजार नयाँ मतदाता थपिए

झापा । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मङ्सिर ४ गते सङ्घीय र प्रदेशको निर्वाचनमा ६ लाख तीन हजार ६ सय ५५ मतदाताले मतदान गर्ने भएका छन् । स...

भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुत्त अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । केसीको नियुक्ति प्रक्रिया बदरको ...

कोरोनाबाट एकै दिन ५ जनाको मृत्यु, थप ८१५ जनामा सङ्क्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ ।  नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।  स...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page