काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज राससका नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गरेको शिष्टाचार भेटका अवसरमा उनले जनताको मनोवल बढाउने गरी सकारात्मक एवं रचनात्मक समाचार सम्प्रेषण गर्न सुझाव दिएको हो ।
मुलुकको समाचार समितिका रुपमा छ दशकभन्दा लामो इतिहास बोकेको राससले सदैव निष्पक्ष र आधिकारिक समाचार सम्प्रेषण गरी सरकार र जनताका बीचमा सेतुको भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री देउवाको धारणा थियो ।
स्वदेश तथा विदेशमासमेत कार्यसञ्जाल रहेको राससले आफ्नो सेवालाई विविधिकरण गरी अझ चुस्तदुरुस्त, भरपर्दो र गुणस्तरीय बनाउन सुझाउँदै प्रधानमन्त्री देउवाले राससलाई अझ सुदृढ र स्रोतसाधन सम्पन्न बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समाचार सङ्कलन तथा सम्प्रेषण कार्यमा सरकारका तर्फबाट कुनै पनि किसिमको हस्तक्षेप नहुने पनि प्रधानमन्त्री देउवाले स्पष्ट गर्नुभएको थियो ।
वर्तमान सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको चर्चा गर्र्दै उनले चौथो अङ्गका रूपमा परिचित प्रेसले पनि सोही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री देउवाले राससका नवनियुक्त कार्यकारी अध्यक्ष झालाई बधाई तथा शुभकामना दिँदै लामो समयदेखि मुलुकको आमसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पत्रकार झाको नेतृत्वमा राससको समाचार सेवाको गुणस्तर अभिवृद्धि भई आमनागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १८:००
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...
जेष्ठ १३ गते, २०८३ - १७:४८
काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...
जेष्ठ १३ गते, २०८३ - १७:४१
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...
जेष्ठ १३ गते, २०८३ - १७:२६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...
जेष्ठ १३ गते, २०८३ - १७:१५
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...
जेष्ठ १३ गते, २०८३ - १७:०२
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...
जेष्ठ १३ गते, २०८३ - १६:४६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...
जेष्ठ १३ गते, २०८३ - १६:३६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...
जेष्ठ १३ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...
जेष्ठ १३ गते, २०८३ - १६:२६
काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...



प्रतिकृया लेख्नुहोस्: