Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

सामाजिक सञ्जालमा चर्चित मार्कोस जुनियर फिलिपिन्सका नयाँ राष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौँ । फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा बिहीवार फर्डिनान्ड मार्कोस जुनियरले शपथ लिनेछन्।

धेरैको चासो रहेको निर्वाचनमा बोङबोङ उपनामले चिनिने मार्कोसले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई ६० प्रतिशत मत ल्याइ पराजित गरे।

उनको जीतले मार्कोस राजनीतिक वंशको रोचक पुनरागमनको सङ्केत गर्छ जुन सन् १९८६ मा भएको आम विद्रोह पछि पदच्युत भएको थियो।

निवर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिको शपथ लिने छिन्।

पारिवारिक पृष्ठभूमि

मार्कोस जुनियरले स्थानीय समय अनुसार दिउँसो १२ बजे मनिलास्थित राष्ट्रिय सङ्ग्रहालयमा शपथ लिनेछन्।

कार्यक्रममा सयौँ स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तित्वहरू सहभागी हुनेछन्। समारोहका निम्ति फिलिपिन्सको राजधानीमा करिब १५ हजार सुरक्षाकर्मी तैनाथ गरिने छन्।

त्यहाँको सर्वोच्च अदालतले मार्कोस जुनियरको पुनः निर्वाचन विरुद्धको बाँकी चुनौतीहरू खारेज गरेको केही दिन पछि उनी विजयी भएका हुन्।

मार्कोस जुनियरको चुनावी जीत मार्कोस परिवारका सदस्यहरूले आफ्नो राजनीतिक ख्याति पुनः प्राप्त गर्नका लागि दशकौँसम्म जारी राखेको सङ्घर्षको परिणामको रूपमा हेरिएको छ।

उनका बुबा फर्डिनान्डले सन् १९६५ देखि १९८६ सम्म देशको नेतृत्व गरेका थिए। उनले मार्शल कानुन लागू गरे र उनको नेतृत्व अवधिमा देशभरि व्यापक मानवअधिकार हनन भयो र भ्रष्टाचार बढ्यो।

सन् १९९६ मा जन विद्रोह गर्न लाखौँ मानिसहरू सडकमा उत्रिए पछि उनको शासन अन्त्य भयो। लगत्तै त्यतिबेला २८ वर्षीय बोङबोङ सहित मार्कोस परिवारले देश छोडेर हवाई गए।

लामो समय राजनीति गरेका उनी सन् १९९१ मा फिलिपिन्स फर्केका थिए। त्यति बेला देखि उनी आफ्नो बुबाले राष्ट्रपतिको रूपमा बिताएको समयलाई विकास र समृद्धिको "सुनौलो अवधि" को रूपमा चित्रण गर्न तल्लीन छन्।

चुनावमा सामाजिक सञ्जाल अभियान

मार्कोस जुनियरको सामाजिक सञ्जाल अभियानले उनको लोकप्रियतालाई ह्वात्तै बढायो। विशेष गरी तानाशाहलाई प्रत्यक्ष रूपमा अनुभव गर्न नपाएका युवा जमातहरू माझ उनी चर्चित बने।

आलोचकहरूले भने उनको सामाजिक सञ्जाल अभियान अन्तर्गत गलत जानकारीहरूको प्रवाह भएको र उनको बुवाको शासनकालमा भएको अत्याचारबारे तथ्य लुकाइएको आरोप लगाएका छन्। यद्यपि, उनले ती आरोपहरूको खण्डन गरे।

उनको चुनावी अभियान भर सारा डुटेर्टे पनि सँगै रहिन् जसले दुई सम्भ्रान्त परिवारहरू- उत्तरी फिलिपिन्सको मार्कोस र दक्षिणी मिन्डानाओ टापुका डुटेर्टेसको राजनीतिक शक्ति संयोजन गर्दै व्यापक बनाएको छ।

तर ६४ वर्षीय यी नेताले महामारीको असरबाट अझै बाहिर ननिस्किएको देशमा बढ्दो मुद्रास्फीति दर र ऋणका कारण प्रभावित अर्थतन्त्रको उत्तराधिकार सम्हाल्दै छन्।

आलोचकहरूले उनले रोजगारी बढाउने र मूल्य वृद्धिलाई सम्बोधन गर्ने प्रतिज्ञाहरू गरे पनि वास्तविक नीति सुधारका लागि कम छलफल गरेको बताएका छन्।

केहीले मार्कोस जुनियरले डुटेर्टेको कार्यकालमा लागूपदार्थ नीति विरुद्धको रक्तपातपूर्ण युद्ध र प्रेस स्वतन्त्रतामा कडाइका कारण स्थापित देशको छवि पुनर्स्थापना गरिदिउन् भन्ने चाहेका छन्।

यद्यपि, राष्ट्रपतिको शपथ कार्यक्रमभन्दा एक दिन अघि फिलिपिन्सको एक नियामक निकायले आफू खोजमूलक समाचार माध्यम र्‍यापलर बन्द गर्ने निर्णयमा दृढ रहेको जनायो। र्‍यापलर ती सञ्चार माध्यममध्ये एक हो जसले रोड्रिगो डुटेर्टेको सरकारको आलोचना गर्दै आएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending